
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १७ साउन l कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ७ जना पक्राउ परेका छन्। झापाको कनकाई नगरपालिका–२ मा इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले भारतको बिहार राज्य, अररियाका २८ वर्षीय मो. एजवाल र २७ वर्षीय अझर अन्सारीलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १०२ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर, निटाजिन वर्गका ७ हजार ४५० ट्याब्लेट तथा ट्रामाडोल ७ हजार २०० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–१० आदर्श टोलबाट इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–१ निवासी २७ वर्षीय मिका खत्री र २७ वर्षीया बन्दना माखिमलाई ट्रामाडोल…
देवेन्द्र किशोर ढुङ्गाना देवानगञ्जमा गोली चल्योतर एउटा शरीर ढल्यो ,घाइते भए विश्वास,रगताम्य भए मनहरू,आँसुलेभिज्यो अनुहारहरु। पर्खालमा लेखिएका नाराहरूलेसोधिरहेका थिए—”किन भाइले भाइलाई चिन्न छाड्यो?”किन एउटा अफवाहलेदशकौँको छिमेकलाईएकै साँझ अपरिचित बनाइ दियो? हिजोसम्म एउटै इनारको पानी पिउनेहरू,एउटै खेतकोडिलमा हाँस्नेहरू,दिवालीको मिठाई र इदको सेवई साट्नेहरू,आज किनएकअर्काको नाममैडर खोज्न थाले? गोलीको आवाजभन्दा ठूलो थियोएउटी आमाको चिच्याहट,एउटा बालकको प्रश्न—”बुबा, अबहाम्रो घर पनि जल्छ?” उत्तर थिएन।थियो केवल धुवाँ,र खरानीमाथि उभिएको लोकतन्त्र। हे देवानगञ्ज!तिम्रो पीडाकुनै धर्मको होइन,यो हाम्रो साझा असफलताको ऐना हो।हिन्दूको आँसुकोरङ्ग पनि रातै हो,मुस्लिमको रगतकोरङ्ग पनि रातै हो।मानिसको मृत्युमाधर्मले शोककोसीमा कोर्दैन। जसले अफवाहकोआगो बाल्यो,उसले देशको मुटु जलायो।जसले राजनीति गर्नसमुदायलाई विभाजनको बारुद बनायो,उसले नेपालको भविष्यमाघाउ कोर्यो।…
झापा, १७ साउन । आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो। त्यसदिन १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ३ सय ४० रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३ सय १५…
झापा, १७ साउन । झापाको दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको गल्लीबाट प्रहरीले अवैध रूपमा ल्याइएका कपडासहित अटो बरामद गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी सहायक निरीक्षक ९प्रसनि० राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शनिबार साँझ करिब ५ः४५ बजे मे १ ह ७४०१ नम्बरको रातो अटोलाई शंकाको आधारमा रोक्न खोज्दा चालक अटो छाडेर फरार भएका थिए। प्रहरीले अटोको खानतलासी गर्दा अवैध रूपमा लुकाइछिपाइ ल्याइएका विभिन्न प्रकारका कपडा र साडी बरामद गरेको जनाएको छ। बरामद कपडाको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ भने अटोको मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान र…
झापा, १७ साउन । झापाको कनकाई नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा खैरो हेरोइन र नियन्त्रित लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार कन्काई नगरपालिका–२ मा लागुऔषध खरिद–बिक्री भइरहेको सूचनाका आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा निवासी २७ वर्षीय अझर अन्सारी र २८ वर्षीय महमद अहवाल रहेका छन्। प्रहरीले उनीहरूको साथबाट १०२ ग्राम खैरो हेरोइन, ७ हजार २०० क्याप्सुल नियन्त्रित लागुऔषध ट्रामाडोल, ७ हजार ४५० ट्याब्लेट नाइट्राभेट तथा २ थान मोबाइल फोन बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान…
