
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २४ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको । बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने…
झापा, २३ चैत । झापाको दमक नगरपालिका–३ स्थित हम्से दुम्से सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन् । दमक–३ बेलडाँगी शिविर सेक्टर नं. सी २ हट नं. २०४ का ५४ वर्षीय तुलबहादुर बिष्ट मृत फेला परेका हुन् । गत बिहीबार घर नजिकै रहेको हुम्से दुम्से सामुदायिक वनमा बाख्रालाई घाँस काट्न भनेर विष्ट घरबाट हिँडेका थिए । हालसम्म घर फर्किएर नआएकाले आज बिहान आफन्त छरछिमेकीले खोजतलाश गर्ने क्रममा सामुदायिक वनमा उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले शव पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको छ भने घटनास्थलको प्रकृतिबाट जंगली हात्तीले आक्रमण गरी मारेको जस्तो…
झापा, २३ चैत । झापाको मेचीनगरबाट यात्रुहरुलाई तानातान गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान मेचीनगर नगरपालिका वडा नं.६ स्थित मेची भन्सार कार्यालय, बसपार्क तथा बजार क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विशेषगरी भारतको विभिन्न ठाउँबाट आ–आफ्नो काम विशेषले नेपाल प्रवेश गरी आउने यात्रुहरुलाई काँकरभिट्टा बजार क्षेत्र र अन्य ठाउँ समेतमा रहेको होटल, अस्पताल, धार्मिक क्षेत्र लगायत विभिन्न ठाउँमा सम्पर्क गराई दिन्छौँ भन्दै यात्रुहरुलाई तानातान गरी हैरानी दिएको अरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
झापा, २३ चैत । झापाको भद्रपुर नगरपालिका–४ स्थित डाँगीबारीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय झापाले गत चैत १ गतेदेखि शुरु गरेको ‘अपरेशन ब्राउन’ अन्तरगत आइतबार दिउँसो भद्रपुर–४ डाँगीबारीबाट ब्राउनसुगर २१८ ग्राम ५० मिलिग्राम र विभिन्न मुलुकको मुद्रासहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भद्रपुर–४ डाँगीबारीका बब्लु मर्डी र बिर्तामोड नगरपालिका–१ का अनमोल गजमेर रहेका छन् । ‘भद्रपुर–४ डॉगीबारीमा लागुऔषध ओसार पोसार तथा बिक्री वितरण भइरहेको छ’ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी…
झापा, २३ चैत । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै असरले देशका विभिन्न भागमा मौसम बदलीसँगै वर्षा र हिमपात हुने सम्भावना रहेको छ। अहिले सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू(भागमा सामान्यतया बादल लागेको अवस्था छ। तराईका अन्य क्षेत्रमा भने मौसम सफा देखिएको छ। गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। यस्तै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू(भागका केही स्थानमा पनि फाट्टफुट्ट पानी परिरहेको छ भने उच्च हिमाली भेगमा हिमपातको प्रक्रिया जारी छ। सोमबार दिनभर…
शिवसताक्षी, २२ चैत । झापाको शिवसताक्षी नगरपालिकामा आयोजित मेयर कप २०८२ अन्तर्गत फुटबलतर्फको उपाधि वडा नं. ८ ले जितेको छ। फाइनल खेलमा वडा नं. ८ ले वडा नं. १ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भएको हो। उपाधिसँगै वडा नं. ८ ले नगद ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. १ ले नगद ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। खेलको ‘म्यान अफ द म्याच’ वडा नं. ८ का अविनाश बस्नेत घोषित भए। उत्कृष्ट गोलरक्षक वडा नं. १ का संगम लावती, उत्कृष्ट मिडफिल्डर वडा नं. १ का…
