jhapaonline add

झापा, २७ माघ । नेपालको डिजिटल पूर्वाधार सुधारका लागि विश्व बैंकले ५ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ। विश्व बैंकले स्वीकृत गरेको नेपाल डिजिटल रूपान्तरण परियोजना अन्तर्गत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, सामाजिक दर्ता प्रणाली, सुरक्षित सरकारी डेटा एक्सचेन्ज, डिजिटल लकर, डिजिटल वालेट, इलेक्ट्रोनिक हस्ताक्षर तथा साइबर सुरक्षामा लगानी हुनेछ। परियोजनाले सरकारी सेवाको डिजिटलीकरण, निजी क्षेत्रको लगानी प्रोत्साहन, कानुनी तथा नियामकीय सुधार, सार्वजनिक दक्षता र असल शासनमा योगदान गर्ने अपेक्षा गरिएको छ।

Read More

झापा, २७ माघ । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गएराति करेन्ट लागेर मजदुरको मृत्यु भएको छ । यहाँस्थित ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजिव राजबंशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । उद्योगको मिक्चर मेसिन सफा गर्ने क्रममा मिक्चर मेसिनमा हिल्टी हान्दा करेन्ट सर्ट भएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पु¥याइएको र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ भने घटनाबारे…

Read More

बिर्तामोड, २७ माघ । बिर्तामोड-वर्षौंदेखि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती झेल्दै आएका बिर्तामोडस्थित हर्कलाल मार्गका बासिन्दाले बल्ल शान्तिको सास फेर्न पाएका छन् । बिर्तामोडको मुक्तिचोक-भद्रपुर सडकको वैकल्पिक मार्गका रूपमा रहेको यो सडक कालोपत्रे भएसँगै यस क्षेत्रको मुहार फेरिएको छ भने स्थानीयको दैनिक जीवनमा समेत उत्साह छाएको छ । बिहानदेखि बेलुकासम्म उड्ने धुलोले घरभित्रका सिरकसम्म पुरिने सास्ती भोगेका स्थानीयले अहिलेको अवस्थालाई ‘स्वर्गको अनुभव’ भन्दै खुसी व्यक्त गरेका छन् । बिर्तामोडस्थित बीएण्डसी हस्पिटल पूर्व देउराली होटलदेखि दक्षिण भद्रपुर मार्ग जोड्ने यो सडकको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ८ करोड ७२ लाख रुपैयाँ लागतमा ड्रेनसहित ४.१ किलोमिटर…

Read More

प्रकाश पाठकनेपाल बहुभाषिक, बहुसांस्कृतिक देश रहेको कुरामा कुनै दुविधा रहेन । नेपालको संविधान २०७२ को धारा ६ र ७ मा प्रचलित सबै मातृभाषा, राष्ट्रभाषा तथा कामकाजको भाषाको बारेमा उल्लेख गरेको पाइन्छ । तर यो कुरा गर्वका साथ लेखिरहँदा आजकाल अधिकांश नेवार्नी भाउजूलाई नेवारी आउँदैन, राई दाईलाई साकेला आउँदैन, अब झन् नेपाली भाषाको त के कुरा गर्नु ! दुःखका साथ भन्नु पर्छ वर्तमान र भविष्यका परिवर्तनका सम्वाहकहरुलाई नेपाली भाषामा एकदेखि सयसम्म उच्चारण गर्दा निकै कमले मात्र पचाससम्म पु¥याउँछन् । भाषाको ईतिहास पल्टाएर हेर्दा ठ्याक्कै यही मितिबाट सुरु भयो भन्ने यकिन वैज्ञानिक आधार नदेखिए पनि मानव विकासको क्रमसँगै भाषाको विकास तथा उत्थान…

Read More

समिता आचार्यभद्रपुर, २७ माघ । झापामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप धमाधम लगाइँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत माघ २५ गतेदेखि शुरु भएको खोप अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । खोप अभियान अन्तरगत जिल्लाका १५ वटा पालिकाका सामुदायिक विद्यालयका कक्षा–६ मा अध्ययनरत छात्रा १० हजार एक सय ५२, सामुदायिक, संस्थागत विद्यालय बाहेकका विद्यालयमा अध्ययनरत १० वर्षसम्मका तीन सय ३० र विद्यालय नजाने १० वर्षसम्मका सात सय गरी ११ हजार एक सय ८२ जना बालिकालाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिनुभयो । झापाको मेचीनगर नगरपालिकामा एक हजार तीन सय ५६, बुद्धशान्ति…

Read More

झापा, २७ माघ । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।

Read More

झापा, २७ माघ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराई…

Read More

झापा, २६ माघ । झापा जिल्लाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा बाघले खोरभित्र पसी बाख्रा आक्रमण गरी मारेको छ । माघ २५ गते राति करिब ११ः०० बजे स्थानीय वीरबहादुर राईको खोरमा बाँधि राखिएका दुई वटा ब्याउने बाख्रा बाघले आक्रमण गरी मारेको हो । दुर्घटनामा करिब रु. ४०,००० बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । स्थानीयबासीले राति बाघको आक्रमणपछि त्रास फैलिएको बताएका छन् । यस घटनाले गाउँमा पशुधन सुरक्षाबारे चिन्ता बढाएको छ ।

Read More

बिर्तामोड, २६ माघ । झापाको बुद्धशान्ति गाउँपालिका–२ इन्द्रेणी चोकस्थित भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को व्यक्ति घाइते भएका छन् । माघ २४ गते साँझ करिब ८ः३० बजे बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१–०१–०१७ प ३५१४ नम्बरको मोटरसाइकलले बाटोमा रोकी राखिएको मे १ त ७७६७ नम्बरको ट्र्याक्टरको पछाडिको डालामा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ निवासी ३५ वर्षीय प्रबिण आङ्देम्बे गम्भीर घाइते भई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा माघ २६ गते दिउँसो करिब २ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव…

Read More

भद्रपुर, २६ माघ । भद्रपुर क्रिकेट क्लवको आयोजनामा झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह बी अन्तर्गत आज भएका दुई खेलमा भारतको लखनउ र नेपालको डडेल्धुराले जीतका साथ आफ्नो एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । यी दुबै टिमले आफ्नो पहिलो खेल जितेका थिए । हिजो भएको पहिलो खेलमा लखनउले पोखरालाई पराजित गरेको थियो भने दोस्रो खेलमा डडेल्धुराले भारतको सिक्किमलाई हराएको थियो । आज पहिलो खेल पोखरा र डडेल्धुराबीच भएको थियो । खेलमा पहिलो ब्याटिङ गरेको पोखराले १७.४ ओभरमा सबै विकेट गुमाएर ८५ रनको सामान्य स्कोर खडा…

Read More