jhapaonline add

झापा, ३० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर साधरणतया बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी…

Read More

झापा, २९ असार । झापाको दमक नगरपालिका–३ स्थित संगम चोकमा आज दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दमकको डिपु चोकबाट आम्दा तर्फ आउँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको मे ११ प ५४५३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटी चालक ४४ वर्षीया टिका गौतमको दाहिने घुँडामा सामान्य चोट लागेको छ। स्कुटीको पछाडि सवार ५५/५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको छ। उनी नारायण प्रसाद गौतमकी श्रीमती हुन्। दुर्घटनामा संलग्न टिपर, स्कुटी तथा टिपर चालक ४६ वर्षीय तोयानाथ बिक, झापा बिर्तामोड न.पा.–२ निवासी, इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा…

Read More

राबाश भद्रपुर, २९ असार । २१२ औं भानु जयन्ती उत्साहप्रद रूपमा यहाँ भव्य सहभागिताका साथ आज सम्पन्न भएको छ । भद्रपुर कला, साहित्य तथा संगीत प्रतिष्ठानको आयोजना र देवकोटा स्मृति भवनको सहकार्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल प्रमुख अतिथि र उपप्रमुख राधा कार्की विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रमको शुरुवात आदिकवि भानुभक्त आचार्यको स्थानीय भानु चोकस्थित शालिकमा माल्यार्पण गरेर गरिएको थियो । त्यसपछि भद्रपुर नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको साहित्यिक कार्यक्रमको शुरुवात बटुकहरूद्वारा रामायण पाठ गरेर गरिएको थियो । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको सो साहित्यिक सभामा प्रा.डा. गंगाप्रसाद अधिकारी तथा साहित्यकारहरू होम सुवेदी, चूडामणि…

Read More

झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अनावश्यक हल्ला फैलाएको आरोप लगाएका छन् । आइतबार दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ता प्रचारप्रति जवाफ दिन आवश्यक नरहेको बताए । विश्व बैंकको सहयोगमा निर्माण भएको उक्त ४.८६ किमी सडक नेपालभरका १७ गौरवका आयोजनामध्ये एक हो । रु ४४ करोड २४ लाख लागतको सडक समयमै सम्पन्न भएको जनाइएको छ । प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणको लहर ल्याउने अभियानअन्तर्गत यो आयोजनालाई नमुना परियोजनाको रूपमा उल्लेख गरे । उनले दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माणको घोषणा गर्दै,…

Read More

मोरङ, २९ असार । कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकबाट प्रहरीले झण्डै ३ हजार १ सय ५० किलोग्राम गाँजा बरामद गरेको छ। गए राति कटहरी प्रहरी चौकीबाट खटिएको टोलीले को.१ ख. ४५१८ नम्बरको ट्रक जाँच गर्दा १०५ बोरा गाँजासहितको उक्त ट्रक फेला परेको हो। प्रहरीलाई देख्नेबित्तिकै ट्रक चालक फरार भएको जनाइएको छ। हाल फरार चालकको खोजी कार्य तीव्र पारिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read More

बिर्तामोड नगरपालिकाको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी सूचना

Read More

देवेन्द्र किशोर ढुङ्गानातिम्रो यो कोमल मुस्कानम कसम खान्छु, मेरो ज्यान लिन्छ।तिम्रो मुस्कान,मेरो शान्तितिम्रो मुस्कानमा मेरो सबैथोक छजबम तिमीलाई सम्झन्छु,मलाई सम्झन्छुतिम्रो मुस्कानजसलेमलाई प्रेममा पार्छ तिम्रो मुस्कान,मानौं कसैले सुमधुर धुन बजायोर हृदयमा शान्तिले भरिएको मुस्कान। मानिसहरू मनको शान्तिको लागि धेरै कुरा गर्छन्तिनीहरू मन्दिर, मस्जिद, चारै धाम जान्छन्कोहीअल्लाह भन्छन्,कोही राम भन्छन्तरतिम्रो एउटा मुस्कान मेरो लागिपर्याप्त छl जसले जीवनलाई जीवन दिन्छमनको आँधीबेहरीबाट राहत पाउँछ।तिम्रो साथ र त्यो सधैं परिचित मुस्कानम हृदयकोकुरा बुझ्छुतिम्रो मनमाके भइरहेको छके तिमी खुसी छौ कि कुनै कुरालेदुखी छौ lजब तिमीदुःखी हुन्छौ,जीवन उजाड लाग्छतिम्रो मुस्कानले जीवन मधुवन जस्तो लाग्छ lभद्रपुर, झापा

Read More

झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी सबै समस्या समाधान हुने बताउनुभएको छ । झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई शनिबार जग्गा धनीपूर्जा वितरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले भूमिसम्बन्धी कानूनी र व्यावहारिक दुवै प्रकारका समस्या समाधान गरिने बताउनुभयो । केही कानूनी जटिलताले काम गर्न समय लागेको बताउनुहुँदै उहाँले अब सबै प्रकारका जटिलताको समाधान गरिने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले भूमिको अधिकतम् प्रयोग गर्न जोड समेत दिनुभयो । उहाँले कृषिमा आधुनिकीकरण गर्दै अधिकतम् लाभ लिनुपर्नेमा जोड दिनुभयो । “आधुनिक ढंगले कृषि कसरी गर्ने ? नयाँ नयाँ बाली कसरी लगाउने ? बढी प्रतिफल दिने बाली कसरी…

Read More

झापा, २८ असार । भारत मध्य प्रदेशको बैतुल जिल्लाको माछीस्थित एक प्राथमिक विद्यालयमा शनिबार कक्षा ५ का दुई विद्यार्थी पुरानो मोबाइल फोनको ब्याट्री प्रयोग गरी बल्ब बाल्ने प्रयास गर्दा विस्फोट भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, विस्फोटमा एक विद्यार्थीको दाहिने हातका दुई औँला क्षतविक्षत भएका छन् भने एउटा औँला भुइँमा खसेको छ। अर्का विद्यार्थी पनि घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानमा विद्यार्थी अलकेसले फोहोरमा फेला परेको पुरानो ब्याट्री विद्यालय ल्याएको खुलासा भएको छ। खाजा खाने समयमा अलकेस र उनका साथी भावेशले तार जोडेर बल्ब बाल्ने प्रयास गर्दा विस्फोट भएको हो। प्रधानाध्यापकका अनुसार घाइते विद्यार्थीलाई झल्लरको सरकारी अस्पतालमा प्राथमिक उपचारपछि जिल्ला अस्पतालमा भर्ना…

Read More

झापा, २८ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । भानुभक्तले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई नेपालीमा भावानुवाद गरेर प्रस्तुत गरेको ‘रामायण’ नेपाली जनतामाझ लोकप्रिय छ। उक्त रामायण अझै पनि घरघरमा सस्वर पाठ गरिन्छ। नेपाललाई भौगोलिक रूपमा एकीकरण गर्ने काम राजा पृथ्वीनारायण शाहले गरेझैं, भानुभक्तले भाषा, साहित्य र संस्कृतिका माध्यमबाट सांस्कृतिक एकीकरण गर्नुभएको मानिन्छ। उहाँ विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएको थियो। रामायण र भानुभक्तको प्रेरणाभानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भन्ने प्रेरणाबाट रामायण नेपालीमा रचना गर्ने उत्साह मिलेको मानिन्छ।…

Read More