चूडामणि वशिष्ठ
‘श्रद्धा’ विनोद न्यौपानेद्वारा लिखित मुक्तक संग्रह हो । २०८! सालमा समकालीन साहित्य प्रतिष्ठान–बेलायतबाट प्रकाशित यस कृतिको भूमिका होम सुवेदीले लेख्नु भएको छ भने घनेन्द्र शर्माले शुभकामना अर्पण गर्नु भएको छ । !!२ पृष्ठमा !७० मुक्तकहरूलाई बिटो कस्ने काम कविले गर्नु भएको छ । जीवन जगत शीर्षकमा !०९, प्रेम शीर्षक !४, राजनीति शीर्षक ४० र बालसुलभ शीर्षकमा ७ वटा मुक्तक प्रकाशित भएका छन् । वासुशशी शर्माप्रति समर्पण गरिएको प्रस्तुत पुस्तक कविको !! औं प्रकाशित पुस्तकाकार कृति हो । म कवि विनोद न्यौपानेलाई चिन्दिन । उहाँका यो बाहेक अरू !० वटा पुस्तक पनि देखेको छुइँन । त्यसकारण म यस पुस्तकका सम्बन्धमा विशुद्ध पाठक प्रतिक्रिया संक्षेपमा राख्ने प्रयत्न गर्छु ।
जीवन जगत आर्थिक अन्तर्गत – मान्छेका दुःख सुख, तिनका जीवन भोगाइ, अनेक किसिमका इच्छा आकांक्षा, संघर्षमय जीवनमा फेला परेका गौंडा–गल्छेडा, आफैलाई बिर्सेर शान्ति र सन्तुष्टि खोज्दै हिँड्ने मान्छेका मनोदशालाई नेपाली परिवेशमा कविले प्रस्तुत गर्ने जमर्को गर्नु भएको छ ।
मान्छेको जीवन नै अस्थायी छ, स्थायी कुरा खोजेर दुःख गर्नु हुँदैन । स्वतन्त्र, स्वाभिमान, स्वावलम्बी भएर बाँच्नुमै जीवनको सफलता छ भन्ने सन्देश मुक्तकहरूले प्रवाह गरेका छन् । उड़ने मनसँग विवेक बुद्धिलाई उडाउनु हुँदैन । आजका मान्छे विषालु इष्र्यालु छन् । धूर्तहरूका कुरामा होइन, व्यवहारमा मात्र विश्वास गर्नु पर्छ भन्ने कुरो कलात्मक र विनोदी भाषामा व्यक्त भएका छन् । मुक्तकहरूमा देशको, देशभक्तिको, राष्ट्रिय प्रकृतिको महिमा गान गाइएको छ । समष्टिमा, नेपाली जनजीवनका राम्रा नराम्रा नाना पक्षलाई मिहिमसिनो गरी पस्किने काम कविले आफ्ना मुक्तकहरूमा गर्नु भएको छ ।
प्रेम शीर्षकका मुक्तकहरूमा – प्रेमको परिभाषा गर्ने जमर्को गर्दै संयोगात्मक वियोगात्मक दुवै प्रेमका अनेक पक्षको कवितात्मक अभिव्यक्ति दिइएको छ । मान्छेको निम्ति प्रेम अपरिहार्य कुरा हो । प्रेम बिना जीवन न्यास्रो खस्रो फुस्रो र निरस हुन्छ । प्रेम मान्छेको जीउने आधार हो भन्दै प्रेमका अनेक स्वरूपहरूको उदाहरण सहित प्रमाणित गर्ने प्रयत्न कविले गर्नु भएको छ ।
राजनीतिक व्यङ्ग्य शीर्षकका मुक्तकहरूमा – देशका बुढा नेता, तिनको सोच, चुनावी विकृति, इमान नैतिकताविहीनको राजनीति, बजेटको दुरूपयोग, चम्चे कर्मचारीहरूको भोलिवाद, गठबन्धन, भागबण्डा, सेटिङ, डलरे राजनीति, बढ्दो असुरक्षाप्रति विनोदी भाषामा कठोर व्यङ्ग्य प्रहार कविले गर्नु भएको छ । बिकाउ चरित्रका बुढा नेताहरूले दोस्रो तेस्रो पिढीका, नेताहरूलाई पनि त्यही कुरा सिकाए । चरम भ्रष्टाचार र अन्यायकै कारण युवाहरूले देश छोडे । देशको राजनीति सच्चिने भन्दा पनि सकिने ठाउँमा पुगेको छ । सर्वत्र निराशाको वादले ढाकेको छ । एउटा चेतनाको आँधी हुरी भुमरीको आवश्यकता रहेको कविले महसुस गर्नु भएको छ ।
बालसुलभ शीर्षकका मुक्तकहरूमा – बालकको मनोविज्ञान, तिनका इच्छा आकांक्षा उत्साह जिज्ञासा क्रीडालाई अघि सारिएको छ । बालकहरू निर्दोष निश्छल निर्मल हुन्छन् । बालककालको यो लोभलाग्दो उमेर अवस्थामा जो कोही फर्किन पाए हुन्थ्यो भनेर लालायित हुन्छन् । वात्सल्य प्रेमको महिमा गान यी मुक्तकहरूमा गाइएको छ ।
निष्कर्षमा भन्नु पर्दा — कविताको लघुत्तम रूप मुक्तकमा आवश्यक कुराहरू यहाँ पनि छन् । विचार र अनुभूतिको सन्तुलन छ । थोरैमा धेरै व्यक्त गर्ने सीप शैेली राम्रो छ । प्रत्येक मुक्तकमा शीर्षक भइदिएको भए शीर्षकले विचारलाई अझै केन्द्रित गर्ने थियो र मुक्तकहरू अझै रसिला कसिला खिरिला बन्ने थिए । झर्रा शब्द, उखान टुक्का, अलङ्कारहरूले मुक्तकहरू सुसज्जित छन् । वाक्पटुता र उक्तिवैचिœयले मुक्तकहरूको वजन बढाएको छ । सरल सहज भाषामा गहिरा विचारको प्रस्तुतिले पाठक मन खिचेको छ । समष्टिमा मुक्तकहरू सफल छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

