
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १९ असार । झापाको मेचीनगर नगरपालिका–१४, दुवागढीमा शुक्रबार बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आज (२०८३ असार १९ गते) बिहान करिब १०ः४५ बजे स्थानीय चुडामणि गुरागाईंको एकतले टिनको छानो र काठको बेराले बनेको चार कोठे घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट घरभित्र रहेका सुन, चाँदी, नगद, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा लगायतका विभिन्न सामग्रीसहित घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनाबाट करिब रु. ४२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीयवासी, नेपाल प्रहरी तथा मेचीनगर नगरपालिकाका दुई वटा दमकलको सहयोगमा बिहान करिब ११ः४० बजे आगो…
झापा, १९ असार । कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो । बर्डफ्लुबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहतस्वरुप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो । निकासा भएको रकम पीडित किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले जानकारी दिनुभयो । बर्डफ्लु सङ्क्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब सात…
झापा, १९ असार । फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा आज भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक एक गोल गरे । खेलमा पहिलो अग्रता भने क्रोएसियाले लियो । खेलको ५३ औँ मिनेटमा इभान पेरिसिसचले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६८ औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा रामोसले गोल…
झापा, १९ असार । नेपाल आयल निगम लिमिटेडले उचित कारणबिना पेट्रोल पम्प बन्द गरी इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था लागू गरेको छ। निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै पेट्रोल पम्पले ‘नोजल ड्राई’ गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने व्यवस्था थपेको हो । नयाँ व्यवस्थाअनुसार यस्तो कसुर गर्ने पेट्रोल पम्प सञ्चालकलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै ५ दिनदेखि १५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गर्न सकिनेछ । यो निर्णय पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार निगमका डिपोबाट इन्धन नउठाउँदा देशभर इन्धन आपूर्ति असहज बनेपछि गरिएको हो ।…
तोमनाथ उप्रेतीसामाजिक सञ्जाल मानव इतिहासको सबैभन्दा ठूलो सञ्चार क्रान्ति हो। यसले ज्ञान, सूचना र विचारलाई केही सेकेन्डमै विश्वभर पुर्याउने क्षमता दिएको छ। यसले लोकतन्त्रलाई नयाँ आवाज दिएको छ। सामान्य नागरिकलाई पनि आफ्ना विचार सार्वजनिक गर्ने अवसर दिएको छ। तर कुनै पनि शक्तिशाली साधनजस्तै यसको दुरुपयोगले समाजमा गम्भीर संकट पनि जन्माएको छ। आज नेपालको सामाजिक वास्तविकतामा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम रहेन। यो भ्रम, घृणा, अश्लीलता, साइबर दुर्व्यवहार, पारिवारिक तनाव, मानसिक अशान्ति र सामाजिक विभाजनको एउटा शक्तिशाली माध्यम पनि बन्दै गएको छ। डिजिटल युगले प्रविधिको सुविधा त दियो, तर त्यही गतिमा डिजिटल नैतिकता विकास हुन सकेन। परिणामस्वरूप, सामाजिक सञ्जालले समाजका…
झापा, १९ असार । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५७ पैसा,…
झापा, १९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार देशका विभिन्न भू(भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जसअनुसार शुक्रबार बिहान देशभर साधारणतया बादल लागेको छ भने बागमती प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा समेत भएको छ । यस्तै, दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा वा हिमपात हुनसक्ने बताएको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ। यस्तै, शुक्रबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई…
झापा, १८ असार । करिब दुई महिनादेखि विभिन्न प्रशासनिक तथा प्राविधिक अवरोधका कारण ठप्पप्रायः बनेको नेपाली चियाको भारततर्फको निर्यात पुनः सुचारु भएको छ। काँकडभिट्टा नाका हुँदै नेपाली चिया बोकेका ट्रकहरू भारतीय बजारतर्फ जान थालेपछि चिया उद्योगी, किसान र व्यवसायीमा राहतको वातावरण बनेको छ। मेची भन्सार कार्यालयका अनुसार मंगलबार इलाम टी र समर भ्यालीका चिया बोकेका दुई ट्रक भारततर्फ प्रस्थान गरेका थिए। त्यसयता थप तीन ट्रक गरी पछिल्लो दुई दिनमा पाँच ट्रक चिया भारत निर्यात भइसकेको छ। मेची भन्सार कार्यालय काँकडभिट्टाका भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार हाल नाकाबाट चिया निर्यात पूर्ण रूपमा सहज भएको छ। भारतको नयाँ नीतिपछि सहज बन्यो निर्यातनिर्यात…
पाँचथर, १८ असार । पाँचथरको मिक्लाजुङ गाउँपालिका(६ स्थितबाट १ नाल भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १७ गते इलाका प्रहरी कार्याल खान्द्रुङ पाचँथरबाट गस्तिमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्र।१(०१(१४ प ६०४५ नम्बरको मोटरसाईकल चालक मिक्लाजुङ गाउँपालिका(५ का दिलबिर माखिम र पछाडी सवार मन कुमार माखिमलाई १ नाल खाली भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।
झापा, १८ असार । गते कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २ सय ५७ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर, ३७ किलोग्राम गाँजा, लागू औषध ट्याब्लेट ४६०, क्याप्सुल २० र १ थान मोटरसाइकल बरामद गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका- ६ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी गछियाबाट प्रहरी टोली खटिगई चेकचाँच गर्दा सोही स्थानका २१ बर्षीय सुमन लिम्बु र २३ बर्षीय युराज मगरलाई ३६ ग्राम ११ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय…