
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २६ असार । कप्तान किलियन एमबाप्पे र उस्मान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टनस्थित स्टेडियममा शुक्रबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स अन्तिम चारमा पुगेको हो। पहिलो हाफमा पेनाल्टीको अवसर सदुपयोग गर्न नसकेका एमबाप्पेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेलको ६०औँ मिनेटमा फ्रान्सलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि एमबाप्पेकै पासमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता २–० बनाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा फ्रान्स विजयी बन्यो। यससँगै फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। फ्रान्सले सन् २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने २०२२ मा उपविजेतामा…
झापा, २६ असार । आर्थिक वर्ष २०८२/८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले झन्डै ३३ अर्ब १७ करोड रुपैयाँ भुक्तानी गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारी भुक्तानीका लागि प्रयोग हुने ‘सूत्र’ प्रणाली बन्द हुनुअघि असार २५ गते कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरिएको हो। कार्यालयका अनुसार उक्त रकममध्ये चालु खर्चतर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ।
झापा, २६ असार । झापाको बाह्रदशी गाउँपालिका–४ स्थित जनविकास माध्यमिक विद्यालयले स्थापना भएको ७२ वर्षपछि पहिलोपटक जग्गादाता तथा संस्थापक सम्मान कार्यक्रम आयोजना गरेको छ। २०११ सालमा स्थापित विद्यालयले बिहीबार विशेष समारोहबीच जग्गादाता, संस्थापक तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको हो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष समिर मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाह्रदशी गाउँपालिका–४ का वडाध्यक्ष महताव आलम प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव पोख्रेलले विद्यालयको शैक्षिक सुधारबारे जानकारी दिँदै २०८० सालको एसईई परीक्षामा कुनै पनि विद्यार्थी उत्तीर्ण हुन नसकेको विद्यालयले २०८१ सालमा ५.२६ प्रतिशत र २०८२ सालमा २८.५७ प्रतिशत नतिजा हासिल गरेको बताउनुभयो। आगामी वर्ष एसईईमा ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने…
झापा, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा, मधेस प्रदेशका साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्ग…
झापा, २५ असार । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको छ । राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले आज सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने बताइएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि यस्तो व्यवस्था गर्न लागेको जनाएको छ ।
झापा, २५ असार । राष्ट्रिय सभाले आजको बैठकबाट सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ सहित ६ वटा विधेयक सर्वसम्मतिले पारित गरेको छ। पारित हुने अन्य विधेयकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३, आर्थिक विधेयक, २०८३ तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ रहेका छन्। बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा छलफल गराई समितिको प्रतिवेदनसहित तथा दुई वटा आश्रित विधेयक सभामै छलफल गरेर एकै दिन पारित गरी प्रतिनिधिसभामा पठाउन राष्ट्रिय सभा सफल भएको बताउनुभयो। उता, प्रतिनिधिसभाको आजको…
झापा, २५ असार । नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिममा सहभागी शिक्षार्थी अधिकृतहरूले अध्ययन भ्रमणका क्रममा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको स्थलगत अवलोकन गरेका छन् । नेपाली सैनिक वार कलेज, नगरकोटमा सञ्चालन भइरहेको १४औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिममा सहभागी महासेनानीहरूको टोलीलाई कोशी प्रदेश प्रहरी कार्यालयमा स्वागत गर्दै प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले कोशी प्रदेश प्रहरीको प्रशासनिक गतिविधि, अपराध अनुसन्धान, शान्ति सुरक्षा, प्रहरी कार्यसम्पादन, ट्राफिक व्यवस्थापन, विद्यमान सुरक्षा चुनौती, विपद् व्यवस्थापन, सूचना प्रविधिको प्रयोग, समुदाय–प्रहरी साझेदारी तथा सुरक्षा निकायहरूबीचको समन्वय, सहकार्य र असल अभ्यासबारे जानकारी गराएका थिए। कार्यक्रमका क्रममा सहभागी महासेनानीहरूले उठाएका विभिन्न जिज्ञासाको जवाफ दिँदै कोशी प्रदेश प्रहरी प्रमुख…
झापा, २५ असार । मनसुनको न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) बिस्तारै नेपालतर्फ नजिकिँदै जाने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार हाल देशभर मनसुनी वायूको प्रभाव छ । अनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि छ । बुलेटिनमा भनिएको छ, ‘आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना छ ।’ उक्त रेखा नेपालतर्फ नजिकिनु भनेको मनसुन थप सक्रिय हुनु हो । जसले गर्दा वर्षा हुने क्रम अझ बढ्नेछ ।
झापा, २५ असार । साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डले अन्तिम १६ को खेलमा जित हात पार्दै फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनल समीकरण पूरा गरेका छन्। अन्तिम १६ मा अर्जेन्टिनाले इजिप्टविरुद्ध ३–२ को रोमाञ्चक पुनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो। अर्को खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई निर्धारित समय र अतिरिक्त समयमा बराबरीपछि टाइब्रेकरमा ४–३ ले पराजित गर्दै ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पहिलो पटक ४८ टोलीको सहभागितामा आयोजना भएको विश्वकपबाट अन्तिम १६ चरण सकिँदा ४० टोली बाहिरिएका छन् भने अब आठ टोली उपाधि होडमा बाँकी रहेका छन्। तीन देशका १६ स्टेडियममा भइरहेको प्रतियोगिताको क्वार्टरफाइनल चरणका सबै खेल भने अमेरिकामै हुनेछन्।…
झापा, २५ असार । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्ने कार्यका कारण आज असार २५ र भोलि असार २६ गते (जुलाई ९ र १०) राहदानीसम्बन्धी सेवा बन्द रहने जनाएको छ। विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गरिने भएकाले यी दुई दिन नयाँ राहदानी आवेदन, नवीकरणलगायतका नियमित सेवा उपलब्ध हुने छैनन्। यसअघि पनि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण असार २५ र २६ गते सेवा अवरुद्ध हुने जानकारी गराएको थियो। यद्यपि, विभागमा तयार भइसकेका राहदानीको वितरण कार्य भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। मोबाइलमा राहदानी सङ्कलनका…