भद्रपुर, २२ चैत । झापामा सञ्चालनमा रहेका अधिकाम्स संस्थागत विद्यालय राज्यले तय गरेको नीति नियम बाहिर रहेको उदाहरण गतवर्षबाटै अनिवार्य गरिएको सामाजिक सुरक्षा कार्यक्रमलाई पालना नगरेको घटनाले प्रमाणित गरिदिएको छ । सामाजिक सुरक्षा कार्यक्रममा गएकै वर्षभित्र अनिवार्य सहभागिता हुनु पर्ने नियम सरकारले श्रम तथा रोजगार मन्त्रालयमार्फत जारी गरे पनि झापामा सञ्चालनमा रहेका ३० प्रतिशतभन्दा कम विद्यालयले मात्र सो नियम पालना गरेको देखिनुले राज्यको नीति नियम नमान्ने संस्थागत विद्यालयको संख्या झापामा अधिक देखिएको हो । यो नीति पालना गर्न श्रम तथा रोजगार कार्यालय एवम् सामाजिक सुरक्षा कोषले पटक पटक ताकेता गरे पनि झापाका अधिकाम्स विद्यालय सञ्चालक अटेर गरिरहेको देखिन्छ । शैक्षिक…
इलाम, २२ चैत । सन्दकपुर गाउँपालिका–४ स्थित कालपोखरी क्षेत्रमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य चहलपहल देखिएको छ। तेस्रो ‘रेडपाण्डा महोत्सव’ सुरु भएसँगै नेपाल–भारत सीमावर्ती यस क्षेत्र पर्यटकको नयाँ केन्द्र बन्दै गएको हो। दुर्लभ वन्यजन्तु रेडपाण्डालाई नजिकबाट अवलोकन गर्ने चाहनाले तराईदेखि पहाड हुँदै पर्यटकहरू कालपोखरीसम्म पुगेका छन्। रेडपाण्डा प्रत्यक्ष हेर्ने अवसरसँगै यहाँको प्राकृतिक सौन्दर्यले पनि आगन्तुकलाई आकर्षित गरिरहेको छ। महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले नेपालमा करिब ५ सयको हाराहारीमा मात्र रेडपाण्डा रहेको उल्लेख गर्दै यसको संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको बताए। उनले यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनसँगै संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।…
झापा, २२ चैत । झापाको बिर्तामोड नगरपालिका–५ मा ‘गुफा रेष्ट्रो’ सञ्चालनमा आएको छ । दैनिक सयौं युवा धन र अध्ययनका लागि खाडीदेखि युरोपसम्मको यात्रा तय गरिरहेका छन् । तर, बिर्तामोड–५ का युवा मनोज अधिकारी स्वदेशमै केही गर्ने सोचका साथ होटल व्यवसायमा होमिएका छन् । “स्वदेशमै केही गर्नु पर्छ, आत्मनिर्भर बन्नुपर्छ भनेर गुफा रेष्ट्रो सञ्चालनमा ल्याएका छौं”, गुफा रेष्ट्रोका प्रबन्ध सञ्चालक अधिकारी भन्नुहुन्छ, “रेष्ट्रोमा नौ जना युवाले रोजगारी समेत पाएका छन् ।” बिर्तामोड–५ हर्कलाल मार्गदेखि केही पूर्व बुद्धनगर टोल रोड नम्बर १ मा करिब ६० लाख रुपैयाँको लागतमा गुफा रेष्ट्रो सञ्चालनमा दुबईमा होटलसम्बन्धी काम गरेर फर्किनुभएका अनुभवी सेफ रोजन राईले विशेषत…
झापा, २२ चैत । झापाको भद्रपुर नगरपालिका–५ स्थित नयाँ बजारबाट प्रहरी तीन जना युवालाई लागुऔषधसहित पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीहरुलाई शंका लागी चेकजाँच गर्दा बिर्तामोडका दुई र मोरङका एक जना युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले बिर्तामोड–८ गरामनीका २८ वर्षीय किरण श्रेष्ठ साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक २ ग्राम ०६० मिलिग्राम, अविशेक लिम्बुको साथबाट प्लाष्टिक बाहेक १ ग्राम १७० मिलिग्राम र मोरङ लेटाङ–५ बस्ने २५ वर्षीय सरोज थापाको साथबाट लागुऔषध ब्राउन सुगरजस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक…