
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, २८ असार । झापाको भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर पुस्तकालयको पुनःसञ्चालनका लागि अभियान शुरु गरिएको छ । जीर्ण अवस्थामा रहेको पुस्तकालय भवन पुनःनिर्माण गर्नुका साथै युग अनुकूलको पुस्तकालय बनाउने योजनासहित अभियान शुरु गरिएको हो । प्रेस क्लब भद्रपुरको पहलमा शनिबार भद्रपुर–८ स्थित डे–ग्लोमा भएको भद्रपुर पुस्तकालयको जीर्णोद्वार, पुनरूत्थान तथा सुसञ्चालनका लागि सार्वजनिक विमर्शका सहभागीले २००७ सालमा स्थापित भद्रपुर पुस्तकालय नगरको ऐतिहासिक धेरोहर रहेको बताउँदै त्यसको संरक्षण गर्नुका साथै युग सुहाउँदो पुस्तकालय सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । उक्त कार्यका लागि सेवा निवृत्त सहप्राध्यापक चिन्तामणि दाहालको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ । क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको भेलाले बढीमा नौ…
झापा, २८ असार । बाढी पूर्वानुमान महाशाखाले आज आइतबार देशका २३ जिल्ला र त्यसआसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले सम्बन्धित जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाले काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक सुन्तला रङ दिँदै आज बाढीको उच्च जोखिम रहेको जनाएको छ । आज पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना छ । बाढी महाशाखाले सचेत गराउँदै भनेको छ, ‘उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा…
झापा, २७ असार । पोखराको पर्यटकीय क्षेत्र सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१८ सेदीस्थित स्थानीय जीवन श्रेष्ठको घरमा सफ्टवेयर कम्पनी सञ्चालन गर्ने बहानामा कोठा भाडामा लिएर अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन भइरहेको सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले छापा मारेको थियो। पक्राउ पर्नेमा भारतका भुपा मानपुर निवासी ३४ वर्षीय सत्यम सिंहसहित २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिंह तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्र, २४ वर्षीय सत्यम राजपूत तथा दार्चुलाका ३१ वर्षीय दिनेश सिंह…
झापा, २७ असार । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी २१ वर्षीया सचिता परियार र खोटाङका ४१ वर्षीय निरोज राई रहेका छन् । प्रहरीका अनुसार कुनसाङले संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै एक जनाबाट रु दुई लाख सात हजार, धनबहादुरले जर्जिया पठाइदिने भन्दै रु दुई लाख ९५ हजार, उमेशले बेलारुस पठाइदिने भन्दै रु पाँच लाख, सचिताले रोमानिया पठाइदिने भन्दै रु एक लाख ५० हजार तथा निरोजले टर्की पठाइदिने भन्दै दुई…
झापा, २७ असार । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट लागूऔषध कारोबारमा संलग्न सात जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूको साथबाट ७ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर र स्पास्पेनका २५० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। झापाको भद्रपुर नगरपालिका–४ स्थित नर्सिङ बगान क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–८ का लखन वास्के तथा बिर्तामोड नगरपालिका–७ का राम किस्कु, सुफल मुर्मु र रमेश उप्रेतीलाई ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। उदयपुरमा प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले त्रियुगा नगरपालिका–६ मा लहानबाट गाईघाटतर्फ आउँदै गरेको को २० प ८२०२ नम्बरको मोटरसाइकल रोकी…
इलाम, २७ असार । केही वर्षअघिसम्म चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि मकै घरायसी उपभोगका लागि मात्र उत्पादन हुने बाली थियो। अहिले भने गाउँपालिकाको अनुदान, उन्नत बीउ र प्राविधिक सहयोग पाएपछि उहाँले आठ कट्ठा जमिनमा व्यावसायिक मकैखेती गर्दै आम्दानी गर्न थाल्नुभएको छ। “पहिला घरखर्चका लागि मात्रै मकै लगाउँथ्यौँ,” उहाँ भन्नुहुन्छ, “गाउँपालिकाले उन्नत जातको बीउ र प्राविधिक सहयोग गरेपछि व्यावसायिक खेती सुरु गरियो। अहिले उत्पादन पनि बढेको छ र आम्दानी पनि भइरहेको छ।” अशोक राईजस्तै चुलाचुली गाउँपालिकाका सयौँ किसान अहिले मकैखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। स्थानीय सरकारले सञ्चालन गरेको कृषि जोन कार्यक्रमले किसानलाई अनुदान, प्राविधिक सेवा र बजारसँग जोडिदिएपछि गाउँपालिकामा…
खोटाङ, २७ असार । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्य भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन् । तीलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने, श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए । अधिकारीको मृत्युपछि तीलकबहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए । उनकी श्रीमती र छोरीविरुद्ध मृतकका आफन्तले…
झापा, २७ असार । कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ७१ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागू औषध स्पास्मो ८ ट्याब्लेट, डाइसाइक्लोमाइन–५ बोतल, ३ थान मोटरसाइकल, २ थान कार र ३२८ किलोग्राम गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका–७ स्थित सप्तकोशी नदी किनारमा ८ वटा प्लास्टिकको पोकामा पानीमा तैरिरहेको अवस्थामा ३०८ किलोग्राम गाँजा बरामद गरेको छ । चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–१० का गणेश यादव र…
झापा, २७ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना…
भद्रपुर, २६ असार । झापाको भद्रपुर नगरपालिका–२ स्थित बीगाउँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खेतबारीमा काम गर्ने क्रममा बिहीबार हात्ती छेक्न जडान गरिएको विद्युतीय तारबाट करेन्ट लागेर स्थानीय ३६ वर्षीय सुरेश लिम्बू गम्भीर घाइते भएका थिए । घाइते लिम्बूको उपचारका लागि ओमसाई अस्पताल भद्रपुर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।