
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ११ बैशाख । झापामा सार्वजनिक सवारी चालक तथा सहचालकहरूको लागुपदार्थ सेवन, मादक पदार्थ सेवन परीक्षण, स्वास्थ्य परीक्षण तथा सवारी यान्त्रिक चेकजाँच कार्यक्रम गरिएको छ । दमक नगरपालिका–४ ताराबारीमा दमक नगरपालिका र दमक अस्पतालको सहकार्यमा इलाका प्रहरी कार्यालय दमक, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड एवम् ट्राफिक कार्यालय दमकको संयुक्त आयोजनामा उक्त कार्य गरिएको हो । कार्यक्रममा ५४ जना चालक तथा सहचालकको परीक्षण गरिएको थियो । जसमध्ये ३ जना चालक तथा २ जना सहचालकले लागुपदार्थ सेवन गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । परीक्षणका क्रममा २ जनाले मादक पदार्थ सेवन गरेको समेत फेला…
झापा, ११ बैशाख । झापाको भद्रपुर नगरपालिका वडा नं. ४ बाट लागुऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ परेका छन् । आज बेलुका ४ बजेको भद्रपुर–४ डाँगीबारीबाट लागुऔषधसहित बिर्तामोड नगरपालिका–४ सुन्दरपुरका २१ वर्षीय रोहित शर्मा र सुकुम्बासी टोलका ४३ वर्षीय दिपक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदैँ गरेको पैदलयात्री उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउनसुगरजस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकसहित ६ ग्राम ४१० मिलिग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ६ ग्राम १७० मिलिग्राम) सहित नियन्त्रणमा लिइएको…
झापा, ११ बैशाख । झापाको विभिन्न तीन स्थानबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरिएको छ । बिहीबार भद्रपुरका दुई स्थान र झापा गाउँपालिकाको एक स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बिहीबार दिउँसो झापा गाउँपालिका–४ चौधरीटोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले भारततर्फबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री शिवसताक्षी नगरपालिका–११ का ३१ वर्षीय मदन मिश्रलाई शंका लागि चेकजाँच गर्दा उनको शर्टको कलरमा लुकाएर ल्याएको लागुऔषध ब्राउनसुगरजस्तो देखिने लिसाईलो खैरो पदार्थ ३ ग्राम ८९ मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको छ । त्यस्तै, बिहीबार साँझ ६ बजे भद्रपुर नगरपालिका–४ डाँगीबारीमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको संयुक्त टोलीले भारततर्फबाट…
झापा, ११ बैशाख । आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते…
झापा, ११ बैशाख । हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भागका केही, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेग, कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ । यसैगरी,…
बिर्तामोड, १० बैशाख । तमू ह्युल छोज धीं गुरुङ्ग समाज विर्तामोड नगर समितिको आयोजनामा ७ दिने (तमु) ‘गुरुङ्ग मातृभाषा’ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा सञ्चालित “तमु, गुरुङ्ग मातृभाषा शिक्षा प्रवर्द्धन तथा प्रशिक्षण कार्यक्रम” भव्य र उत्साहपूर्ण वातावरणमा आज विहिबार सम्पन्न भएको हो । गत बैशाख ४ गतेदेखि १० गतेसम्म बिर्तामोड–३ स्थित तमु सामुदायिक भवनमा सञ्चालन गरिएको उक्त कार्यक्रम आज एक विशेष समारोहका बीच समापन गरिएको हो । गत बैशाख ४ गते उक्त कार्यक्रमको उद्घाटन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष एवम् तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् अन्तर्गत संरक्षण…
झापा, १० बैशाख । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले झापामा सबैभन्दा बढी अनुदानका लागि अर्जुनधारा नगरपालिकालाई सिफारिस गरेको छ । आयोगले आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेश सरकारले स्थानीय विभाज्य कोषबाट बाँडफाँट गर्ने सवारी साधन कर सम्बन्धी सिफारिस अनुसार कोशी प्रदेशभित्र झापामै सबैभन्दा बढी अनुदानका लागि अर्जुनधारा नगरपालिकालाई सिफारिस गरेको हो । आयोगद्वारा प्रयोग गरिएका मुख्य सूचकहरूमा जनसंख्या तथा जनसांख्यिक विवरण ५० प्रतिशत, क्षेत्रफल १० प्रतिशत, मानव विकास सूचकाङ्क ५ प्रतिशत, पूर्वाधार विकासको अवस्था २५ प्रतिशत र वन क्षेत्र १० प्रतिशत समावेश छन् । यी सूचकहरूको समग्र मूल्याङ्कनका आधारमा झापा जिल्लाका पालिकाहरूमध्ये अर्जुनधारालाई सबैभन्दा बढी अनुदानका लागि सिफारिस गरेको…
निशान निरौलाइलाम, १० बैशाख । जिल्ला प्रहरी कार्यालय इलामले शान्ति सुरक्षा कायम राख्न तथा बढ्दो ध्वनी प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले वैशाख ९ गतेदेखि विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत मोडिफाइ गरिएको मोटरसाइकल प्रयोग गरी बजार क्षेत्रमा चर्को आवाज निकाल्ने तथा तीव्र गतिमा सवारी चलाउनेहरूलाई लक्षित गर्दै कारबाही सुरु गरिएको हो । प्रहरीका अनुसार पहिलो चरणमै ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। पछिल्लो समय इलाम बजार तथा आसपासका क्षेत्रमा केही युवाहरूले साइलेंसर लगायतका पार्टपुर्जामा परिवर्तन गरी अनावश्यक रूपमा ठूलो आवाज निकाल्ने, रातिको समयमा अनियन्त्रित रूपमा सवारी कुदाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने गतिविधि बढ्दै गएको गुनासो आएपछि विशेष निगरानीसहित अभियान…
भद्रपुर, १० बैशाख । झापाको भद्रपुर नगरपालिका–९ पोकापाडास्थित बालज्योति प्रतिष्ठान इङ्गलिस स्कूलले आज संस्थापक सदस्य सम्मान र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ । स्कूलले आज ‘अभिभावक भेला, पुरस्कार तथा सम्मान, वार्षिक एवम् दीर्घकालीन योजना प्रस्तुत’ कार्यक्रममा उनीहरुलाई सम्मान एवम् पुरस्कृत गरेको हो । स्कूलका व्यवस्थापन समिति अध्यक्ष सत्यनारायण तायलको अध्यक्षता एवम् भद्रपुर–९ का वडाध्यक्ष रामप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्कूलका संस्थापक शेयर सदस्य बद्रीप्रसाद उप्रेती, चुडामणि मैनाली, धनपति उप्रेती, विष्णुप्रसाद शिवाकोटी र रंगवीर राईलाई सम्मान गरेको हो । त्यस्तै, स्कूलले उत्कृष्ट अंक ल्याउने आठ जना विद्यार्थी पुरस्कृत समेत गरेको छ । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रामप्रसाद दाहाल,…
झापा, १० बैशाख । झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागूऔषध ब्राउनसुगरसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ९ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका २५ बर्षीय संजोग राई, २५ बर्षीय रुपेश दर्जी र ३७ बर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र बा. ४० प ३९९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका(३ बाट इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण व्यूरो विराटनगरले इनरुवा–२ का सैफ अली सिदिकीलाई २० ग्राम…