jhapaonline add

झापा, २४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान ६ बजे २४ घण्टे मौसम बुलेटिन जारी गरी महाशाखाले मौसमबारे जानकारी दिएको हो । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना…

Read More

झापा, २४ असार । नेपाली कांग्रेसले संविधान संशोधनको खाका तयार गर्न आन्तरिक कार्यदल गठन गर्ने निर्णय गरेको छ। असार १६ देखि २३ गतेसम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै संशोधन आवश्यकताबारे निष्कर्ष निकाल्न कार्यदल बनाउने निर्णय लिएको हो। महामन्त्री गगन थापाले बैठक निर्णय सुनाउँदै भने, “नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको समीक्षा गर्दै सवल र दुर्वल पक्ष पहिचान गरी आवश्यक संशोधनबारे सार्थक निष्कर्षमा पुग्न पार्टीभित्रै कार्यदल गठन गरिनेछ।” संविधान संशोधनका लागि कांग्रेसले अन्य दलहरूसँग सहकार्य गर्ने र सरोकारवालासँग परामर्श गर्ने पनि निर्णय भएको छ। थापाले भने, “नेपाली कांग्रेस संविधान निर्माणमा संलग्न दलहरूसँग सहकार्य…

Read More

बिर्तामोड, २३ असार । स्तरीय शिक्षाका नाममा अहिले चर्को शुल्कको मारमा अभिभावक छन् । ठूला र भौतिक पूर्वाधार सम्पन्न विद्यालय, कजेल खुल्ने क्रम पनि बढेको छ । तर, भौतिक पूर्वाधार र सजावटले चिटिक्क हुनुलाई स्तरीय शिक्षा प्रदान गर्ने थलो मान्न सकिन्न । ‘जो दिख्दा है वही बिक्ता है’ भन्ने हिन्दु उखान झै अहिले देखेकै भरमा आफ्ना नानीबाबुहरुलाई विद्यालय भर्ना गराउने चलन पनि छ । झापामा धेरै यस्ता शैक्षिक प्रतिष्ठान पनि छन्, जुन भौतिक पूर्वाधार र सजि–सजावटले भरिपूर्ण नभए पनि शिक्षास्तरमा भने अब्बल छन् । झापा बिर्तामोडको निधि सेकेन्डरी स्कूल अहिले मध्यम शुल्क र उच्च गुणस्तरीय शिक्षाका कारण अभिभावकको आकर्षणका केन्द्र…

Read More

हल्दीबारी, २३ असार । झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा हल्दीबारी–४ मङ्गलबारे बजारका तीन किराना पसलमा म्याद गुज्रिएका तथा अखाद्य वस्तु फेला परेका छन् । राजवंशी किराना पसल, खरेल किराना पसल र अल पसलमा म्याद गुज्रेका सामग्री भेटिएपछि पसल धनीलाई पहिलोचोटि चेतावनी दिँदै तीन दिनभित्र सबै अखाद्य वस्तु हटाउन निर्देशन दिएको छ । गाउँपालिकाले आजदेखि बजार अनुगमन सुरु गरेको हो । गोलधाप बजार, बडाबारी बजार, कञ्चनश्री बजार, ढडुवा बजार, पाराखोपी बजार र स्कुलचोक बजार समेतका पसलहरूको पनि क्रमशः अनुगमन गरिने प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिनुभयो । आजको अनुगमनमा २० भन्दा बढी पसल…

Read More

झापा, २३ असार । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल नजिकबाट एक युवकलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल झापा शिवसताक्षी नगरपालिका–८ बसोबास गर्दै आएका २५ वर्षीय जितेन्द्र आङ्देम्बे रहेका छन् । उनी भारतको पानीट्याङ्कीबाट सिटिसफारीमा सवार भई नेपाल प्रवेश गर्ने क्रममा शंकास्पद देखिएपछि प्रहरीले शारीरिक तलासी लिएको थियो । तलासीका क्रममा आङ्देम्बेको मलद्वारबाट निलो रङको प्लास्टिकमा बेरिएको पोका फेला परेको थियो। उक्त पोकामा लिसिलो पदार्थ देखिएपछि परीक्षण गर्दा त्यो खैरो हेरोइन भएको पुष्टि भएको प्रहरीले जनाएको छ। डिजिटल तराजुमा नापतौल गर्दा प्लास्टिकसहित उक्त पदार्थको…

Read More

झापा, २३ असार । झापा मेचिनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रम बाहुनडाँगीमा आश्रित एक व्यक्तिको मृत्यु भएको छ। मृतकको पहिचान भुन्टे कुर्मीका रूपमा गरिएको छ, जसको उमेर करिब ५० वर्ष रहेको बताइएको छ। उनी झापा भद्रपुर नगरपालिका–१० मा बेवारिसे अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा गत जेठ २२ गते उद्धार गरी मानव सेवा आश्रममा राखिएको थियो। प्राप्त जानकारीअनुसार, असार २३ गते दिउँसो ३ बजे उनी आश्रममै सुतेको अवस्थामा मृत फेला परेका हुन्। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी अधिकृतको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीका अनुसार, घटनाको अनुसन्धान भइरहेको छ भने शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ2।

