jhapaonline add

झापा, २२ जेठ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि आगामी जेठ २८ गते राति १२ बजेसम्म कायम गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेल को अध्यक्षतामा शुक्रबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको थियो । बैठकले पछिल्ला दिनहरूमा देशभर क्रियाशील सदस्यता अद्यावधिकको कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको निष्कर्ष निकाल्दै विभिन्न तहबाट समय अपुग भएको जानकारी प्राप्त भएकाले म्याद थप गर्ने निर्णय गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । समितिका अनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयबमोजिम क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि जेठ २८…

Read More

झापा, २२ जेठ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ९ट्रफ० तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली…

Read More

सिरहा, २१ जेठ । माध्यमिक शिक्षा परीक्षा ९एसईई०का क्रममा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ मोबाइल फोन र पाँच वटा स्मार्टवाच सिरहामा नष्ट गरिएको छ। गत चैतमा सम्पन्न एसईई परीक्षाका बेला जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात आइफोनसहित ४८९ एन्ड्रोइड मोबाइल र पाँच स्मार्टवाच बरामद गरिएको थियो। परीक्षा सञ्चालन निर्देशिकाविपरीत प्रयोग भएको भन्दै ती उपकरण नष्ट गरिएको हो। जिल्ला परीक्षा समन्वय समिति सिरहाले शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा उपसमिति गठन गरी बरामद सामग्री व्यवस्थापन तथा नष्ट गर्ने निर्णय गरेको थियो। उपसमिति संयोजक यादवका अनुसार मोबाइल र स्मार्टवाचलाई जिल्ला प्रहरी कार्यालयमा २४ घण्टासम्म पानीमा राखेर…

Read More

झापा, २१ जेठ । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर उत्कृष्ट रहेको देखाएको छ। काउन्सिलको ६९औँ चिकित्सक लाइसेन्स परीक्षामा समग्र उत्तीर्ण प्रतिशत ६६.९५ रहे पनि स्वदेशी मेडिकल कलेजबाट अध्ययन गरेका विद्यार्थीमध्ये ७६.७९ प्रतिशत उत्तीर्ण भएका छन्। काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको परीक्षामा दुई हजार २६३ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये एक हजार ५१५ जना उत्तीर्ण भएका छन्। एमबिबिएसतर्फ स्वदेशी मेडिकल कलेजबाट सहभागी एक हजार २५४ परीक्षार्थीमध्ये ९६३ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ। विदेशी मेडिकल कलेजमा अध्ययन गरेका नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत भने तुलनात्मक रूपमा कम…

Read More

झापा, २१ जेठ । नापी विभागले ‘मेरोकित्ता मोबाइल एप सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा ‘मेरोकित्ता मोबाइल एप सार्वजनिक गरिएको हो । उक्त एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवाहरू घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन् । एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ । आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन् । यस्तै, ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ ।…

Read More

झापा, २१ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले उद्योगी–व्यवसायीलाई आपत्–विपत्का बेला राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको ‘व्यवसायी सदस्य राहतकोष’मा संघका कोषाध्यक्ष तथा युवा व्यवसायी युवराज निरौलाले तेस्रो पटक आर्थिक सहयोग प्रदान गरेका छन्। आफ्नो जन्मदिनको अवसर पारेर निरौलाले राहतकोषमा ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन्। यसअघि पनि जन्मदिनकै अवसरमा दुई पटक सहयोग गरिसकेका उनले यस वर्ष समेत सोही रकम प्रदान गर्दै राहतकोषप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्। उद्योगी–व्यवसायीका दुःख, संकट तथा आकस्मिक परिस्थितिमा साथ दिने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले अध्यक्ष राजु न्यौपानेको नेतृत्वमा ‘व्यवसायी सदस्य राहतकोष’ स्थापना गरेको हो। कोषलाई दीर्घकालीन तथा प्रभावकारी बनाउने लक्ष्यसहित एक…

Read More

तोमनाथ उप्रेती मानव जीवन निरन्तर सिकाइ र परिवर्तनको यात्रा हो। यो यात्रा कहिल्यै स्थिर हुँदैन। यहाँ कहिले उज्यालो हुन्छ, कहिले अँध्यारो हुन्छ, कहिले सफलता आउँछ, कहिले असफलता। तर जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको अरूको सफलतालाई हामीले कसरी हेर्छौँ भन्ने हो। कसैको प्रगति देखेर जल्ने, तुलना गर्ने वा निराश हुने प्रवृत्ति कमजोर मानसिकताको संकेत हो। तर त्यसै सफलतालाई प्रेरणाको स्रोत बनाउने क्षमता भने सचेत, सकारात्मक र विकसित चेतनाको परिचायक हो। यही दृष्टिकोणले मानव जीवनलाई उज्यालो बाटोतर्फ डोर्याउँछ। मानिसको हृदय एउटा ऐना हो। त्यस ऐनामा ऊ कहिलेकाहीँ आफ्नै अनुहारभन्दा बढी अरूको उज्यालो देख्छ। कसैको सफलता, कसैको प्रशंसा, कसैको उचाइ यी सबै दृश्यहरू…

Read More

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन् । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शङ्करापुर नगरपालिका–६ नाङ्लेभारेका विदुर विश्वकर्माले घरायसी विवादमा आफ्नी ३३ वर्षीया श्रीमती सलिनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । आक्रमणमा उनका आठ वर्षका छोरा त्रिशल घाइते भएका छन् । उक्त घटना गएरातिको हो । हत्या अभियोगमा विश्वकर्मालाई पक्राउ गरिएको छ ।

Read More

झापा, २१ जेठ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि धेरैजसो विदेशी मुद्राको मूल्य बढेको थियो। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा थियो। यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै…

Read More

बाजुरा, २१ जेठ । बाजुरामा एक युवकको हत्या भएको छ । बुढीनन्दा नगरपालिका–६ को कोटिला निवासी स्थानीय ३२ वर्षीय निर रावतको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आपसी विवादका क्रममा गए राति १९ वर्षीय टेकेन्द्र रावतले निर रावतको हत्या गरेका हुन् । प्रहरीका अनुसार स्थानीय होटलमा मदिरा पिएपछि दुवै मातेका थिए । त्यसक्रममा उत्पन्न विवादले उग्र रुप लिँदा नीरको ज्यान गएको हो। टेकेन्द्रले प्रहार गरेको ढुङ्गाले लागेर नीरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपी टेकेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले टेकेन्द्रलाई…

Read More