झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबिना आचार्य भारी मतान्तरसहित विजयी भएकी छन् । उनले ५५ हजार ५१३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्र पाए । आचार्य र कोइरालाबीचको मतान्तर ४२ हजार ६६३ रहेको छ । यस क्षेत्रमा अन्य उम्मेदवारले १० हजार मत कटाउन सकेनन् । २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट डा. कोइराला विजयी बनेका थिए । रुबिना आचार्य सामाजिक अभियन्ता तथा युवा नेतृका रूपमा परिचित छिन् । उनले विवेकशील साझा पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरेकी थिइन् । महिला सशक्तीकरण, लैंगिक…

Read More

झापा, २२ फागुन । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । आज साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए । यद्यपि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । यो कांग्रेसको दोस्रो जित हो ।

Read More

झापा, २२ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । आम निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् । यस्तै, एमालेका लिलामणि गौतम ३ हजार ४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै नेकपाले जितको खाता खोलेको छ ।

Read More

झापा, २२ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले शुक्रबार तत्काल रिहा गर्न आदेश दिएको छ । न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बन्दी प्रत्येक्षीकरण मुद्दामा सुनुवाइ गर्दै प्रसाईंलाई हिरासतमा राख्ने प्रहरीको अनुमति र प्रशासनको म्याद थप गर्ने निर्णय कानुनसम्मत नभएको ठहर गर्दै बदर गरेको हो । यससँगै प्रसाईंलाई तत्काल रिहा गर्न आदेश जारी गरिएको छ ।

Read More

झापा, २२ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर–८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्दै सानदार विजय हासिल गरेका छन् । निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजयी भएका श्रेष्ठपछि दोस्रो स्थानमा रहेका नेकपाका सुमन सायमीले ३ हजार २१७ मत मात्र पाए । नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ मत प्राप्त गरिन् । नेकपा एमालेका राजेश शाक्य र राप्रपाका नबिन शाहीले समान १ हजार ९०९ मत पाए भने उज्यालो नेपाल पार्टीका राजन खड्गीले १ हजार ३३ मत प्राप्त…

Read More

झापा, २२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ को अन्तिम मतपरिणाम अनुसार रास्वपाका खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिनुभयो । यस्तै खनालको निकटतम प्रतिद्धन्द्धीमा नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ६ मा कूल ४३ हजार ८ सय ६३ मत खसेको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।

Read More

झापा, २२ फागुन । झापा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरले ५ हजार ९ सय ९४ मत पाउँदा नेकपा एमालेका देवराज घिमिरेले ९६९ मत ल्याएका छन् । हालसम्म नौ हजार एक सय ४६ मत गणना हुँदा पहिलो र दोस्रो उम्मेदवार बीचको मतान्तर ५०२५ देखिएको छ । श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी नौ सय २८ मतका साथ तेस्रो स्थानमा, नेपाली कांग्रेसकी सरिता प्रसाईं पाँच सय ९० मतका साथ चौथो, राप्रपाका भद्रप्रसाद नेपाल तीन सय ६६ मतका साथ पाँचौं र नेपाली कम्युनिष्ट पार्टीकी धर्मशीला चापागाईं एक सय १३ मतका साथ छैठौं स्थानमा हुनुहुन्छ । झापा क्षेत्र नम्बर २ मा…

Read More

झापा, २२ फागुन । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४ सय २८ मत पाएका छन् । हालसम्म ९ हजार ४१२ मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका बालेनले ओलीलाई ५ हजार १२३ मतले पछाडि छाडेका छन् । यस्तै, श्रम संस्कृति पार्टीका शिवन मगरले तीन सय ८१, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले दुई सय १२, नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले एक सय ६५ मत र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले एक सय ३६ मत प्राप्त गरेका छन् ।

Read More

भद्रपुर, २२ भदौ । झापा क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदबार प्रकाश पाठकले प्रारम्भिक अग्रता लिएका छन् । ६ हजार ४३७ मतगणना हुँदा रास्वपाका पाठकले २२८१ मत ल्याउँदै अग्रता लिएका छन् । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन दोस्रो र श्रम, संस्कृति पार्टीका दिपक तिम्सिना तेस्रो स्थानमा रहेका छन् । लिङ्देनले १६०७ मत ल्याएका छन् भने तिम्सिनाले ७८८ मत ल्याएका छन् । त्यस्तै नेपाली काँग्रेसका राजेन्द्र घिमिरेले ५१०, एमालेका हरिबहादुर राजवंशीले ६२० र नेकपाका डिल्लीराम घिमिरेले ७७ मत ल्याएका छन् । क्षेत्र ३ मा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको छ । यस क्षेत्रको मतगणाना एउटै…

Read More

झापा, २२ फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम अंकमा समेटिए । मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि…

Read More