
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कनकाई, ४ जेठ । झापा कनकाई नगरपालिका–३ का जेन्जी अगुवा युवा अभियान्ता दिवश कार्कीको नेतृत्वमा वृहत साताव्यापी सरसफाई महाअभियानको आज समापन गरिएको छ । आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी सरसफाई सचेतना अभियानको समापन गरिएको जानकारी दिइयो । कार्कीको संयोजकत्वमा एक सातासम्म भएको सरसफाईमा अभियानका २० बढी युवा, इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोली र युवा नेता रमेशचन्द्रबाबु मैनाली सहितको टोलीको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा सरसफाई अभियानका क्रममा भोग्नुपरेका तिता मिठाअनुभव समेत सुनाइएको थियो । ‘यो अभियान हामीले सुरु गरिदिएका हौ । सुरुङ्गा र कनकाई नगरपालिकामा रहेका अन्य संघ संस्थाले समेत यस अभियानलाई निरन्तता दिनुपर्यो’, अभियानकर्मी दिवश कार्कीले…
भद्रपुर, ४ जेठ । झापाको भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान तथा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन नेपाल तथा भद्रपुर नगरपालिकाको त्रिपक्षीय साझेदारीमा सञ्चालन भइरहेको “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम भद्रपुर नगरपालिका समाजिक विकास शाखाको आयोजना र भद्रपुर सहयात्री संस्थाको समन्वयमा भएको हो । स्थानीय अपाङ्गता समन्वय समितिकी संयोजक तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । नगर प्रमुख गणेश पोखरेलले ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो भने सामाजिक विकास शाखा प्रमुख जीवनकला…
झापा, ४ जेठ । झापाबाट अवैध रूपमा भारततर्फ लैजान लागिएको स्याउ बरामद गरिएको छ । आइतबार दिउँसो करिब २ः५० बजे झापा गाउँपालिका–१ बिलाईतिबारीस्थित बारुद्धिन शेखको घरमा नेपालबाट भारततर्फ लैजानका लागि स्याउ लुकाईछिपाई राखिएको भन्ने विशेष सूचनाको आधारमा सुरक्षा निकायले छापा मारेको थियो । सशस्त्र प्रहरी बल नेपाल को बीओपी टाघनडुब्बाबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय कुमरखोद बाट खटिएको संयुक्त टोलीले घरमा लुकाईछिपाई राखिएको बिलबिजकविहीन ५४ कार्टुन स्याउ बरामद गरेको हो । बरामद गरिएको स्याउको तौल १ हजार ८० किलोग्राम रहेको छ भने यसको अनुमानित मूल्य ३ लाख २४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
झापा, ४ जेठ । झापाको मेचीनगरमा रहेको एक उद्योगमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आइतबार साँझ करिब ८ः३० बजे झापाको मेचीनगर नगरपालिका–१३ कालिरोडस्थित मित्तल एग्रो प्रालिमा अचानक आगलागी भएको हो । बिर्तामोड–३ का दिपेन्द्र कुमार अग्रवालले सञ्चालन गर्दै आएको उक्त उद्योगमा आगलागीबाट चामल तथा मकैको च्याख्ला बनाउने मेसिन पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनाबाट अनुमानित ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी, उद्योगका कामदार तथा स्थानीयको सहयोगमा राति करिब ९ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको…
झापा, ४ जेठ । झापामा प्रहरीले सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ । सिटी सफारी चोरीमा संलग्न तीन जना, चोरीको सामान खरीद गर्ने सात जना, चोरी गरिएका सात वटा सिटी सफारी, २० वटा ब्याट्री र एक वटा चार्जिङ कन्ट्रोलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । करिब रू २१ लाख ५५ हजार बराबरको सामान बरामद गरिएको उहाँले बताउनुभयो । प्रहरीले मेचीनगर–७ गैरीगाउँका २२ वर्षीय अभिषेक चौधरी (रूपक कुमार सरदार), बिर्तामोड–७ मियाँबारीका ३१ वर्षीय मोहम्मद सलिम, मेचीनगर–१० ताराबारी धाइजनढाँटका ३० वर्षीय अभिषेक उराउलाई पक्राउ गरेको छ । चोरी भएका सिटी…
झापा, ४ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात…
झापा, ३ जेठ । झापाको गौरादह नगरपालिका–२ सिटिया टोलस्थित बाटोछेउको पैनीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ करिब ४ः४५ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका–५ मौलीबारी स्थायी घर भई हाल विगत ७ वर्षदेखि छोरी सविना हस्दाको घरमा गौरादह–२ लोदावारीमा बस्दै आएका ६० वर्षीय बाबुराम हस्दा पैनीमा घोप्टो परेर लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए । स्थानीय चक्रबहादुर राई र शिरुलाल ताजपुरिया लगायतले जीवित छन् कि भन्ने उद्देश्यले तत्काल उनलाई पैनीबाट बाहिर निकालेका थिए । तर, जाँच गर्दा उनको मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ। घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर साँझ ६ः२५ बजे कानुनी प्रक्रिया…
झापा, ३ जेठ । झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनावारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान करिब १०ः३० बजे दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे.४ प ७१९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक कनकाई नगरपालिका–४ निवासी ३५ वर्षीय मनोज कुमाल गम्भीर घाइते भएका थिए । घाइते कुमाललाई उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा साँझ ७ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कनकाई नगरपालिकाको हे साइलेज प्रबद्र्धन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना ! ?? ?????? ?????
कनकाई नगरपालिकाको आयुर्वेदिक औषधि खरीद सम्बन्धी विद्युतीय शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना !
कनकाई नगरपालिकाको आयुर्वेदिक औषधि खरीद सम्बन्धी विद्युतीय शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना !