
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सन्तोष शर्मा झापा, १३ असार । झापामा हात्तीको आक्रमणबाट ७२ जना मानिसको मृत्यु भएको छ । आर्थिक वर्ष २०६७/०६८ देखि २०८१/०८२ को हालसम्म सात जना गैर नेपालीसहित ७२ जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका डा. सुमन भलले जानकारी दिनुभयो । सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् । चालू आर्थिक वर्ष २०८१/०८२ को साउन महिनादेखि हालसम्म हात्तीको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । पछिल्लो १५ वर्षको तथ्यांक हेर्दा औषतमा बर्सेनि पाँच जनाको मृत्यु भएको देखिन्छ । जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविक मार्ग निर्माण, वन क्षेत्रमा…
झापा, १३ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ६७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८० पैसा, क्यानेडियन…
झापा, १३ असार । गुल्मीमा विषालु च्याउको तरकारी पकाएर खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्। बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए। बिहीबार जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि गए रातिनै उनीहरुलाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो। बिरामी भएका तीनै जनालाई गए राति उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो। घटनाको जानकारी पाउनासाथ गए रातिनै इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले…
झापा, १३ असार । सप्तरीको राजगढ गाउँपालिका–४ प्रिपाहीमा एक युवकको बीभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको राजगढ गाउँपालिका–४ प्रिपाहीमा घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हत्या भएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ भने मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित घटना अनुसन्धानको लागि टोली खटिएको छ ।
झापा, १३ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमप्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा–हिमपातको सम्भावना छ । कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी…
सुरुङ्गा, १२ असार । झापाको कनकाई नगरपालिका–३ मा असार १४ गते फुटसल प्रतियोगिता हुने भएको छ । आरएफसी युथ क्लब सुरुङ्गाको आयोजना तथा एसियालिङ्क सर्भिसेस् काठमाडौंको प्रायोजनमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको तयारी पूरा भइसकेको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जनाएको छ । आयोजक समितिका अध्यक्ष बाबु लिङ्लेकु लिम्बूका अनुसार युवा पुस्तालाई लागुऔषध दुव्यर्सन र अन्य विकृतिबाट टाढा रहँदै खेल जीवनमा फर्कन सन्देशसहित प्रतियोगिता आयोजन गर्न लागिएको हो । प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार र दोस्रो हुने टिमले १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । बेस्ट प्लेयरलाई ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ…
बिर्तामोड, १२ असार । अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देन तामाङले आफ्नो घर अगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम र लुडो खेल्न छोडेर सहयोग गर्न आग्रह गरेका छन् । उनले विरोधका नाममा विरोध गर्ने तर आफ्नै घर अगाडि कालोपत्रे हुदाँ वास्ता नगर्ने प्रवृत्ति हावी हुँदै गएको बताएका छन् । बिहीबार अर्जुनधारा नगरपालिका वडा नं। ३ को कार्यालय परिसर खुदुनावारीमा आयोजित सार्वजनिक सुनुवाईमा बोल्दै मेयर तामाङले विकास सबैको साझा दायित्व भएको बताएका हुन् । नगर क्षेत्रभित्र भइरहेको विकास निर्माणमा आम नगरवासीको चासो र चिन्ता हुनुपर्ने भन्दै आगामी दिनमा आफ्नो घर अगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम खेलेर नबस्न आग्रह गरेका हुन् । घर…
झापा, १२ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्षमा खर्च हुन नसकेका अनुदान रकम फिर्ता गर्न मातहतका निकायहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल, प्रतिष्ठान, समिति, बोर्ड र परिषद्हरूलाई निःशर्त बाहेकका अनुदान रकम चालु आर्थिक वर्ष २०८१÷८२ भित्र खर्च नभएको खण्डमा फिर्ता गर्न निर्देशन दिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७९ को उपनियम ३ अनुसार, निःशर्त बाहेकका अनुदान रकम खर्च नभएमा फिर्ता गर्नुपर्ने व्यवस्था छ। यसै सन्दर्भमा, लेखा उपसचिव गोपी चन्द्र भण्डारीद्वारा जारी विज्ञप्तिमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा भइसकेका तर खर्च नभएका रकम सम्बन्धित कार्यालयसँग समन्वय गरी समयमै फिर्ता गर्न…
झापा, १२ असार । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सूचना व्यवस्थापन गर्न ‘श्रम संसार एप’ सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त एपको औपचारिक शुभारम्भ गर्नुभयो। विदेशमा रहेका नेपालीहरूले यस एपमार्फत आफ्नो व्यक्तिगत विवरण दर्ता गर्न सक्नेछन्, जसले गर्दा कुन देशमा कति नेपाली छन्, उनीहरूको अवस्था कस्तो छ भन्ने जानकारी सम्बन्धित नेपाली दूतावास, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई सहज रूपमा उपलब्ध हुनेछ। परराष्ट्र मन्त्री डा। राणाका अनुसार, सूचनाको अभावका कारण धेरै नेपालीहरू ठगी र समस्यामा परिरहेका छन्। एपबाट प्राप्त विवरणका आधारमा कन्सुलर सेवा…
द्रोण अधिकारी गुयेलीपरिवर्तनका निकै लामा रेखाहरू पार गरेको नेपालको उन्नति सोचे अनुरूप भइरहेको छैन । मानव विकास होस् या भौतिक पूर्वाधार विकास समय अनुकुल हुन सकिरहेको अवस्था छैन । पछिल्लो समय नेपालको भौतिक पूर्वाधार विकासमा किन स्तरीय प्रगति हुन सकेन ? भन्ने प्रश्न निकै ठूलो बहसका रूपमा आइरहेको छ । सामान्य मानिसले पनि सहजै भन्न सक्छ, नेपालको भौतिक पूर्वाधार विकासको बाधक नीति र नेतृत्व बीचको तालमेल अभाव सवैभन्दा ठूलो अवरोध हो । नीतिले समयमै काम हुने निर्देशन जारी गर्छ भने नेतृत्वले आफू अनुकुल र व्यक्तिगत लाभमा केन्द्रीत विकासका गतिविधिमा जोड दिइरहेको देखिन्छ । यसले गर्दा विकासका काम स्तरीय हुनेभन्दा झारो…