
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २९ बैशाख । वैदेशिक रोजगार व्यवसायी संघ झापाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । बिर्तामोडमा आज आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमका बीच निर्वाचन समितिले निर्वाचित भएको प्रमाण–पत्र वितरणसँगै उनीहरुलाई सथप ग्रहण गराएको हो । निर्वाचन समिति संयोजक गोपाल लामिछानेले उनीहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । निर्वाचन समितिले निर्वाचनमा प्रयोग गरिएका सम्पूर्ण कागजात नवनिर्वाचित समितिलाई हस्तान्तरण गरेको छ । नवनिर्वाचित समितिले सपथ ग्रहण गरेसँगै निवर्तमान सचिव सीपी पाठकले नवनिर्वाचित सचिव निरकुमार खत्रीलाई संघको माइन्युट हस्तान्तरण गर्नुभएको थियो । माइन्युट हस्तान्तरण अघि निवर्तमान सचिव पाठकले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने त्यसपछि नवनिर्वाचित…
झापा, २९ बैशाख । झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केरा खेतीमा लाखौंको क्षति भएको छ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयबासीले ३० बिघामा लगाएको केरा खेती पूर्णरुपमा नष्ट हुँदा करिब रू ५१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । हावाहुरीले बाह्रदशी–७ का १५ घरपरिवारले लगाएको केराको बोट ढलेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलबहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज स्थलगत अनुमगन गरी क्षतिको विवरण संकलन गरेको प्रवक्ता खड्काले बताउनुभयो । त्यस्तै, हावाहुरीले झापा मेचीनगर नगरपालिका वडा नं. १५ गाइनाबारी स्थित…
फुङलिङ, २९ बैशाख । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ताप्लेजुङ जिल्ला कार्यसमितिको तदर्थ समिति गठन गरिएको छ । शनिबार फुङ्लिङ नगरपालिका वडा नं. ६ उकाली पानीस्थित तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमितिको भवनमा सम्पन्न भेलाले तदर्थ समिति गठन गरिएको हो । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य आनन्द गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अनुगम तथा निर्देशन सदस्य दिलिप गुरुङ , १ नं प्रदेश उपाध्यक्ष मोहन गुरुङ लगायतको उपस्थिति रहेको थियो । नव गठित तदर्थ समितिको संयोजकमा जिल्लाका पूर्व अध्यक्ष एनवी लामा गुरुङ लाई राखिएको छ भने सहसंयोजकमा गंगा गुरुङलाई राखिएको छ ।…
शिवसताक्षी, २९ बैशाख । झापाको शिवसताक्षीमा बौद्ध छ्योर्तेन गुम्बा निर्माण हुने भएको छ । शिवसताक्षीको वडा नं. ९ मा बौद्ध छ्योर्तेन व्यवस्थापन समिति गुम्बा निर्माण गर्न लागेको हो । आज शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त गुम्बाको शिल्यान्यास गरेका छन् । स्थानीय गंगाराम तामाङ्ग परिवारले निशुल्क जग्गा उपलब्ध गराएपछि समिति गुम्बा निर्माणमा जुटेको हो । गुम्बा निर्माणका लागि लामा गुरुहरुबाट विशेष पुजा आरधना गरी शिल्यान्यस गरिएको बौद्ध छ्योर्तेन व्यवस्थापन समितिले जनाएको छ । बौद्ध गुम्बा काठमाण्डौमा भएको गुम्बाकै मोेडेलमा निर्माण हुने बौद्ध छ्यिोर्तेन व्यवस्थापन समितिका अध्यक्ष गंगाराम तामाङ्गले जानकारी दिए । उनका अनुसार ४ करोड माथिको लगानीमा गुम्बा निर्माण हुन…
भद्रपुर, २९ बैशाख । झापाको भद्रपुर नगरपालिका–९ स्थित जमदार चोकमा आगलागी हुँदा डेढ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज दिउँसो भद्रपुर–९ जमदार चोककी गीता कार्की पौडेलको टिनको छाना र बाँसको टाँटीबेरा भएको भान्साघरमा विधुत सर्ट भई आगलागी हुँदा भान्साघर भित्र रहेको अन्नपात, भाडावर्तन, काँठपात पूण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट करिब १ लाख ५० हजार बराबरको क्षति भएको छ ।
झापा, २९ बैशाख । झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट वैशाख २८ गते लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ती गाउँपालिका-३ बुधबारे बजार स्थितबाट इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले सोहि स्थानका ३३ बर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले रुपन्देहीको बुटवल नगरपालिका-३ की २५ बर्षीया निर्मला थापालाई ५ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर महानगरपालिका-१५ र १६ स्थितबाट धरान उप-महानगरपालिका-१२ का २९ बर्षीय बसन्त तामाङलाई ब्राउन सुगर २…
झापा, २९ बैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ। गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाई छ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। उँभोको…
झापा, २९ बैशाख । भारतीय राज्य छत्तीसगढको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा बाङ्गोलीमा गएराति सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार दुर्घटनामा मृत्यु हुने सबै जना बच्चा जन्मेपछि आयोजित छठी महोत्सवबाट फर्किरहेका थिए। जिल्ला कलेक्टर गौरव सिंहले भने, ‘खरोराको बाना गाउँमा पारिवारिक कार्यक्रमबाट मानिसहरू फर्किरहेका थिए। मृतकहरू सबै माज्दा गाडीमा सवार थिए, जुन ठूलो ट्रेलर गाडीसँग ठोकियो। अहिलेसम्म १३ जनाको मृत्यु भएको खबर आएको छ।’ दुर्घटनामा दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन्, जसलाई रायपुरको सरकारी अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले मृत्यु हुनेको संख्या बढ्ने सम्भावनालाई अस्वीकार गरेको छैन। प्रहरीका अनुसार रायपुरको विधान सभा प्रहरी चौकी…
झापा, २९ बैशाख । आज २५६९ औँ बुद्ध जयन्ति मनाइँदैछ । शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९ औँ जन्म जयन्ती नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। बुद्ध जन्मजयन्तीका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिपूर्वक बुद्धजयन्ती मनाउँछन्। बुद्ध जयन्तीमा बुद्धको पूजा, आराधना एवं प्रवचन गर्ने गरिन्छ। इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको छोराका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो। उमेर बढ्दै जाँदा उनी मानिसका दुःख देखेर चिन्तित बने। दुस्खको निवारणको उपाय खोज्दै २९ वर्षको उमेरमा उनी दरबार…
भोजपुर, २९ बैशाख । भोजपुरको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित हतुवागढी आँखा उपचार केन्द्र घोडेटारको आयोजनामा भएको सो शिविरमा ३०५ जनाले आँखा जाँचको सेवा लिएका थिए । शिविरमा मोतीबिन्दु र मासु पलाएको समस्याको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको थियो । विराटनगर आँखा अस्पताल रानीले प्राविधिक सहयोग गरेको शिविरमा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई पायक पर्ने स्थानमै उपचार गर्न पाउँदा राहत मिलेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । उनले भने, “आर्थिक अवस्था कमजोर भएर अन्यत्र उपचारमा जान नपाएका पालिकावासीलाई स्थानीयस्तरमै सञ्चालन हुने…