
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २६ कात्तिक । मोरङ, सुनसरी र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध ओसार पसार तथा बेचबिखनमा सम्लग्न २ महिलासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–१ कि दुर्गा देवि भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको छ भने संकास्पद अवस्थामा रहेका उर्लाबारी नगरपालिका(१ गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय रंगेलीले पथरी शनिश्चरे नगरपालिका–१० की विनिता लिम्बुलाई १ ग्राम १४०…
बिर्तामोड, २६ कात्तिक । होटल व्यवसायी संघ झापाको आयोजनामा एक महिने कुक तालिम शुरु भएको छ । होटल व्यवसाय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुका साथै युवाहरुलाई सीप सिकाएर स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिने कुक तालिम शुरु भएको हो । संघकी अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षता एवम् पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाको प्रमुख आतिथ्यमा तालिम शुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा शुरु भएको तालिममा जिल्लाभरिका २५ जना प्रशिक्षार्थी सहभागी छन् । तालिम उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले तालिमप्रति अपनत्व ग्रहण गर्न सहभागीलाई आग्रह गर्नुभयो । उहाँले…
मोरङ, २६ कात्तिक । मोरङको विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । विराटनगरको बरगाछीमा भएको सवारी दुर्घटनामा ४५ वर्षीया रोहिता अधिकारीको मृत्यु भएको हो । मृतक अधिकारीको घर सर्लाहीको हरिपुर–१ रहेको खुलेको छ। सर्लाहीबाट श्रीमान् विमल कोइरालासँग विराटनगर आउने क्रममा भारतीय नम्बरको ट्रकसँग ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अधिकारीको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान् विमलको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। दुर्घटनामा संलग्न ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
झापा, २६ कात्तिक । कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगका कारण १ हजार ११६ वटा चौपायाको मृत्यु भएको छ। गर्मी र वर्षातको मौसममा देखिएको यो भाइरसजन्य रोग प्रदेशका ३ लाख ९४ हजार ५८५ चौपायामध्ये ३ लाख १५४ मा देखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय धरानले जनाएको छ। निर्देशनालयले सुई लगाएर रोग नियन्त्रणमा लिन सफल भएको जनाएको छ। सोलुखुम्बु बाहेक सबै जिल्लामा रोग देखिएको भए पनि पाँचथर र तेह्रथुममा कुनै मृत्यु भएको छैन। गाईभैँसीमा लाग्ने यो रोगमा गिर्खा, ज्वरो, घाउ, तौल घट्ने र कमजोरीजस्ता लक्षण देखिन्छ।
झापा, २६ कात्तिक । यस वर्षको मनसुन अवधिमा औसतभन्दा बढी वर्षा भए पनि जनधनको क्षति गत वर्षको तुलनामा कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष १ हजार ४५४ विपदजन्य घटना हुँदा १४० जनाको मृत्यु भएको छ भने गत वर्ष २ हजार १३९ घटनामा ४९५ जनाको ज्यान गएको थियो । बाढी, पहिरो, चट्याङ र भारी वर्षाका कारण ५ हजार ९९५ घरपरिवार प्रभावित भएका छन्। इलाममा सबैभन्दा बढी ३९ जनाको मृत्यु भएको छ। मनसुन जेठ १५ गते सुरु भई असोज २४ गतेसम्म १३५ दिन कायम रह्यो । सरकारले पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना लागू गरी क्षति…
झापा, २६ कात्तिक । झापा जिल्लाको झापा गाउँपालिका–६ स्थित शरणामतीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मंगलबार स्थानीय ४५ वर्षीय सुनिल सोरेन ना. १ त. ३३१६ नम्बरको ट्याक्टर आफ्नै साहुको घरबाट निकाल्ने क्रममा अचानक लडी दुर्घटनामा परेका थिए । दुर्घटनामा उनको दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । तर उपचारको क्रममा सोही दिन दिउँसो ३ः३० बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
झापा, २६ कात्तिक । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।
बिर्तामोड, २५ कात्तिक । झापाको बिर्तामोडमा विद्यार्थी प्रतिभा प्रतियोगिता ‘स्टुडेन्ट अफ द ईयर’ को अडिसन मंसिर ६ गते हुने भएको छ। आयोजकका अनुसार अडिसन अघि मंसिर ५ गते बिर्तामोडमा ट्रफी टुर कार्यक्रम आयोजना गरिनेछ । प्रतियोगिताका क्रिएटिभ हेड इमरान अलीका अनुसार देशभरका १३ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई लक्षित गरी बिर्तामोडसहित ११ वटा शहरमा अडिसन सञ्चालन गरिनेछ । प्रतियोगितामा सहभागी हुन विद्यार्थीहरूले ९९० रुपैयाँ रजिस्ट्रेसन शुल्क तिर्नुपर्नेछ भने त्यसपछि फाइनलसम्म कुनै शुल्क नलाग्ने अलीले जानकारी दिए । प्रतियोगिताका विजेताले नगद पाँच लाख रुपैयाँ बराबरको छात्रवृत्ति र विभिन्न उपहार प्राप्त गर्नेछन् । कार्यक्रम सञ्चालिका इभा गिरीले विद्यार्थीहरूमा लुकेको प्रतिभा उजागर…
झापा, २५ कात्तिक । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–११ मा रहेको सन्तोष नेम्वाङको दुई तले ग्वालीमा आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ। आज बिहान नेम्वाङको गाई बाँध्ने ग्वालीमा राखिएको परालमा अज्ञात कारणले अचानक आगलागी भएको थियो । आगोले ग्वाली पूर्ण रूपमा नष्ट गरेको स्थानीय प्रशासनले जनाएको छ । घटनापछि शिवसताक्षी नगरपालिकाको दमकल, स्थानीय बासिन्दा तथा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । आगो नियन्त्रणमा लिन करिब एक घण्टा लागेको र दिउँसो १२ः२५ बजे पूर्ण रूपमा निभाइएको जनाइएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…
इलाम, २५ कात्तिक । सामलिङ र माइखोला जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व र क्षतिपूर्ति सम्बन्धी माग बेवास्ता गरेको भन्दै इलाम नगरपालिका–८ महमिरका स्थानीयवासीले सङ्घर्ष कार्यक्रम घोषणा गरेका छन्। सोमबार इलाम बजारस्थित पत्रकार महासङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रभावित समुदायले आयोजनाहरूले शिक्षा, स्वास्थ्य, वातावरण, रोजगारी र सामाजिक विकासका क्षेत्रमा कुनै योगदान नपुर्याएको आरोप लगाएका हुन्। उनीहरूले स्थापना कालदेखि नै आयोजनाले समुदायप्रति जिम्मेवारी नलिएको र विभिन्न वाचा तथा सम्झौता कार्यान्वयनमा ढिलासुस्ती गरेको बताएका छन्। वक्ताहरूले आयोजनाले क्षतिपूर्ति नदिएको, घरजग्गा मापन तथा मूल्याङ्कनमा मनोमानी गरेको, पुनःस्थापनाका काम अधुरो छोडेको र सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम अवरुद्ध गरेको आरोप लगाए। स्थानीयहरूले अब आफ्ना अधिकारका लागि आन्दोलनमा उत्रनुको…