मोरङ, १७ साउन । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका ३१ वटा पोकाबाट उक्त परिमाणको गाँजा शनिबार बरामद गरेको हो ।
इलाम, १७ साउन । एचकेआर प्रोडक्सन हाउसको आयोजनामा शनिबार दुई नयाँ म्युजिक भिडियोको औपचारिक विमोचन गरिएको छ। कार्यक्रममा ‘तिर्खाले खोली धाएको’ र ‘यो आँखाले’ बोलका दुई गीतका म्युजिक भिडियो सार्वजनिक गरिएको हो। विमोचन गरिएको ‘तिर्खाले खोली धाएको’ बोलको गीतमार्फत अंकिता अधिकारीले अभिनय क्षेत्रमा डेब्यु गरेकी छन्। डी।पी। खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत तथा सोनिया गोङ्गा र सन्तोष राईको स्वर रहेको उक्त गीतको भिडियोमा अधिकारीले पहिलोपटक अभिनय गरेकी हुन्। त्यस्तै, ‘यो आँखाले’ बोलको म्युजिक भिडियोमार्फत सिक्कुमा लिम्बूले पनि अभिनय यात्राको सुरुवात गरेकी छन्। दुवै म्युजिक भिडियोमा चर्चित कलाकार मुकेश गुरुङको अभिनय रहेको छ। कार्यक्रमका प्रमुख अतिथि सूर्योदय नगरपालिका–९ का वडाध्यक्ष…
बिर्तामोड, १७ साउन । नेपाल तमु (गुरुङ) विद्यार्थी सङ्घ केन्द्रीय समितिले ‘सुकुम्बासी तमु (गुरुङ) विद्यार्थी आर्थिक सहयोग अभियान’ अन्तर्गत सङ्कलन गरिएको १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। १५ दिनसम्म सञ्चालन गरिएको अभियानबाट सङ्कलित उक्त रकम शनिबार काठमाडौंको मित्रनगरस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिको सभाहलमा आयोजित विशेष कार्यक्रममा सुकुम्बासी गुरुङ विद्यार्थी विश्वनाथ गुरुङ र उहाँको परिवारलाई हस्तान्तरण गरिएको हो। कार्यक्रम नेपाल तमु (गुरुङ) विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष पवन गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिका अध्यक्ष धनमान गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै…
बिर्तामोड, १७ साउन । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आगलागीबाट प्रभावित आफ्ना शेयर सदस्यलाई राहत सामग्री उपलब्ध गराएको छ। बिर्तामोड नगरपालिका–५ डाँडागाउँमा बिहीबार बिहान भएको आगलागीबाट प्रभावित तीन जना शेयर सदस्यलाई संस्थाले शनिबार घरमै पुगेर राहत प्रदान गरेको हो। पीडित परिवारको दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए। संस्थाको इमरजेन्सी रेस्पोन्स सेन्टर ९ईआरसी० अन्तर्गत सन्तोषी सहारा महिला समूह नं। ३१६ का शेयर सदस्यहरू कृष्णकुमारी ढकाल, बिजुलीसरी राजवंशी र तारा राजवंशीलाई राहत उपलब्ध गराइएको बिर्तामोड अनुगमन अधिकृत घनश्याम रायले बताए। आपत्–विपद्को समयमा गरिब तथा विपन्न परिवारले…
बिर्तामोड, १७ साउन । नेपाल अडिटर्स एशोसिएसन झापा (अडान) को २१औँ स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरूले अडिट पेशाको बदलिँदो भूमिका, व्यवसायिक नैतिकता, विश्वसनीयता र गुणस्तरीय सेवाको आवश्यकतामा जोड दिएका छन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल अडिटर्स एशोसिएसनका केन्द्रीय उपाध्यक्ष बलराम चौधरीले अडिट व्यवसाय परम्परागत सीमाभन्दा धेरै अघि बढिसकेको बताए। उनले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई पेशाको वर्तमान अवस्था समीक्षा गर्दै आगामी दिशानिर्देशन तय गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे। उनले दर्तावाला लेखापरीक्षकको जिम्मेवारी वित्तीय विवरण परीक्षण गरी प्रतिवेदन तयार गर्नेमात्र नभई व्यवसायी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, सरकार र आमसमाजलाई आर्थिक…