
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २३ असार । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल नजिकबाट एक युवकलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल झापा शिवसताक्षी नगरपालिका–८ बसोबास गर्दै आएका २५ वर्षीय जितेन्द्र आङ्देम्बे रहेका छन् । उनी भारतको पानीट्याङ्कीबाट सिटिसफारीमा सवार भई नेपाल प्रवेश गर्ने क्रममा शंकास्पद देखिएपछि प्रहरीले शारीरिक तलासी लिएको थियो । तलासीका क्रममा आङ्देम्बेको मलद्वारबाट निलो रङको प्लास्टिकमा बेरिएको पोका फेला परेको थियो। उक्त पोकामा लिसिलो पदार्थ देखिएपछि परीक्षण गर्दा त्यो खैरो हेरोइन भएको पुष्टि भएको प्रहरीले जनाएको छ। डिजिटल तराजुमा नापतौल गर्दा प्लास्टिकसहित उक्त पदार्थको…
झापा, २३ असार । झापा मेचिनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रम बाहुनडाँगीमा आश्रित एक व्यक्तिको मृत्यु भएको छ। मृतकको पहिचान भुन्टे कुर्मीका रूपमा गरिएको छ, जसको उमेर करिब ५० वर्ष रहेको बताइएको छ। उनी झापा भद्रपुर नगरपालिका–१० मा बेवारिसे अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा गत जेठ २२ गते उद्धार गरी मानव सेवा आश्रममा राखिएको थियो। प्राप्त जानकारीअनुसार, असार २३ गते दिउँसो ३ बजे उनी आश्रममै सुतेको अवस्थामा मृत फेला परेका हुन्। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी अधिकृतको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीका अनुसार, घटनाको अनुसन्धान भइरहेको छ भने शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ2।
कनकाई, २३ असार । झापाको कनकाईका ६२ जना युवालाई नि:शुल्क प्रोफेशनल आईटी एण्ड कम्प्युटर ट्रेनिङ्ग कोर्स प्रदान गरिएको छ । कनकाई नगरपालिका- ७ को आर्थिक सहयोगमा कनकाई पोलिटेक्निकल ईन्स्टिच्युट दुर्गापुरमा उनीहरूलाई प्रोफेशनल आईटी तालिम दिइएको हो । गत बैशाख २० गतेबाट सुरु गरिएको कम्प्युट सम्बन्धि विभिन्न सिकाईसहित सिसि क्यामेरा जडानदेखि मर्मत, फोटोकपी मिसिन मर्मत लगायतका सीप सिकाइएको कनकाई ७ का वडा अध्यक्ष भिष्म भुषण सिटौलाले जानकारी दिनुभयो । तालिममा २५ जना छात्रा र ३७ जना छात्र गरी ६२ जनाले छात्र-छात्राले ट्रेनिङ्ग लिएका छन् । उनीहरूलाई कम्प्युटर सम्बन्धि सागर अधिकारी, नेटवर्किङ सम्बन्धि भेसराज लामिछाने र ईलेक्ट्रीकल्स सम्बन्धि तालिम प्रशिक्षकमा रमेशकुमार घिमिरे…
बिर्तामोड, २३ असार । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको निःशुल्क दन्त परीक्षण गरिएको छ । लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आज लिङ्क स्कुलले मन्टेश्वरीमा अध्ययनरत सबै बालबालिकाको दन्त परीक्षण गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले बताउनुभयो । अधिकांश बालबालिकामा दाँतको समस्या देखिने भएकाले समयमै समस्याको पहिचान गरी उपचार गर्ने उद्देश्यले दन्त परीक्षण गरिएको सञ्चालक पौडेलले बताउनुभयो । स्कुलमा पढ्ने प्ले ग्रुपदेखि युकेजीसम्म सबै बालबालिकाको दन्त परीक्षण गरिएको छ । लोक स्वास्थ्य डेन्टल क्लिनिककी दन्त चिकित्सक डा. आस्मा भट्टराईले नेतृत्वको टोली बालबालिकाको दाँत परीक्षण गरेको थियो । डाक्टर भट्टराईले बालबालिकामा देखिएको दाँतको समस्याका बारेमा उनीहरूको…
कनकाई, २३ जना । झापाको कनकाई नगरपालिका वडा नम्बर १ ले वडावासीलाई विद्युतीय चुलो वितरण गरेको छ । कनकाई नगरपालिकाको कार्यालय परिसरमा आज आयोजित एक संक्षिप्त कार्यक्रममा वडाले यहाँका ८६ जनालाई विद्युतीय चुलो वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि आशा शर्मा शिवाकोटीले लाभग्राहीलाई चुलो हस्तान्तरण गर्नुभयो । उपप्रमुख शिवाकोटीले प्राथमिकताका आधारमा चुलो वितरण गरिएको बताउनुभयो । अर्को पटक समेत चुलो आउने र नपाउने नगरवासीलाई वितरण गरिने उपप्रमुख शिवाकोटीले बताउनुभयो । सरकारले एलपी ग्यास आयातको प्रतिस्थापन गरी स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो वितरण कार्यलाई प्राथमिकतामा राखेको उपप्रमुख सुवाकोटीले बताउनुभयो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै कनकाई नगरपालिका वडा नम्बर…
