
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
चितवन, १० कात्तिक l नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा उत्पन्न परिस्थितिलाई सम्हाल्न शान्तिपूर्ण निर्वाचनमार्फत अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले तल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिइएको जानकारी दिए। “चुनाव हुन्छ वा हुँदैन भन्ने होइन, चुनावको विकल्प छैन,” उहाँले स्पष्ट पार्नुभयो। संयोजक दाहालले नेपाली काँग्रेसलगायत अन्य दलका नेताहरूसँग पनि निर्वाचनको अपरिहार्यता विषयमा छलफल भइरहेको उल्लेख गर्दै चुनावको वातावरण बनाउन सबै दलहरू लाग्नुपर्नेमा जोड दिए। “सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु,” उहाँले भन्नुभयो। उहाँले सरकारलाई अन्य विषयमा…
झापा, १० कात्तिक । झापाको दमक नगरपालिका–८ स्थित अर्गानिक कृषि भवन छेउमा रहेको एक दुई तले घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ। आइतबार अपराह्न करिब ४ः३० बजे रविन खडकाको टिनको छानो, खाबाको खम्बा र सेन्टर बेरा गरिएको दुई तले टाढे घरको पछाडिको कोठाबाट विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, भाँडावर्तन, अन्नपात, काठपात, फर्निचर, गरगहना लगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्। हालसम्म क्षतिको यकिन मूल्याङ्कन हुन सकेको छैन। आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली, मोरङको उर्लाबारी नगरपालिका र झापाको कमल गाउँपालिकाबाट खटिएको दमकलको सहयोगमा…
झापा, १० कात्तिक । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु २,००० ले घटेर रु २,३९,९०० कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु ३५ ले घटेर रु २,९८० पुगेको छ। आइतबार सुनको मूल्य रु २,४१,९०० र चाँदीको मूल्य रु ३,०१५ थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुनको कारोबार प्रतिऔंस ४,०७५ अमेरिकी डलर हाराहारीमा भइरहेको महासङ्घले जनाएको छ।
झापा, १० कात्तिक । झापाको हल्दीबारी गाउँपालिका–४ स्थित श्री पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकीय परिसरमा दुईवटा जंगली हात्ती प्रवेश गरी भौतिक संरचनामा क्षति पुर्याएको छ। मिति २०८२ साल कात्तिक ९ गते राति करिब १२ बजे हात्तीले मन्दिर परिसरमा क्षति पुर्याएको जानकारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद पोखरेलले प्रचौ जलथलमा निवेदनमार्फत दिएका थिए। निवेदनपछि प्रचौ जलथलबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गरेको थियो। प्रहरीका अनुसार हात्तीले मन्दिरको स्टोर भवनको बायाँपट्टिको झ्याल र कम्पाउन्डको पर्खाल भत्काएको छ। प्रारम्भिक मूल्यांकनअनुसार करिब रु २०,००० बराबरको भौतिक संरचना क्षति भएको छ। अन्य थप क्षति भने नभएको जनाइएको छ।
झापा, १० कात्तिक । झापाको मेचिनगर नगरपालिका–१० स्थित टिकापुरको नागरडुब्बा खोलाको किनारमा एक पुरुष वेवारिसे अवस्थामा फेला परेका छन् । आज बिहान करिब ७ः३० बजे अन्दाजी ३५–३६ वर्षको नाम, थर र वतन नखुलेका पुरुष लडिरहेको अवस्थामा फेला परेको स्थानीयले इलाका प्रहरी कार्यालय धुलाबारीलाई जानकारी गराएका थिए । सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर ती पुरुषलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको हो । प्रहरीका अनुसार ती पुरुष बोल्न नसक्ने अवस्थामा गम्भीर छन्। हालसम्म उनको परिचय खुल्न सकेको छैन भने आफन्तको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
झापा, १० कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ २७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७५ पैसा, क्यानेडियन…
झापा, १० कात्तिक । गृह मन्त्रालयले आइतबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) तथा सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको निर्णयअनुसार कुल ३६ जना कर्मचारीको सरुवा गरिएको हो । धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल झापाको प्रजिअमा सरुवा भएका छन् । झापाका प्रजिअ गोपालकुमार अधिकारीलाई काभ्रेपलाञ्चोकमा सरुवा गरिएको छ । मन्त्रालयले साँझ जारी गरेको सूचनामा ३१ जना प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई सहसचिव र दुई महानिर्देशकको सरुवा तथा पदस्थापन गरिएको उल्लेख छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत खिमबादुर रायमाझीलाई जुम्लाको प्रजिअ बनाइएको छ भने जुम्लाका प्रजिअ केदारनाथ शर्मालाई विमानस्थलको प्रमुख अध्यागमन अधिकृत पदमा सरुवा…
झापा, १० कात्तिक । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ८५ हजार नगद र सुनका गहनासहित पक्राउ गरेका दुई व्यक्तिमाथि आठ दिनको म्याद थप गरेको छ। तिहार बिदाको समयमा कात्तिक ५ गते पक्राउ परेका धादिङको नीलकण्ठ नगरपालिका–२ निवासी तथा हाल काठमाडौँ बसोबास गर्दै आएकी २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक झाओ झोङलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएपछि म्याद थप गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सुनार बैंकिङ कसुरमा फरार रहेको अभिलेखसमेत फेला परेको छ। दुवै जनालाई नागर्जुन नगरपालिकास्थित सानो भर्याङमा अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। उनीहरूको…
झापा, १० कात्तिक । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदै छ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी…
झापा, १० कात्तिक । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक–दुई स्थानमा हल्का वर्षा– हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा तथा…