
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३ बैशाख । झापाको शिवसताक्षी नगरपालिका–३ स्थित भोटे पुल मुनि नवजात शिशुको (बालक) को शव फेला परेको छ । बुधबार राति उक्त मुनि नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी धरमपुरमा प्रहरी टोली खटिएको थियो । कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा पठाइएको छ । घटना अनुसन्धानका शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको छ ।
झापा, ३ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भूभागलगायत…
सुनसरी, ३ बैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजासहित ओसार पसारमा संलग्न रहेका २ जनालाई पक्राउ गरिएको छ । विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले वैशाख १ गते राति बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाकमुनी प्लास्टिको ९ वटा बोरामा बाँधी लुकाई छिपाई राखेको अवस्थामा २ सय २५ किलोग्राम गाँजासहित ओसार पसारमा संलग्न बराहक्षेत्र नगरपालिका–६ का बिशेस माझी र रोशन श्रेष्ठलाई को ३० प ९४७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । गाँजासहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भइरहेको छ ।
भद्रपुर, ३ बैशाख । झापाको भद्रपुरमा २२ जना ज्येष्ठ मातालाई सम्मान गरिएको छ । यस वर्षको मातातीर्थ औँशीको सन्दर्भ पारेर बुधबार अमर आस्था महिला सोसाइटी भद्रपुरले नगरपालिकाको सभाहलमा ज्येष्ठ माताहरुलाई सम्मान गरेको हो । सोसाइटीकी अध्यक्ष भद्रपुर नगरपालिकाकी निवर्तमान उपप्रमुख चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा आयोजि समारोहमा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेलले दोसल्ला ओढाएर र मिष्ठान्न भोजन गराएर ज्येष्ठ माातहरुलाई सम्मान गरे । सोसाइटीकी सचिव शीला खड्काले सञ्चालन र उपाध्यक्ष शर्मिला अधिकारीले स्वागत गरेको समारोहमा प्रमुख अतिथि नगरप्रमुख पोखरेल, वडा नं २ का वडाध्यक्ष रामबहादुर कँडेल, ४ नं वडाध्यक्ष हंशधर राजवंशी, वडा नं ८ की कार्यवाहक वडाध्यक्ष भगवती वस्नेतलगायतले शुभकामना मन्तव्…
भद्रपुर, ३ बैशाख । झापाको भद्रपुरमा प्रथम फर्कियो जोवन भेट्रान्स कप फुटबल प्रतियोगिता अन्तरगत आज सेमिफाइनलका खेलहरु हुँदैछन् । नववर्ष २०८३ को अवसरमा लागुऔषध दुव्र्यसनविरुद्धको अभियानअन्तर्गत भारतसँगको सीमा नदी मेची नदीको किनारमा रहेको भद्रपुर–४ स्थित मेची ग्राउण्डमा फर्कियो जोवन फुटबल क्लवको आयोजनामा बुधबारदेखि प्रतियोगिता शुरु भएको छ । एक समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गाण्ेश पोखरेलले निर्णयकलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । क्लवका अध्यक्ष विश्वराज थापाको अध्यक्षतामा उपाध्यक्ष रोहित काफ्लेले सञ्चालन गरेको उद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख पोखरेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रतियोगिताको मुख्य पयोजक ओम साई पाथिभरा हस्पिटलका प्रवन्ध निर्देशक बालकुमार पोखरेल,…
झापा, २४ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ११ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर…
मदुरै, २४ चैत (एजेन्सी) । तमिलनाडुको सथानकुलममा बाबु–छोराको हिरासतमा भएको हत्याको मामिलामा मदुरैको एक स्थानीय अदालतले ठुलो फैसला सुनाएको छ। मदुरैका प्रथम अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीश जी मुथुकुमारनले नौ प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएका छन् । उनीहरूलाई सन् २०२० मा थुथुकुडीको सथानकुलममा दुई व्यापारी पी जयराज र उनका छोरा बेनिक्सलाई प्रहरी हिरासतमा यातना दिएर हत्या गरेकोमा दोषी ठहर गरिएको थियो । दोषी ठहर भएका नौ प्रहरीमा तत्कालीन प्रहरी निरीक्षक एस श्रीधर, उप–निरीक्षक पी रघु गणेश र के बालकृष्णन, हवल्दार एस मुरुगन र ए सामीदुरई तथा सिपाहीहरू एम मुथुराजा, एस वेल मुथु, एस चेल्लादुरई र एक्स थोमस फ्रान्सिस रहेका छन् ।…
झापा, २४ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको । बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने…
झापा, २३ चैत । झापाको दमक नगरपालिका–३ स्थित हम्से दुम्से सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन् । दमक–३ बेलडाँगी शिविर सेक्टर नं. सी २ हट नं. २०४ का ५४ वर्षीय तुलबहादुर बिष्ट मृत फेला परेका हुन् । गत बिहीबार घर नजिकै रहेको हुम्से दुम्से सामुदायिक वनमा बाख्रालाई घाँस काट्न भनेर विष्ट घरबाट हिँडेका थिए । हालसम्म घर फर्किएर नआएकाले आज बिहान आफन्त छरछिमेकीले खोजतलाश गर्ने क्रममा सामुदायिक वनमा उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले शव पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको छ भने घटनास्थलको प्रकृतिबाट जंगली हात्तीले आक्रमण गरी मारेको जस्तो…
झापा, २३ चैत । झापाको मेचीनगरबाट यात्रुहरुलाई तानातान गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान मेचीनगर नगरपालिका वडा नं.६ स्थित मेची भन्सार कार्यालय, बसपार्क तथा बजार क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विशेषगरी भारतको विभिन्न ठाउँबाट आ–आफ्नो काम विशेषले नेपाल प्रवेश गरी आउने यात्रुहरुलाई काँकरभिट्टा बजार क्षेत्र र अन्य ठाउँ समेतमा रहेको होटल, अस्पताल, धार्मिक क्षेत्र लगायत विभिन्न ठाउँमा सम्पर्क गराई दिन्छौँ भन्दै यात्रुहरुलाई तानातान गरी हैरानी दिएको अरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।