
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १२ बैशाख । झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरिएको छ । वैशाख ११ गते झापाको भद्रपुर नगरपालिका–५ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर–१० का राजुकुमार राजबंशी, अर्जुनधारा–८ का सलुन रसाइली र बिर्तामोड–३का पारस प्रसाईंलाई ९ ग्राम २३० मिलिग्राम, बिर्तामोड–४का रोहित शर्मा र दिपक श्रेष्ठलाई ६ ग्राम १७० मिलिग्राम, मेचीनगर–१० का गुलाम रसुल मियाँलाई ५०० मिलिग्राम, भद्रपुर–५ का कञ्चन राजवंशीलाई ५३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । त्यस्तै, प्रहरी चौकी जलथलले हल्दिबारी गाउँपालिका–३का प्रतीक तामाङ र प्रीतम तामाङलाई २५० मिलिग्राम ब्राउनसुगरसहित र प्रहरी चौकी धरमपुरले शिवसताक्षी–१ का सुदिप बिशुङ्खेलाई २१४…
झापा, १२ बैशाख । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराई भेगमा भने मौसम मुख्यतया सफा रहेको छ । ती प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने तथा तराई भेगमा आंशिक बदली रहनेछ । कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली…
कतार, ११ बैशाख । झापाली समाज कतारद्वारा प्रकाशित २०८३ सालको भित्तेपात्रो सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईंको प्रमुख आतिथ्यमा समाजले आज बैशाख ११ गते भित्तेपात्रो सार्वजनिक गरेको हो । कार्यक्रममा झापाली समाज कतारका पदाधिकारी तथा अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारी हरूबीच भेटघाटसँगै विचार आदानप्रदान गरियो । भित्तेपात्रोमा नेपाली चाडपर्व, महत्वपूर्ण तिथिमिति तथा झापाली समुदायसँग सम्बन्धित विविध जानकारी समेटिएको छ । भित्तेपात्रोको अनावरण गर्दै वक्ताहरूले यसले नेपाली कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । विदेशमा रहेर पनि नेपाली पहिचान जोगाइ राख्न यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको उनीहरूको भनाइ थियो ।…
झापा, ११ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पाण्डेलाई पक्राउ गरेको हो । ब्युरोको प्रमुख मनोज केसीले अनुसन्धानका लागि पाण्डेलाई कार्यालयमा ल्याइएको बताएका छन् । पूर्वमन्त्री समेत रहेका उनी निर्माण व्यवसायी हुन् । उनी २०७९ सालको निर्वाचनमा चितवन–३ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भएका थिए । सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको प्रकरणमा अनुसन्धानका लागि पाण्डेलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । पूर्व वनमन्त्री समेत रहेका पाण्डेविरूद्ध २०७५ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको…
झापा, ११ बैशाख । झापामा सार्वजनिक सवारी चालक तथा सहचालकहरूको लागुपदार्थ सेवन, मादक पदार्थ सेवन परीक्षण, स्वास्थ्य परीक्षण तथा सवारी यान्त्रिक चेकजाँच कार्यक्रम गरिएको छ । दमक नगरपालिका–४ ताराबारीमा दमक नगरपालिका र दमक अस्पतालको सहकार्यमा इलाका प्रहरी कार्यालय दमक, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड एवम् ट्राफिक कार्यालय दमकको संयुक्त आयोजनामा उक्त कार्य गरिएको हो । कार्यक्रममा ५४ जना चालक तथा सहचालकको परीक्षण गरिएको थियो । जसमध्ये ३ जना चालक तथा २ जना सहचालकले लागुपदार्थ सेवन गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । परीक्षणका क्रममा २ जनाले मादक पदार्थ सेवन गरेको समेत फेला…
झापा, ११ बैशाख । झापाको भद्रपुर नगरपालिका वडा नं. ४ बाट लागुऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ परेका छन् । आज बेलुका ४ बजेको भद्रपुर–४ डाँगीबारीबाट लागुऔषधसहित बिर्तामोड नगरपालिका–४ सुन्दरपुरका २१ वर्षीय रोहित शर्मा र सुकुम्बासी टोलका ४३ वर्षीय दिपक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदैँ गरेको पैदलयात्री उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउनसुगरजस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकसहित ६ ग्राम ४१० मिलिग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ६ ग्राम १७० मिलिग्राम) सहित नियन्त्रणमा लिइएको…
झापा, ११ बैशाख । झापाको विभिन्न तीन स्थानबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरिएको छ । बिहीबार भद्रपुरका दुई स्थान र झापा गाउँपालिकाको एक स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बिहीबार दिउँसो झापा गाउँपालिका–४ चौधरीटोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले भारततर्फबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री शिवसताक्षी नगरपालिका–११ का ३१ वर्षीय मदन मिश्रलाई शंका लागि चेकजाँच गर्दा उनको शर्टको कलरमा लुकाएर ल्याएको लागुऔषध ब्राउनसुगरजस्तो देखिने लिसाईलो खैरो पदार्थ ३ ग्राम ८९ मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको छ । त्यस्तै, बिहीबार साँझ ६ बजे भद्रपुर नगरपालिका–४ डाँगीबारीमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको संयुक्त टोलीले भारततर्फबाट…
झापा, ११ बैशाख । आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते…
झापा, ११ बैशाख । हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भागका केही, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेग, कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ । यसैगरी,…
बिर्तामोड, १० बैशाख । तमू ह्युल छोज धीं गुरुङ्ग समाज विर्तामोड नगर समितिको आयोजनामा ७ दिने (तमु) ‘गुरुङ्ग मातृभाषा’ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा सञ्चालित “तमु, गुरुङ्ग मातृभाषा शिक्षा प्रवर्द्धन तथा प्रशिक्षण कार्यक्रम” भव्य र उत्साहपूर्ण वातावरणमा आज विहिबार सम्पन्न भएको हो । गत बैशाख ४ गतेदेखि १० गतेसम्म बिर्तामोड–३ स्थित तमु सामुदायिक भवनमा सञ्चालन गरिएको उक्त कार्यक्रम आज एक विशेष समारोहका बीच समापन गरिएको हो । गत बैशाख ४ गते उक्त कार्यक्रमको उद्घाटन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष एवम् तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् अन्तर्गत संरक्षण…