झापा, २३ असार । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट घोषित भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था बबरमहल काठमाडौँले हाम्रो नेपाल साकोसलाई उत्कृष्ट घोषणा गर्दै आइतबार प्रसंशापत्र प्रदान गरेको छ । देशभरका एक हजार सात सय साझेदार संस्थामध्ये हाम्रो नेपाल उत्कृष्ट भएको घोषणासहित २४ औँ साधारणसभामा सो वित्तीय संस्थाले प्रसंशापत्र प्रदान गरेको हो । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, सो वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठक, प्रमुख कार्यकारी शिवरामप्रसाद कोइराला लगायतले हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दङ्गाललाई संयुक्त रूपमा फूलमाला, खदा, अविरसहित प्रशंसापत्र हस्तान्तरण गर्नुभएको हो । कारोबारको आधारमा उत्कृष्ट घोषणा भएको हाम्रो…
लमजुङ, २३ असार । लमजुङको बेँसीसहर नगरपालिका–९ बिम्दाबेँसीका सेवा निवृत्त भारतीय सेनाका सुवेदार गोपीप्रसाद गुरुङलाई अझै पनि २१ वर्षे उमेरमा पहिलो छुट्टीमा घर फर्किएको दिन झल्झली सम्झना आउँछ। त्यतिबेला उनका बुवा, छरछिमेकी र गाउँलेहरू नाल्माको सित्तलेस्वाँरामा विमानस्थल खन्न जुटेका थिए। विसं २०२१/२२ मा सुरु भएको यो सपना ६ दशक बितिसक्दा पनि अधुरै छ। स्थानीयको श्रमदान, उत्साह र सरकारी आश्वासनबीच विमानस्थलको निर्माण कहिले बजेटको अभावमा, कहिले राजनीतिक प्राथमिकताको अभावमा रोकिएको छ। स्थानीयले श्रमदानमार्फत मैदान खनेका थिए। तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य श्रीकान्त अधिकारीले रु ३,३०० मा मौखिक ठेक्का दिएका थिए। त्यसपछि विभिन्न गाउँबाट सामल, गल, गैंती, कोदालो बोकेर गाउँलेहरू जुटेका थिए। विसं…
झापा, २३ असार । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले कालो सूचीमा राखेको हो । एक वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने पनि कार्यालयले जनाएको छ। यी हुन् कालोसूचीमा परेका कम्पनीहरु
झापा, २३ असार । एक २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पाल्पाबाट ६२ वर्षीय बृद्ध पक्राउ परेका छन् । बलात्कार आरोपमा तानसेन नगरपालिका–१० तेल्घाका ६२ वर्षीय ताराबहादुर कार्कीलाई प्रहरीले पक्रा गरेको हो । जिप्रका पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार कार्कीले पाल्पाकै २३ वर्षीया युवतीलाई असार २० गते शुक्रबार जबरजस्ती करणी गरेको पीडित युवतीको आमाले दिएको जाहेरीका आधारमा उनलाई आइतबार पक्राउ गरिएको छ । तानसेन नगरपालिका–४ लहरेपीपलबाट प्रहरीले कार्कीलाई नियन्त्रणमा लिइएको र जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुर, २३ असार । वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायको भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउ अब स्वादभन्दा पनि सम्झनामा सीमित बन्न थालेको छ। सालका वन क्षेत्रमा डढेलो लागेको वर्ष प्रशस्तै पाइने यो मौसमी च्याउ अहिले दुर्लभ बन्दै गएको छ। स्थानीय हवलदार चौधरीका अनुसार, “वर्षात सुरु भएपछि महिला र बालबालिकाको हुल वनतिर लाग्थ्यो, तर अहिले त्यो दृश्य विरलै देखिन्छ।” वन प्रवेशमा कडाइ, जलवायु परिवर्तन र मानवीय चापका कारण फुटकी लोपोन्मुख अवस्थामा पुगेको छ। सामुदायिक वनमा अनुमति आवश्यक र निकुञ्ज क्षेत्रमा प्रवेश निषेध हुँदा लुकीचोरी जानेले समेत च्याउ भेट्न छाडेका छन्। स्थानीय भाषामा ‘पटपुरा’ भनिने फुटकी थारु समुदायमा झोलयुक्त तरकारीदेखि अचार, सेकुवा,…