
बिर्तामोड, ३० साउन । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्तापलले आईसीयुमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामा डिस्चार्ज दिएको छ ।
उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्तपतालले ईलामो रोङ गाउँपालिका ४ का ३३ बर्षीय अरुण तमाङलाई मंगलबार डिस्चार्ज दिएको हो ।
उपचार खर्च धेरै उठेको पीडितको गुनासो सञ्चार माध्यममा आएपछि अस्पतालले मंगलबार बिरामीका आफन्तसँग छलफल गरी डिस्चार्ज दिएको हो । त्यसपछि अचेत अवस्थामै घर लिएर आएको विरामीका भाई उमेश तामाङले बताए ।,आजको कान्तिपुर दैनिकमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

