
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
इलाम, १५ भदौ । इलामको रोङ गाउँपालिकाले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ८ लाख ४९ हजार १६६ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बाढीबाट ठूलो जनधनको क्षति भई प्रभावित परिवारहरू कठिन परिस्थितिमा रहेका बेला गाउँपालिकाले स्थानीय तहका तर्फबाट पीडितको साथमा उभिँदै उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। गाउँपालिकाका अनुसार भदौ ११ गते बसेको आकस्मिक कार्यपालिका बैठकले रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले एकमुष्ट ८ लाख ४९ हजार १६६ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। विपद्को कठिन परिस्थितिमा पीडित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्नु स्थानीय तहको सामाजिक दायित्वसमेत भएकाले सहयोग…
निशान निरौलाइलाम, १५ भदौ । सूर्योदय नगरपालिकाले नगर क्षेत्रलाई सफा, स्वच्छ तथा प्लास्टिकमुक्त बनाउने अभियानलाई प्रभावकारी बनाउन फोहोरमैला व्यवस्थापनसम्बन्धी नियममा कडाइ गरेको छ। नगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम नगर क्षेत्रभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलाको आयात, भण्डारण तथा बिक्री–वितरणमा पूर्ण रोक लगाएको जनाएको छ। नगरपालिकाले व्यापारीहरूलाई सामान बिक्री गर्दा पातला प्लास्टिकका झोलाको विकल्पमा कपडा वा कागजका झोला प्रयोग गर्न निर्देशन दिएको छ। नगरपालिकाका अनुसार अब बजार तथा टोलमा फोहोर संकलन गर्ने गाडी आएपछि मात्रै घर वा पसलको फोहोर उक्त गाडीमा हाल्नुपर्नेछ। फोहोर संकलन गर्ने गाडी आउनुअघि सडक, पेटी, चोक वा अन्य सार्वजनिक स्थानमा फोहोर थुपार्न तथा जथाभावी फाल्न प्रतिबन्ध…
भद्रपुर, १५ भदौ । भोटेकोशी बाढीपीडितलाई राहत दिन लागि रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठान भद्रपुरले आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानले बाढीपीडितको सहयोगार्थ एक लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले प्रधानमन्त्री विपद् राहत कोषमा रकम जम्मा गरिसकिएको बताउनुभयो । भोटेकोशीले निम्त्याएको महाविपत्तिले देश नै शोकमा डुबेको बताउनुहुँदै उहाँले पीडितको पीडामा थोरै भए पनि महलमपट्टि गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।
झापा, १५ भदौ । झापामा सशस्त्र प्रहरी बल, नेपालले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको हुक्कामा प्रयोग हुने फ्लेवरसहित भारतीय भ्यान बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार भदौ १४ गते बिहान ७ः१० बजे बुद्धशान्ति गाउँपालिका–५ स्थित बहुवन सामुदायिक वनको भित्री सडकखण्डमा भारतबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा उक्त सामान बरामद गरिएको हो। भुटानी शरणार्थी शिविर सुरक्षा बेस हटलाइनबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुरेन्द्र ठाकुरको कमान्डमा खटिएको १० जनाको गाडी मोबाइल टोलीले विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा ध्द्य ठद्धक् घघटछ नम्बरको भारतीय भ्यानमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको हुक्कामा प्रयोग हुने फ्लेवरका ८ कार्टुन फेला पारेको थियो। सुरक्षा टोलीलाई देखेपछि…
बिर्तामोड, १५ भदौ । वैदेशिक रोजगार व्यवसायी संघ झापाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि ४ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । झापाका म्यानपावर व्यवसायीहरूले स्वेच्छिक रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने संघले जनाएको छ । संघले सोमबार बिर्तामोडमा आयोजना गरेको संक्षिप्त कार्यक्रममा सहयोग रकम घोषणा गरेको हो । कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संघको परोपकारी कार्यको प्रशंसा गर्नुभयो। उहाँले संघले यसअघि पनि विभिन्न विपद्का समयमा सहयोग गर्दै आएको बताउनुभयो ।…