Read More

कनकाई, २३ असार । झापाको कनकाईका ६२ जना युवालाई नि:शुल्क प्रोफेशनल आईटी एण्ड कम्प्युटर ट्रेनिङ्ग कोर्स प्रदान गरिएको छ । कनकाई नगरपालिका- ७ को आर्थिक सहयोगमा कनकाई पोलिटेक्निकल ईन्स्टिच्युट दुर्गापुरमा उनीहरूलाई प्रोफेशनल आईटी तालिम दिइएको हो । गत बैशाख २० गतेबाट सुरु गरिएको कम्प्युट सम्बन्धि विभिन्न सिकाईसहित सिसि क्यामेरा जडानदेखि मर्मत, फोटोकपी मिसिन मर्मत लगायतका सीप सिकाइएको कनकाई ७ का वडा अध्यक्ष भिष्म भुषण सिटौलाले जानकारी दिनुभयो । तालिममा २५ जना छात्रा र ३७ जना छात्र गरी ६२ जनाले छात्र-छात्राले ट्रेनिङ्ग लिएका छन् । उनीहरूलाई कम्प्युटर सम्बन्धि सागर अधिकारी, नेटवर्किङ सम्बन्धि भेसराज लामिछाने र ईलेक्ट्रीकल्स सम्बन्धि तालिम प्रशिक्षकमा रमेशकुमार घिमिरे…

Read More

बिर्तामोड, २३ असार । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको निःशुल्क दन्त परीक्षण गरिएको छ ।  लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आज लिङ्क स्कुलले मन्टेश्वरीमा अध्ययनरत सबै बालबालिकाको दन्त परीक्षण गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले बताउनुभयो । अधिकांश बालबालिकामा दाँतको समस्या देखिने भएकाले समयमै समस्याको पहिचान गरी उपचार गर्ने उद्देश्यले दन्त परीक्षण गरिएको सञ्चालक पौडेलले बताउनुभयो । स्कुलमा पढ्ने प्ले ग्रुपदेखि युकेजीसम्म सबै बालबालिकाको दन्त परीक्षण गरिएको छ । लोक स्वास्थ्य डेन्टल क्लिनिककी दन्त चिकित्सक डा. आस्मा भट्टराईले नेतृत्वको टोली बालबालिकाको दाँत परीक्षण गरेको थियो । डाक्टर भट्टराईले बालबालिकामा देखिएको दाँतको समस्याका बारेमा उनीहरूको…

Read More

कनकाई, २३ जना । झापाको कनकाई नगरपालिका वडा नम्बर १ ले वडावासीलाई विद्युतीय चुलो वितरण गरेको छ । कनकाई नगरपालिकाको कार्यालय परिसरमा आज आयोजित एक संक्षिप्त कार्यक्रममा वडाले यहाँका ८६ जनालाई विद्युतीय चुलो वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि आशा शर्मा शिवाकोटीले लाभग्राहीलाई चुलो हस्तान्तरण गर्नुभयो । उपप्रमुख शिवाकोटीले प्राथमिकताका आधारमा चुलो वितरण गरिएको बताउनुभयो । अर्को पटक समेत चुलो आउने र नपाउने नगरवासीलाई वितरण गरिने उपप्रमुख शिवाकोटीले बताउनुभयो । सरकारले एलपी ग्यास आयातको प्रतिस्थापन गरी स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो वितरण कार्यलाई प्राथमिकतामा राखेको उपप्रमुख सुवाकोटीले बताउनुभयो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै कनकाई नगरपालिका वडा नम्बर…

Read More

झापा, २३ असार । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट घोषित भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था बबरमहल काठमाडौँले हाम्रो नेपाल साकोसलाई उत्कृष्ट घोषणा गर्दै आइतबार प्रसंशापत्र प्रदान गरेको छ । देशभरका एक हजार सात सय साझेदार संस्थामध्ये हाम्रो नेपाल उत्कृष्ट भएको घोषणासहित २४ औँ साधारणसभामा सो वित्तीय संस्थाले प्रसंशापत्र प्रदान गरेको हो । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, सो वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठक, प्रमुख कार्यकारी शिवरामप्रसाद कोइराला लगायतले हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दङ्गाललाई संयुक्त रूपमा फूलमाला, खदा, अविरसहित प्रशंसापत्र हस्तान्तरण गर्नुभएको हो । कारोबारको आधारमा उत्कृष्ट घोषणा भएको हाम्रो…

Read More