
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
शिवसताक्षी, ४ पुस । झापा शिवसताक्षी १० मा रहेको श्री बालनिकुञ्ज माध्यमिक विद्यालयले आफ्नो ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न विधामा शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गर्दै सम्पन्न गरेको छ । विद्यालयले विद्यालयको शैक्षिक सुधार तथा भौतिक निर्माणका लागि सहयोग गर्ने दाता, अभिभावक र विद्यार्थी गरी ६४ जनालाई सम्मान गरेको हो ।जसमा शैक्षिक वर्ष २०८१ को नतिजा अनुसार प्रत्येक कक्षामा सर्वोत्कृष्ट जिपिए ल्याउने ३४ जना विद्यार्थीका अभिभावकलाई प्रशंसा पत्रद्वारा प्रदान गरिएको थियो भने, वर्षभरीमा कक्षागत रुपमा सर्वाधिक हाजिरी कायम गर्ने १७ जना विद्यार्थीका अभिभावकलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयलाई यस आर्थिक वर्षमा आर्थिक, भौतिक निर्माणमा सहयोग पुर्याउने…
झापा, ४ पुस । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा एक दिने लोक सेवा तयारी कक्षा अभिमुखीकरण कार्यक्रम शुक्रबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीलाई निजामति सेवातर्फ उत्प्रेरित गर्ने उद्देश्य राखिएको थियो । प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले देशका सातै प्रदेशमा सहजताका लागि जिल्ला व्यापी अभियान सञ्चालन गर्दै आदिवासी जनजाति समुदायका विद्यार्थी लक्षित निःशुल्क अनलाइन लोक सेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दिपेन्द्र पाण्डेले प्रशिक्षण प्रदान गर्नुभएको थियो । स्थानीय तहमा कार्यरत अधिकृतहरू तेजेन्द्र तामाङ, सरिता तामाङ, साजन साम्पाङ राई, रमेश मगर, कुल प्रसाद ताजपुरिया, अशोज ताजपुरिया…
बिर्तामोड, ४ पुस । बिर्तामोडमा शुक्रवारदेखि सुरु छैटौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. ७ बिजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा वडा नं. ७ ले वडा नं. ६ लाई २–० गोल अन्तरले पराजित गर्यो । वडा नं. ७ का फिरोज राईले टिमका लागि २ गोल गरे । खेलको प्लेयर अफ द म्याच वडा नं. ७ का फिरोज राई भए । उनले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । शनिबारको खेल वडा नं. ३ र…
झापा, ४ पुस । झापाको दमक नगरपालिका–१ बुद्धटोलस्थित रतुवा खोला किनारको काँसघारीभित्र आज साँझ हतियार फेला परेको छ । बरामद हतियार गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयबासीले बेवारिसे अवस्थामा हातहतियार तथा गोलीगठ्ठा देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएका थिए । प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर तल उल्लेखित हतियार तथा गोलीगठ्ठा खिया लागेको अवस्थामा फेला पारेको हो । बरामद सामग्रीईन्सास (नं. 31103361) म्याग्जिनसहित – १ थानईन्सास (नं. 31103364) म्याग्जिनसहित – १ थानईन्सास (नं. 31103512) म्याग्जिनबिनाको – १ थान३०३…
कचनकवल, ४ पुस । कचनकवल गाउँपालिकामा समुदायस्तरमा न्याय पहुँचलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरकारी वकिल र स्थानीय तहका न्यायिक समितिबीच छलफल तथा अन्तक्रिया कार्यक्रम गरिएको छ । उच्च सरकारी वकिल कार्यालय इलामको आयोजनामा स्थानीय तहको न्यायिक अधिकार, सरकारी वकिलसँगको समन्वय तथा समुदायमा देखिने विविध कानुनी समस्याबारे छलफल तथा अन्तरक्रिया गरिएको छ। कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय इलामका न्यायाधीश, सरकारी वकिल कार्यालयका प्रतिनिधि, कचनकवल गाउँपालिकाको न्यायिक समिति संयोजक तथा सदस्यहरू र मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो । छलफलका क्रममा स्थानीय तहमा दर्ता हुने उजुरी, मिलापत्र प्रक्रिया, अधिकार क्षेत्रको स्पष्टता तथा न्याय सम्पादनमा देखिने व्यावहारिक चुनौतीबारे सहभागीहरूले अनुभव साटासाट गरेका थिए । वक्ताहरूले…
