jhapaonline add

भद्रपुर, २२ चैत । झापामा सञ्चालनमा रहेका अधिकाम्स संस्थागत विद्यालय राज्यले तय गरेको नीति नियम बाहिर रहेको उदाहरण गतवर्षबाटै अनिवार्य गरिएको सामाजिक सुरक्षा कार्यक्रमलाई पालना नगरेको घटनाले प्रमाणित गरिदिएको छ । सामाजिक सुरक्षा कार्यक्रममा गएकै वर्षभित्र अनिवार्य सहभागिता हुनु पर्ने नियम सरकारले श्रम तथा रोजगार मन्त्रालयमार्फत जारी गरे पनि झापामा सञ्चालनमा रहेका ३० प्रतिशतभन्दा कम विद्यालयले मात्र सो नियम पालना गरेको देखिनुले राज्यको नीति नियम नमान्ने संस्थागत विद्यालयको संख्या झापामा अधिक देखिएको हो । यो नीति पालना गर्न श्रम तथा रोजगार कार्यालय एवम् सामाजिक सुरक्षा कोषले पटक पटक ताकेता गरे पनि झापाका अधिकाम्स विद्यालय सञ्चालक अटेर गरिरहेको देखिन्छ । शैक्षिक…

Read More

इलाम, २२ चैत । सन्दकपुर गाउँपालिका–४ स्थित कालपोखरी क्षेत्रमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य चहलपहल देखिएको छ। तेस्रो ‘रेडपाण्डा महोत्सव’ सुरु भएसँगै नेपाल–भारत सीमावर्ती यस क्षेत्र पर्यटकको नयाँ केन्द्र बन्दै गएको हो। दुर्लभ वन्यजन्तु रेडपाण्डालाई नजिकबाट अवलोकन गर्ने चाहनाले तराईदेखि पहाड हुँदै पर्यटकहरू कालपोखरीसम्म पुगेका छन्। रेडपाण्डा प्रत्यक्ष हेर्ने अवसरसँगै यहाँको प्राकृतिक सौन्दर्यले पनि आगन्तुकलाई आकर्षित गरिरहेको छ। महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले नेपालमा करिब ५ सयको हाराहारीमा मात्र रेडपाण्डा रहेको उल्लेख गर्दै यसको संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको बताए। उनले यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनसँगै संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।…

Read More

झापा, २२ चैत । झापाको बिर्तामोड नगरपालिका–५ मा ‘गुफा रेष्ट्रो’ सञ्चालनमा आएको छ । दैनिक सयौं युवा धन र अध्ययनका लागि खाडीदेखि युरोपसम्मको यात्रा तय गरिरहेका छन् । तर, बिर्तामोड–५ का युवा मनोज अधिकारी स्वदेशमै केही गर्ने सोचका साथ होटल व्यवसायमा होमिएका छन् । “स्वदेशमै केही गर्नु पर्छ, आत्मनिर्भर बन्नुपर्छ भनेर गुफा रेष्ट्रो सञ्चालनमा ल्याएका छौं”, गुफा रेष्ट्रोका प्रबन्ध सञ्चालक अधिकारी भन्नुहुन्छ, “रेष्ट्रोमा नौ जना युवाले रोजगारी समेत पाएका छन् ।” बिर्तामोड–५ हर्कलाल मार्गदेखि केही पूर्व बुद्धनगर टोल रोड नम्बर १ मा करिब ६० लाख रुपैयाँको लागतमा गुफा रेष्ट्रो सञ्चालनमा दुबईमा होटलसम्बन्धी काम गरेर फर्किनुभएका अनुभवी सेफ रोजन राईले विशेषत…

Read More

झापा, २२ चैत । झापाको भद्रपुर नगरपालिका–५ स्थित नयाँ बजारबाट प्रहरी तीन जना युवालाई लागुऔषधसहित पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीहरुलाई शंका लागी चेकजाँच गर्दा बिर्तामोडका दुई र मोरङका एक जना युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले बिर्तामोड–८ गरामनीका २८ वर्षीय किरण श्रेष्ठ साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक २ ग्राम ०६० मिलिग्राम, अविशेक लिम्बुको साथबाट प्लाष्टिक बाहेक १ ग्राम १७० मिलिग्राम र मोरङ लेटाङ–५ बस्ने २५ वर्षीय सरोज थापाको साथबाट लागुऔषध ब्राउन सुगरजस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक…

