
दीपक चापागाईं
आओ असफलताका लहरहरू
अझै ठुलो भेल बाढी भएर आओ ।
ए दुःखहरू हो यसरी चोर बाटो हैन
मुलबाटो आऐर मलाई चिथोरेर खाओ ।
दुःखका लस्करहरू किन झ्यालबाट चियाएको ?
तिमीहरूलाई मुल ढोकामा स्वागतको लागि
घन्टौदेखि फुल मालाका साथ उभिएको छु।
म हरेक कुरा आफ्नो अगाडिबाट हेर्न चाहान्छु
पछाडिबाट त कायरहरूले मात्र हो हमला गर्ने त ।
साँच्चिकै तिमीहरूसँग हिम्मत र साहस छ भने
आउ सँगै चोइटिएको सिसामाथि खाली खुट्टा हिँडौ ।
भन्न चाहान्छु मलाई पच्छायाउने मुस्किलहरूलाई
तिमीहरूलाई कसैको साथ छ भने आउ भिडौ ।
मलाई साथ दिन आऐका मेरा साहराका लहरहरू
मेरो नजिकै नआई परैबाट मेरो परीक्षा लिएर जाउ ।
मलाई अङ्गालो हालेका यी लक्ष्यका लप्काहरू
छाडेर जाने भऐ धेरै टाढा क्षितिज पारी जाउ ।
यी सारा चिज गर्ने तिमीसँग सामार्थ छ भने
रोकेर देखाई देउ त सूर्यको हिँड्ने गतिलाई
फोडेर देखाउ त स्याल बस्ने सिंहदरबारलाई
तिम्रा कुरा कसैले सुन्छ भने उसको नजिक जाउ
अगाडि गऐर नडराई उसलाई तिमीले भन्नू पर्छ
तिम्रो टाउको माथि भएको निलो आकाशलाई
अझै माथि धेरै–धेरै माथि पुर्याई दिनु होला भनेर
त्यतिबेला उसको सामथ्र्यलाई नाप्न चाहान्छु म ।
उ साँच्चिकै बलवान भएर बसेको रहेछ भने
सुनकोशी बगरका गिट्टी गनेर भन्न सक्नुपर्छ
हिमालको हिउँ आट्ने झोला बुन्न सक्नुपर्छ ।
प्रकाश बिना अन्धकारमा हिँँड्न सक्नुपर्छ
सुनामी भई आए पनि भिड्न सक्नुपर्छ ।
कनकाई, झापा
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


