jhapaonline add

झापा, २५ मंसिर । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी जवान विजय खड्कामाथि कुटपिटमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिका–३, पश्चिम स्टेन नजिकबाट कुटपिटमा संलग्न रहेका युवा ताप्लेजुङ, फक्तालुङ गाउँपालिका–१ खेजेडिनका २७ वर्षीय जिते शेर्पालाई पक्राउ गरेको हो । प्रहरीले उनलाई बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इप्रका अनारमनीबाट खटिएको सादा पोसाकको संयुक्त टोलीले पक्राउ गरेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको बताइएको छ ।

Read More

झापा, २५ मंसिर । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ । विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर व्याख्या गरेका छन् । यसले आर्थिक स्थिरता र समाजमा वृद्ध व्यक्तिहरूको सक्रिय सहभागितालाई देखाउँछ । १५ वर्षभन्दा माथिका कुल रोजगारी वर्षैपिच्छे ०.८ प्रतिशतले बढेर दुई करोड ९० लाख ४६ हजार पुगेको छ, जसअन्तर्गत ६० वर्षभन्दा माथिका व्यक्तिहरूका रोजगारी मात्र तीन लाख ३३ हजारले बढेका छन्, तर १५–२९ वर्ष उमेर समूहमा एक लाख ७७ हजार र ४० को दशकमा ९ हजारले रोजगारी घटेको छ । स्वास्थ्य तथा सामाजिक सेवा, व्यवसाय व्यवस्थापन, खेलकुद तथा मनोरञ्जन क्षेत्रमा…

Read More

झापा, २५ मंसिर । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Read More

झापा, २५ मंसिर । झापा जिल्लाको भद्रपुर नगरपालिका–५ मेचीपुल क्षेत्रमा बुधबार साँझ प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको मे १० प ६७८० नम्बरको मोसालाई चेकजाँच गर्दा लागुऔषध फेला पारेको थियो । सो मोटरसाइकलका चालक भारत दार्जिलिङ श्यामधनजोते बद्राजोतेका ६१ वर्षीय गोपाल बैधलाई प्रहरीले पक्राउ गरेको हो । बैधले लगाएको हापपेन्टको गोजीमा प्लास्टिकको पोका पारी लुकाइ ल्याएको ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ बरामद गरिएको छ । बरामद पदार्थको तौल गर्दा ४ ग्राम १७० मिलिग्राम प्लास्टिक बाहेक ३ ग्राम ७३० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय झापाले…

Read More

झापा, २५ मंसिर । झापा जिल्लाको कन्काई नगरपालिका–८, खाडी बस्तीस्थित भित्री सडक खण्डमा मंसिर २२ गते साँझ तीन सवारी साधन आपसमा ठोक्किँदा घाइते भएका एक युवकको मृत्यु भएको छ । दुर्घटनामा मे ९ प ४६९१ नं.को मोटरसाइकल, प्र १–०१–०१२ प ८५६५ नं. को मोटरसाइकल र प्र १–०१–००१ ह ९७६० नं.को अटो एकआपसमा ठोक्किएका थिए । सो क्रममा मोटरसाइकल (४६९१ नं.) मा पछाडि सवार बाह्रदशी गाउँपालिका–३ निवासी २४ वर्षीय विकास राजवंशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुर्‍याइएको थियो । उपचारका क्रममा मंसिर २४ गते बुधबार राजबंशीको मृत्यु भएको अस्पतालले जनाएको छ । घटनापछि इलाका प्रहरी…

Read More

झापा, २४ मङ्सिर ।  भदौ २३–२४ मा भएको ‘जेनजी’ जनआन्दोलनका माग सम्बोधन गर्न नेपाल सरकार र आन्दोलनकारीबीच १० बुँदे विस्तृत सम्झौता भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा हस्ताक्षर भएको कार्यक्रममा केही जेनजीहरूले विरोध जनाए पनि सम्झौता औपचारिक रूपमा पारित भएको हो। मुख्य सहमति बुँदाहरू: सहिद घोषणा: आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, शिक्षा र रोजगारीको ग्यारेन्टी। स्मारक निर्माण: सहिदहरूको सम्मानमा पार्क वा स्मारक निर्माण। छानबिन आयोग: दमन र मानवअधिकार उल्लङ्घन छानबिन गर्न उच्चस्तरीय आयोग गठन, दोषीलाई कारबाही। निर्वाचन सुधार: मतपत्रमा ‘नो भोट’ विकल्प, विदेशबाट मतदानको व्यवस्था, उम्मेदवार बन्ने उमेर २१ वर्ष। कार्यकाल सीमा: प्रधानमन्त्री, मन्त्री वा कार्यकारी पदमा अधिकतम…