Read More

शिवसताक्षी, २२ चैत । झापाको शिवसताक्षी नगरपालिकामा दुईदिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ। नगरपालिकाका कार्यालय तथा वडा कार्यालयहरूमा प्रशासनिक कामकाजलाई प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने उद्देश्यले शाखा प्रमुख तथा वडा सचिवहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन गर्दै नगरप्रमुख मेगाहाङ थोप्राले आधुनिक प्रविधिसँग कर्मचारीहरूलाई अभ्यस्त बनाउन र दैनिक प्रशासनिक कार्यलाई सहज, सरल तथा छरितो बनाउन यस्तो तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले कृत्रिम बुद्धिमत्ताको प्रयोगले कर्मचारीहरूको क्षमता अभिवृद्धि हुनुका साथै सेवाग्राहीलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तालिमको पहिलो दिन कर्मचारीहरूलाई कृत्रिम बुद्धिमत्तासम्बन्धी उन्नत ९एडभान्स० तालिम प्रदान गरिएको थियो भने…

Read More

भद्रपुर, २२ चैत । झापाको भद्रपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हेमबहादुर कार्की (सन्तु)ले वडाका ज्येष्ठ मातापितालाई धार्मिक तथा पर्यटकीय भ्रमणमा लगेका छन् । वडाध्यक्ष भएवापत पाउने सेवासुविधाबाट उहाँले विगत तीन वर्षदेखि वडाका ज्येष्ठ मातापितालाई भ्रमणमा लगिसकेका छन् । सोही क्रममा उहाँले शनिबार चौथो पटक वडाका १२० जना ज्येष्ठ मातापितालाई सुनसरीको धरानस्थित धार्मिकस्थल बराह क्षेत्र र पर्यटकीयस्थल श्रम संस्कृति पार्कमा लग्नुभएको छ । २०७९ सालमा वडाध्यक्षमा निर्वाचित भएयता वडाध्यक्ष कार्कीले आफूले पाउने सेवासुविधा सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् । “निर्वाचित भएयता बर्सेनि मैले पाउने सेवासुविधाबाट वडाका ज्येष्ठ मातापितालाई धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराउने गरेको छु”, वडाध्यक्ष कार्कीले…

Read More

झापा, २२ चैत । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ–असिना–हुरीबताससहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का…

Read More

उर्लाबारी, २१ चैत । मोरङको उर्लाबारीबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–३ स्थितबाट सोही स्थानका ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षिय कमल दाहाललाई विभिन्न प्रकारका प्रतिबन्धित औषधीहरु २६ हजार ६५ पिस , ७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर, २ किलो २३० ग्राम गाँजा, २२ हजार २ सय ७० नगद, ३ थान मोबाइल र प्र.१–०२–५९ प १८५९ नम्बरको स्कुटरसहित पक्राउ गरेको छ ।

Read More

झापा, २१ चैत । झापाको भद्रपुर नगरपालिका–३ आँपगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । झापाको भद्रपुर नगरपालिका–३, आँपगाछी स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–४ का मनराज राई र खगेन्द्र गौतमलाई २ ग्राम ४१० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरी थप अनुसन्धान गरी रहेको छ ।

Read More

अर्जुनधारा, २१ चैत । साहित्यकार कृष्ण धराबासीलाई दीर्घ साहित्य सेवा सम्मान प्रदान गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिले साहित्यकार धराबासीलाई उक्त सम्मान प्रदान गरेको हो । शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित ‘साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोह’मा साहित्यकार धराबासीलाई रू एक लाख एक हजारसहित दीर्घ सेवा सम्मान प्रदान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्कार प्रकाश बुढाथोकी, नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली लगायतले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । नगरप्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य एवम् औचित्यमाथि उपप्रमुख खड्गमाया पराजुलीले प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा स्वागत भाषा, कला, साहित्य…

Read More