
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १५ कात्तिक । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का…
जन्म : २०१९ साल असार १९ गते, तोस्राम खोला बस्ती (सिन्धुली) ।पिता–माता : रामप्रसाद ढुंगाना र तुलसादेवी ढुंगाना ।स्थायी मुकाम : क्याम्पस मोड, भद्रपुर नपा.–८ (झापा)विवाह : २०६० सालमा कोपहवा (कपिलवस्तु) निवासी शोभाकर पाण्डे र थानकुमारी पाण्डेकी सुपुत्री मीना पाण्डेसँग । कविता–यात्रा :वि.स.२०३५ देखि ‘गरिमा’, ‘मधुपर्क’, ‘रूपरेखा’, ‘भानु’, दुबो, जुही, ‘रचना’, ‘अभिव्यक्ति’, ‘समष्टि’, ‘बगर’, ‘मिर्मिरे’, ‘झंकार’, ‘आलेख’, ‘शिवपुरी सन्देश’, ‘आधारशिला’, तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने ‘कविता’ आदि साहित्यिक पत्रिकाहरूका साथै ‘गोरखापत्र’, ‘कान्तिपुर’, ‘हिमाल खबर’, ‘पूर्वाञ्चल’ पत्रिका तथा डिजिटल पोर्टल ‘रातोपाटी’, ‘सेतोपाटी,’ ‘साहित्य पोष्ट’, ‘घटना र विचार’, ‘झापा अन्लाइन’ लगायतमा सयौं रचना प्रकाशित । पत्रकारिता–यात्रा :साहित्यिक फाँटमा सानै उमेरदेखि…
झापा, १४ कात्तिक । झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछी बजारमा शुक्रबार राति आगलागी हुँदा रू एक करोड २० लाख बराबरको क्षति भएको छ । आगलागीबाट स्थानीय राजेन्द्र ढकालको दुई तले घर र तीन कोठे टहरा जलेर पूर्ण रुपमा नष्ट हुँदा रू एक करोड २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिनुभयो । विद्युत् सर्ट भई शुक्रबार राति १० बजे ढकालको घरमा आगलागी भएको उहाँले बताउनुभयो । विद्युत् सर्ट भई आगलगी हुँदा ढकालको घर र घरभित्र रहेको सुन, चाँदी, नगद पैसा, लात्ताकपडा, भाडा वर्तन गरी रू ७० लाख, टहरामा चन्द्रप्रसाद नायकले सञ्चालन गरेको राहुल खुद्रा…
झापा, १४ कात्तिक । गोप्य सूचनाको आधारमा झापाको बिर्तामोडमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर ९ जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२ साल कात्तिक १४ गते राति अन्दाजी ००:४५ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका–४, पश्चिम बसपार्क छेउमा डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका–४ का २९ वर्षीय राज कुमार साहको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीसहित अन्य ८ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट नगद रु ७५,६०० (पचहत्तर हजार छ सय) र तासका ७ बुङ सिलप्याक तथा १ बुङ खोलिएको तास बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको विवरण यसप्रकार छ:रतन राजवंशी, ३८ वर्ष, बिर्तामोड न.पा–२किशोर पराजुली, २६…
अर्जुनधारा, १४ कात्तिक । गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण विस्थापित बनेका अर्जुनधारा नगरपालिका–३ स्थित अस्थायी प्रहरी चौकी खुदुनाबारीका प्रहरी टोलीलाई पुनः कार्यक्षेत्रमा फर्काइएको छ। आन्दोलनपछि कार्यस्थल छाड्न बाध्य बनेको प्रहरी टोली शुक्रबार एक औपचारिक कार्यक्रमका बीच पुनः आफ्नै चौकीमा फर्किएको हो। प्रहरी सहायक निरीक्षक नम्भु कुमार माझीको नेतृत्वमा रहेको टोलीलाई जनप्रतिनिधि र स्थानीयवासीहरूले खादा र फूलमालासहित स्वागत गरेका थिए। कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरे, वडा अध्यक्ष सिताराम भट्टराई, कार्यपालिका सदस्य चन्द्रा तामाङ, वडा सदस्य नारायण चापागाईं र सुमनकुमारी राई, अस्थायी प्रहरी चौकी व्यवस्थापन समिति अध्यक्ष ढुंडीराज गौतम, रेडक्रस खुदुनाबारीका…
झापा, १४ कात्तिक । झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछी बजारमा शुक्रबार राति आगलागी हुँदा दुई घर पूर्णरूपमा जलेर नष्ट भएको छ । राति करिब १० बजे गौरीगञ्ज–६ खजुरगाछीका राजेन्द्र ढकालको दुई तले घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार इँटाको गाह्रो र टिनको छाना भएको आठ कोठे घरमा आगो लागेपछि छेउमै रहेको तीन कोठे टहरा पनि जलेर नष्ट भएको छ । उक्त टहरामा चन्दर नायकले होलसेल किराना पसल सञ्चालन गर्दै आएका थिए । दुवै घरमा रहेका सबै सामान जलेर नष्ट भएको छ । आगो स्थानीयबासी, इलाका प्रहरी कार्यालय गौरीगञ्ज, प्रस्तावित सीमा सुरक्षा…
झापा, १४ कात्तिक । सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ । बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रू ८० ले बढेर रू तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
भद्रपुर, १४ कात्तिक । मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ । मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम किनारका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय र स्वास्थ्य संस्था आउजाउ गर्न सहज भएको मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले बताउनुभयो । पुल नहुँदा सामान्य स्वास्थ्य सेवा लिन १० किलोमिटर घुम्नुपथ्र्यो भने अहिले डेढ किलोमिटरको यात्रा गरेपछि अस्पतालसम्म सहजै पुग्न सकिन्छ । पुल बनेपछि कृषि उपज हाटबजार पुर्याउन तथा त्यहाँबाट दैनिक उपभोगका…
झापा, १४ कात्तिक । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा भारतको मध्य भागमा सक्रिय न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा र बदली भएको छ। तर मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझदेखि क्रमिक रूपमा सुधार आउने संकेत देखिएको छ। हाल कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशहरूमा सामान्य बदलीको अवस्था छ। महाशाखाले दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। कोशी, मधेस र वाग्मती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका…
झापा, १४ कात्तिक । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। अधिकांश प्रमुख मुद्राको मूल्यमा वृद्धि देखिएको छ, जसमा अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुबेती दिनार र बहराइन दिनार प्रमुख छन्। आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा पुगेको छ। हिजोको तुलनामा खरिददर ८० पैसा र बिक्रीदर ८० पैसा बढेको हो। यसअघि असोज ८ गते अमेरिकी डलरको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा पुगेको थियो, जुन हालसम्मकै उच्चतम दर हो। युरोको खरिददर आज १६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर…