jhapaonline add

झापा, ६ जेठ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०७ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७४ पैसा तथा…

Read More

शिवसताक्षी, ६ जेठ । झापाको शिवसताक्षी–११ स्थित दुधे रंगशालामा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमै पुर्वेली भेट्रानले शानदार प्रदर्शन गर्दै प्रकाशपुर भेट्रान लाई ५–१ गोल अन्तरले पराजित गरेको छ। खेलको सुरुदेखि नै आक्रामक बनेको पुर्वेली भेट्रानका खेम पोख्रेल नायक बने। उनले व्यक्तिगत चार गोल गर्दै टोलीलाई सहज जित दिलाए। खेमले ११औं, १६औं, २८औं र ५१औं मिनेटमा गोल गरेका थिए। टोलीका लागि अर्को गोल सन्तोष राई ले खेलको तेस्रो मिनेटमै गरेका थिए। प्रकाशपुर भेट्रानका तर्फबाट टीका कटुवाल ले १९औं मिनेटमा सान्त्वना गोल फर्काए। उत्कृष्ट प्रदर्शन गरेका खेम पोख्रेल खेलको ‘म्यान…

Read More

झापा, ६ जेठ । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण ९ल्याब टेस्ट० अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ । भारतको यो नीतिगत कडाइका कारण वार्षिक रु पाँचदेखि छ अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो सङ्कटमा परेको व्यवसायीहरूले बताएका छन् । नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गत वैशाख १८ गतेदेखि लागू हुने गरी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ जारी गरेको हो । नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ । “चिया निर्यातको यो मुख्य याम हो…

Read More

झापा, ६ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशलगायत बाँकी हिमाली र पहाडी…

Read More

बिर्तामोड, ५ जेठ । झापाको बिर्तामोड नगरपालिका–५ सयपत्री टोलस्थित एक घरबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ करिब ५ः३० बजे उक्त क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्क बाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । प्रहरीले रत्नकुमारी श्रेष्ठको घरमा खानतलासी गर्ने क्रममा घरधनीका छोरा २६ वर्षीय रोहित श्रेष्ठ र बिर्तामोड–३ निवासी २६ वर्षीय सुनिल दासलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट प्लास्टिकबाहेक ६ दशमलव ५ ग्राम लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, ५ जेठ । झापाको मेचीनगर नगरपालिका–५ शान्ति टोलस्थित निर्माणाधीन खानेपानी ट्याङ्कीमा काम गर्ने क्रममा एक मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–५ का ५२ वर्षीय दिननाथ पराजुली रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज मंगलबार दिउँसो करिब १२ः३० बजे निर्माणाधीन खानेपानी ट्याङ्कीको सेटरिङका लागि प्रयोग गरिएको बाँस खोल्ने क्रममा पराजुली अचानक ट्याङ्कीको तेस्रो तलाबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते पराजुलीलाई तत्काल उपचारका लागि बीएण्डसी हपस्पिटल बिर्तामोड लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाबारे अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली खटिएको थियो…

Read More

झापा, ५ जेठ । झापाको अर्जुनधारा नगरपालिका–८ कुशलचोकस्थित खुला चौरमा एक युवतीको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मृत्यु हुनेमा अर्जुनधारा–८ कुशलचोककी २९ वर्षीया काजल बस्नेत सुवेदी रहेकी छन् । घटनामा संलग्न भएको आरोपमा अर्जुनधारा–५ कञ्चनबाडीका २४ वर्षीय किरण गौतमलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार राति करिब ९ः१५ बजे एम्स सेकेन्डरी बोर्डिङ स्कूलको पश्चिमतर्फ रहेको खुला चौरमा दुवै जना मदिरा सेवन गरी बसेका बेला गौतम र सुवेदीबीच विवाद भएको थियो । सो क्रममा किरणले काजललाई धकेल्दा उनी चौरको बीच भागमा सीमाना छुट्याउन बनाइएको कङ्क्रिटको प्लममा ठोक्किन पुगेकी थिइन् । टाउकोमा गम्भीर…

Read More

झापा, ५ जेठ । झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान पौने १० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोड पाथीभरा टोलस्थितबाट बिर्तामोड नगरपालिका–१ का १९ वर्षीय अभिषेक राईलाई ब्राउन सुगर ११० मिलिग्राम, प्रतिबन्धित औषधी ४ ट्याब्लेटसहित पक्राउ गरेको थियो । त्यस्तै, सोमबार राति साँढे ९ बजे बिर्तामोड नगरपालिका–५ इन्द्रेणी टोलस्थितबाट ब्राउनसुगर १९० मिलिग्रामसहित कारोबारमा संलग्न सोही स्थानका ३५ वर्षीय हरसिंह राजवंशी, २१ वर्षीय राजु राजवंशी, बिर्तामोड नगरपालिका–६ का ४४ वर्षीय सन्तोष कुमार पराजुली र बिर्तामोड नगरपालिका–९ का २२ वर्षीय प्रशान्त खड्कालाई पक्राउ गरेको छ । त्यसैगरी,…

Read More

झापा, ५ जेठ । झापाको काँकरभिट्टाबाट डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । सोमवार साँझ ५ः१० बजे मेचीनगर –६ काँकरभिट्टास्थित भन्सार ढाँटमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर काँकरभिट्टावाट सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार तामाङको कमाण्ड तथा मेची भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका भारत पश्चिम बंगाल कोलकात्ता बस्ने वर्ष ३९ का परम पाठकलाई पक्राउ गरेको हो । उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट सुन ,अमेरिकी डलर,भारतीय रुपैयाँलगायत बरामद भएको हो । उनको साथबाट १ करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ बराबरको ५७०…

Read More

भद्रपुर, ५ जेठ । झापा जिल्ला अदालत मा ‘मिट द जज’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अदालतका माननीय प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलसँग अदालतका सेवाग्राही तथा सरोकारवालाले प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका थिए । कार्यक्रममा प्रमुख न्यायाधीश लुईटेलले अदालतबाट प्रवाह हुने सेवा कस्तो पाइएको छ भन्ने विषयमा सेवाग्राहीसँग जिज्ञासा राखेका थिए । सो क्रममा सहभागी सेवाग्राहीले अदालतको सेवा प्रवाह, कर्मचारीको व्यवहार, उपलब्ध सेवा सुविधा तथा कार्यसम्पादनका विषयमा आफ्ना धारणा र प्रतिक्रिया व्यक्त गरेका थिए । अदालतका श्रेस्तेदार डिल्लीराम प्रसाईले अदालतबाट प्रदान गरिने सेवा, कर्मचारीको व्यवहार, सेवा प्रवाहमा पक्षपात वा अनियमितता भए–नभएको विषयमा सेवाग्राहीसँग न्यायाधीशको प्रत्यक्ष संवाद गराइएको जानकारी दिए ।…

Read More