Read More

सन्तोष शर्माझापा, २४ मङ्सिर । पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको छ । झापाको बिर्तामोडमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला संघर्ष समिति र संघीय लिम्बुवान पार्टीबीच एकता भएको हो । एकतापछि पार्टीको नाम ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ भएको छ । पार्टी एकता घोषणासँगै चारवटै पार्टीका नेतृत्वले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालका तर्फबाट पार्टी अध्यक्ष राजेन्द्र महतो, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर)का पार्टी नेता सञ्जुहाङ पाङ्लुवा, कोचिला संघर्ष समितिका तर्फबाट पार्टी संयोजक त्रिनारायण राजवंशी र संघीय लिम्बुवान पार्टी नेपालका तर्फबाट अध्यक्ष मित्र लिङ्देनले तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको…

Read More

झापा, २४ मंसिर । केही समय रोकिएको यूएईको श्रम तथा भिजिट भिसा पुनः सुचारु भएको छ। तर, भिसा खुलेसँगै नेपाली कामदार र भ्रमणमा जानेहरूलाई ‘पुलिस रिपोर्ट’ प्रमाणीकरणको नाममा करिब १४ हजार रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने नयाँ नियम लागू गरिएको छ। वैदेशिक रोजगार व्यवसायीका अनुसार नेपाल प्रहरीले जारी गर्ने चारित्रिक प्रमाणपत्र परराष्ट्र मन्त्रालय र भिएफएसमार्फत प्रमाणीकरण गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। यसले निम्न वर्गीय कामदारलाई थप आर्थिक बोझ पारेको भन्दै ‘गरिब मारा’ व्यवस्था भएको आलोचना गरिएको छ। स्रोतका अनुसार, भीएफएसमार्फत हुने प्रमाणीकरण प्रक्रियामा ठूलो रकमको चलखेल भएको आशंका छ। रिपोर्टको म्याद मात्र ३ महिनाको हुने भएकाले भिसा ढिलो भएमा पुनः नयाँ…

Read More

शिवसताक्षी, २४ मंसिर । महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण तथा लैंगिक समानताको प्रवर्द्धनका उद्देश्यसहित सञ्चालन गरिएको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान शिवसताक्षी नगरपालिकामा विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ। गत नोभेम्बर २५ मा वडा नं. ३ पाराबारीबाट सुरु गरिएको अभियानको आज शिवसताक्षी–१० माइधारमा विशेष समारोहमार्फत समापन गरिएको हो। समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मेगाहाङ थोप्राले राजनीतिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सबै क्षेत्रमा विद्यमान लैंगिक विभेदलाई अन्त्य गर्न सबैले आफ्नो घर–परिवारदेखि नै परिवर्तनको अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो। “समयसँगै सोच बदल्न सके मात्र हिंसामुक्त समाजको निर्माण सम्भव छ, त्यसका लागि नगरपालिका प्रत्येक वर्ष निरन्तर अभियान चलाउँदै आएको छ,” उहाँले भन्नुभयो। कार्यक्रममा…

Read More

झापा, २४ मंसिर । ‘मानव अधिकार, जीवनको अपरिहार्य आधार’ भन्ने मुल नारालाई आत्मसात गदै ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस झापामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । मानव अधिकार सञ्जाल झापाको आयोजना सुरुवाती कोठा नेपाल, एम्नेस्टि इन्टरनेशनल, एसएन जेडी, मानव अधिकार प्रतिष्ठन लगायतका संस्थाको सहकार्यमा झापाको मुक्तिचोकमा प्रभातफेरी तथा मानव अधिकारको सम्बर्द्धन तथा पर्वद्धनमा सरोकार वालाको भुमिका विषयक अन्तरक्रिया गरेर मनाइएको हो । प्रभातफेरीमा संघ सस्थाको प्रतिनिधि स्वरुप एबिसि नेपालकी कञ्चना सिटौला, एम्नेस्टि इन्टरनेशनलका प्रतिनिधि सुरेशकुमार भद्रपुरे, हुर्फनका जिल्ला अध्यक्ष तोया काफ्ले, पत्रकार रेजिना रोदन लगायतले मन्तव्य राखेका थिए । प्रभातफेरी पश्चात अन्तरक्रिया कार्यक्रममा इन्सेकका जिल्ला स्रोत व्यक्ति अधिवक्ता नरेश…

Read More