jhapaonline add

भद्रपुर, ३ साउन । झापामा गत आर्थिक वर्ष २०८२र०८३ मा भएका विभिन्न प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने रु २२ करोड ७४ लाख ६० हजार ९ सय ५९ बराबरको धनमालको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लाभर ३५९ वटा विपद्का घटना अभिलेख भएका छन्। ती घटनामा ३७ जना घाइते भएका छन्। प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी १५६ वटा आगलागी, ९४ वटा जङ्गली हात्ती तथा अन्य वन्यजन्तुको आक्रमण, ५२ वटा हुरी, ३५ वटा बाढी तथा डुबान र २२ वटा चट्याङका घटना भएका छन्। विपद्का कारण आगलागीमा दुई जना, जङ्गली जनावरको आक्रमणबाट…

Read More

झापा, ३ साउन । फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकप–२०२६ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । इंग्ल्यान्डविरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गरेसँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्‍याएका हुन् । यद्यपि उक्त खेलमा फ्रान्स ६–४ गोलअन्तरले पराजित हुँदै चौथो स्थानमा सीमित भयो भने इंग्ल्यान्डले तेस्रो स्थान हासिल गर्‍यो । इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल थपेपछि एमबाप्पेले विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या २२ पुर्‍याएका छन्। यससँगै उनले अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई पछि पार्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको सूचीमा अग्रता बनाएका छन्। मेसीको नाममा हाल २१ गोल रहेको छ। यद्यपि उनले स्पेनविरुद्धको फाइनल खेल खेल्न बाँकी…

Read More

झापा, ३ साउन । फिफा विश्वकप–२०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै प्रतियोगिता तेस्रो स्थानमा टुंग्याएको छ। मियामी स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफमै ४–० को सशक्त अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा फ्रान्सको पुनरागमन प्रयासलाई निष्फल पार्दै प्रभावशाली जित निकालेको हो। इंग्ल्यान्डका लागि बुकायो शाका नायक बने। उनले ह्याट्रिक पूरा गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। खेलको तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि १८औँ मिनेटमा कोन्शाले हेडमार्फत दोस्रो गोल गरे भने ३७औँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा शाकाले लगातार दुई गोल गर्दै पहिलो हाफमै इंग्ल्यान्डलाई ४–० को अवस्थामा पुर्‍याए।…

Read More

झापा, ३ साउन । सरकारले बाढी, पहिरो र डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रभावित जिल्लामा जोखिमको अवस्था मूल्याङ्कन गरेपछि मात्रै सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले देशका २१ जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार सम्भावित बाढी र पहिरोको उच्च जोखिम रहेका सडकखण्डमा नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै सवारी सञ्चालनमा रोक लगाइएको हो। “पहिरोको उच्च जोखिम भएका क्षेत्रमा सवारी सञ्चालन नगर्न आग्रह गरेका थियौँ,” उनले भने, “आज पनि मौसम र सडकको वास्तविक अवस्थाको मूल्याङ्कन…

Read More

झापा, ३ साउन । देशभर मनसुनको प्रभाव थप सक्रिय बनेसँगै जल तथा मौसम विज्ञान विभागले आज विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा औसत स्थानभन्दा केही माथि तर पूर्वी क्षेत्रमा औसत स्थानकै आसपास रहेकाले देशभर मनसुनी गतिविधि सक्रिय बनेको हो। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात…

Read More

इलाम, २ साउन । अविरल वर्षाको पूर्वानुमानपछि इलाम जिल्लामा दुई रात सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय इलामले शुक्रबार सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानका आधारमा साउन २ र ३ गते बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभित्रका सबै सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको जनाएको हो । प्रशासनका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। इलाम जिल्ला पनि उच्च जोखिम क्षेत्रमा परेकाले जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । यो…

Read More

बिर्तामोड, २ साउन । कोशी प्रदेशसभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम) ले वर्तमान सरकारले संविधानमाथि नै प्रहार गर्ने खतरा बढेको आरोप लगाएका छन्। बिर्तामोडमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकीकरण बैठक, प्रशिक्षण तथा सपथग्रहण कार्यक्रममा बोल्दै नेता आङ्बोले सरकार संविधानको मर्मविपरीत अघि बढ्न खोजिरहेको दाबी गरे। उनले सरकारको नेतृत्व गरिरहेको दलको पहिलो महाधिवेशनमै प्रदेश संरचना खारेज गर्ने प्रस्ताव आएको उल्लेख गर्दै त्यसले संविधानमाथिको हस्तक्षेपको संकेत गरेको बताए। संवैधानिक निकायमा आफूअनुकूल नियुक्ति गर्ने, संघीय संसदका दुवै सदनमा बहुमत पुर्‍याएर संविधान संशोधनमार्फत जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने तयारी भइरहेको उनको आरोप थियो। आङ्बोले संविधान र…

Read More

जनकपुरधाम, २ साउन । दृष्टिबन्धकमा राखिएको जग्गा जग्गाधनीलाई जानकारी नै नदिई बैंकमा धितो राखेर करिब रु चार करोड ऋण लिई ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी ४८ वर्षीया श्रीमती रेखा साह र ३२ वर्षीय छोरा हरेराम साह पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काका अनुसार गोपाल साहलाई जनकपुरधामस्थित एक होटलबाट, रेखा साहलाई नगराइन नगरपालिका–स्थित जटही सीमा नाकाबाट तथा हरेराम साहलाई काठमाडौंबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२…

Read More

झापा, २ साउन । झापामा दोस्रो राष्ट्रिय आर्थिक गणनाअन्तर्गत स्थलगत गणना सम्पन्न भएको छ। गणनाअनुसार जिल्लाभरि ६० हजार ६५४ आर्थिक प्रतिष्ठान (व्यवसाय, उद्योग, संघ–संस्था लगायत) दर्ता भएका छन्। जिल्ला आर्थिक गणना कार्यालय भद्रपुरका निर्देशक तथा आर्थिक गणना अधिकारी चूडामणि लुइँटेलका अनुसार असार मसान्तसम्म भद्रपुर आर्थिक गणना कार्यालयबाट ३३ हजार १०३ र दमक आर्थिक गणना कार्यालयबाट २७ हजार ४४४ प्रतिष्ठानको विवरण सङ्कलन गरिएको छ। यसबाहेक १०७ प्रतिष्ठानले अनलाइनमार्फत विवरण बुझाएका छन्। गणनाअनुसार ती प्रतिष्ठानमा १ लाख ८९ हजार ७ जना व्यक्ति तलबी तथा स्वरोजगारमा आबद्ध रहेका छन्। स्थानीय तहअनुसार बिर्तामोड नगरपालिकामा सबैभन्दा बढी ११ हजार ६७५ प्रतिष्ठान रहेका छन् भने झापा…

Read More

झापा, २ साउन । झापाको कचनकवल र गौरादहमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । गएराति अन्दाजी ९ बजे कचनकवल गाउँपालिका–३ पाँचबिचे बस्ने २४ वर्षीय कमल गदाइलीलाई आफ्नै बारीमा जङ्गली हात्ती रोकथामका लागि राखिएको करेन्ट अचानक लागेको थियो । घाइते गदाइलीलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ । प्रहरी चौकी पथरियाबाट प्रहरी टोली खटिएर बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै गौरादह ६ मा करेन्ट लागेर अर्का युवकको ज्यान गएको छ । बिहीबार साँझ ७ः४५ बजे गौरादह९६ बिरबल चोक बस्ने २५ वर्षीय विनोद शर्माले आफ्नै…

Read More