उदयपुर, १५ भदौ । इलाका प्रहरी कार्यालय कटारी, उदयपुरले ठूलो परिमाणमा लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले १ हजार १ सय २२ किलो ग्राम गाँजा र बा.१६ च ५२६९ नम्बरको बोलेरो बरामद गरेको हो । भदौ १५ गते बिहान कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन क्षेत्रमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वन क्षेत्रमा खोजतलास गरेको थियो। सो क्रममा बोलेरोसहित जंगलका विभिन्न स्थानमा ५२ वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । गाँजा बरामद भएपछि ओसारपसारमा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ का ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर…
बुद्धशान्ति, १५ भदौ । झापाको बुद्धशान्ति गाउँपालिका–१ ले युवा खेलाडीलाई फुटबल प्रशिक्षण प्रदान गर्न वडामा क्रियाशील तीनवटा क्लबसँग सम्झौता गरेको छ। युवा खेलाडीलाई नियमित र व्यवस्थित प्रशिक्षण गराउने उद्देश्यले न्यू स्टार यूथ क्लब भोटेटार, होक्से युवा क्लब र आदर्श क्लब बुधबारेसँग वडाले सम्झौता गरेको हो। सम्झौताअनुसार तीनवटै क्लबले फुटबल प्रशिक्षणका लागि अनिवार्य रूपमा प्रशिक्षक नियुक्त गर्नुपर्नेछ। सम्झौतामा न्यू स्टार यूथ क्लब भोटेटारका अध्यक्ष एकराज भुजेल, होक्से युवा क्लबका अध्यक्ष आशिष बराल र आदर्श क्लब बुधबारेका अध्यक्ष दीपक लिम्बूले हस्ताक्षर गर्नुभयो। वडाको तर्फबाट वडा सचिव लोकमाया वानियाले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। कार्यक्रममा एन्फा रेफ्री लोकराज अधिकारी, खेलकुद विकास समिति अध्यक्ष बालकुमार…
सन्तोष शर्माझापा, १५ भदौ । विगत केही महिनादेखि झापासहित देशभर खाना पकाउने ग्यासको अभाव छ । पछिल्लो समय ग्यास अभाव केही न्यून भए पनि सहज भनेको भएको छ । अहिले पनि सर्वसाधारण ग्यासका लागि घण्टौं लाइनमा बस्न बाध्य छन् । घण्टौं लाइनमा बस्दा पनि केहीले रित्तो सिलिण्डर लिएर फर्किनुपर्ने अवस्था छ । पूर्वी नाकाका काँकरभिट्टाबाट गत २०८३ साउनमा मात्रै ४ लाख २० किलोग्राम ग्यास आयात भएको छ । अघिल्लो वर्ष अर्थात् २०८२ साउनमा २ लाख ३०६ किलोग्राम ग्यास आयात भएको थियो । आयातको तथ्यांकलाई हेर्दा गत वर्षभन्दा १ लाख ९९ हजार ७१४ किलोग्राम ग्यास बढी आयात भएको छ । गत…
झापा, १५ भदौ । देशभर हाल साधारणतया बदली रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही तथा बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान तथा मधेस र कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन र…
इलाम, १५ भदौ । लामो समयदेखि निर्माण तथा पुनर्स्थापनाको काम भइरहेको मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड साना सवारी साधनका लागि खुला गरिएको छ। सडक डिभिजन कार्यालय इलामका अनुसार भदौ १५ गते बिहानदेखि उक्त खण्डमा साना सवारी साधनलाई आवतजावत गर्न दिइएको हो। सडक अवरुद्ध हुँदा लामो समयदेखि यात्रु तथा स्थानीयवासीले आवतजावतमा सास्ती व्यहोर्दै आएका थिए। यद्यपि, राजदुवाली खण्डको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छैन। नाली निर्माण, टेवा पर्खाल निर्माण तथा डिवाटरिङ वेल ९म्भधबतभचष्लन ध्भिि० निर्माणलगायतका काम बाँकी रहेकाले हाललाई ठूला तथा मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बाँकी निर्माण कार्य सम्पन्न भएपछि मात्रै…