बिर्तामोड, ४ पुस । झापाको बिर्तामोड नगरपालिका–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा अन्तरगत अन्तिम माइन्युट प्रमाणिकरण भेला आज सम्पन्न भएको छ । संस्थाले सात वटा एकाइगत साधारण सभा सम्पन्न गरी आज अन्तिम माइन्युट प्रमाणिकरणसहित २६ औं वार्षिक उत्सव तथा रजत महोत्सव सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका ज्येष्ठ प्रारम्भिक सदस्य जयबहादुर गौतमको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा संस्थाका सात जना सदस्यलाई उपचार खर्च वापत २ लाख ८ सय रुपैयाँ प्रदान गरिएको छ । संस्थाका सदस्य कल्पना सुब्बा, कुन्ता चापागाईं, सम्झना लिम्बू, रञ्जिता लिम्बू,…
झापा, ४ पुस । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले घोषणाले मात्रै बालमैत्री अभियान सफल नहुने बताउनुभएको छ । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ लाई बिहीबार बालमैत्री वडा घोषणा गर्नुहुँदै प्रमुख अतिथि सभामुख बिष्टले बालमैत्री अभियानलाई सफल बनाउन निरन्तर काम गर्नुपर्ने बताउनुभयो । “एक पटक घोषणा गरेर मात्र हुँदैन”, उहाँले भन्नुभयो, “यसमा निरन्तरता जरुरी छ, अझै पनि धेरै बालबालिका विद्यालय जानबाट वञ्चित छन् ।” धेरै स्थानमा बालविवाह, महिला हिंसा, मानव बचेबिखनका घटना भइरहेको बताउनुहुँदै उहाँले ती समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय युवाहरू लागुऔषधको दुव्र्र्यसनीमा फँसेर मुलुक नै विकृत अवस्थामा पुगेको उहाँको भनाइ छ । सरकारले २०८७…
झापा, ४ पुस । वैदेशिक रोजगारीका नाममा विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ की ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ गोकर्णेश्वर–५ बस्ने २५ वर्षीय साइरज सुवेदी रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अधिकारीले अल्बानिया पठाउने भन्दै रु १९ लाख, विश्वकर्माले क्यानडा पठाउने भन्दै रु १९ लाख र सुवेदीले अमेरिका पठाउने भन्दै रु ११ लाख १४ हजार…
भद्रपुर, ४ पुस । चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्म झापामा ४९६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा उद्योगतर्फ २४३ र वाणिज्यतर्फ २५३ फर्म दर्ता भएका हुन्। त्यस्तै, उद्योगतर्फ ५०० र वाणिज्यतर्फ ४७९ उद्योग नवीकरण गरिएको छ। कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो पाँच महिनामा उद्योगतर्फ १०८ र वाणिज्यतर्फ ७७ उद्योग खारेज भएका छन्। सो अवधिमा १२ उद्योग स्थानान्तरण, २८ उद्योग नामसारी, १८ उद्योग नाम परिवर्तन तथा ३६ उद्योगले उद्देश्य थप गरेका छन्। सूचना अधिकारी भट्टराईका अनुसार उद्योग बन्द गराउनेको सङ्ख्या कम भए पनि नवीकरण…
झापा, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि उनलाई थुनामुक्त गरिनेछ । लामिछाने आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन सकेका थिएनन् । उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले तीनवटा सर्तसहित लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएको थियो । आदेशको अन्तिम बुँदामा बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख छ । रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानतको प्रमाणीकरण र सनाखतसहित कागजी प्रक्रिया…