
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १७ मंसिर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले ६ हजार २८० मतका साथ अग्रता कायम राखेका छन् । जितनजिक पुगेपछि यहाँ माओवादी कार्यकर्ताहरूले अबिर जात्रा सुरु गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४ हजार ७११ मत ल्याएका छन् । नेकपा एमालेका तुलसी राम विश्वास ३ हजार २६६ मतसहित तेस्रो स्थानमा छन् ।
झापा, १७ मंसिर । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु ४४० मतका साथ विजयी बनेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धबहादुर लिम्बुले ३६० मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जीव खड्काले ३८ मत, नेकपा माओवादी केन्द्रका कुमार विश्वकर्माले २६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर श्रीपालीले ४ मत प्राप्त गरेका छन् ।
ताप्लेजुङ, १७ मंसिर । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेकी उम्मेदवार कुमारी सावादेन विजयी हुनुभएको छ । उहाँ ३५३ मतका साथ विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले २५२ मत ल्याउनुभयो । कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले ५४, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेलले ७ मत मात्र प्राप्त गर्नुभएको छ ।
झापा, १७ मंसिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मंगलबार देशभर मौसम मुख्यतया सफा रहने छ । बुधबार भने कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
मोरङ, १७ मंसिर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता कायम राखेका छन् । उनले ५ हजार ६०७ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४ हजार १६७ मत ल्याएका छन् । नेकपा एमालेका तुलसी राम विश्वास २ हजार ७४१ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाका दिनेशकुमार थन्दारले ४३६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले २ सय ७३ मत ल्याएका छन् ।
ओखलढुंगा, १७ मंसिर । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार गंगाबहादुर तामाङले ३९९ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेसका घनश्याम दाहालले १७७ मत पाए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले १५१, माओवादीका मानबहादुर सुनुवारले २३ मत पाए । वडामा १३२५ मतदाता रहेकामा ७६८ मत खसेको थियो । यसअघि यस स्थानमा कांग्रेसका गोपीकृष्ण कार्की ३८४ मत पाएर विजयी भएका थिए ।
दैलेख, १७ मंसिर । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ मा नेकपा एमाले विजयी भएको छ। एमालेका लालबहादुर शाही ५ सय ७४ मत ल्याएर निर्वाचित भएका हुन्। कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत ल्याए। उनीहरूको मतान्तर जम्मा ३ मतको छ। निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले २७८ मत ल्याए। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, नेपाल मजदुर किसान पार्टीका पूर्णबहादुर उपाध्यायले ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्ले १३ मत प्राप्त गरेका छन्। ३३ मत बदर भएका छन्। यस वडामा यसअघि पनि नेकपा एमालले चुनाव जितेको थियो।
झापा, १७ मंसिर । गोरखाको गोरखा नगरपालिका–५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका विष्णुबहादुर मगर ४८६ मत ल्याएर विजयी भए । नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत ल्याए। एमालेका दुर्गामाया थापाले ३४५ ल्याइन। यसअघि यो वडा नेकपा एमालेले जितेको थियो। आइतबार सम्पन्न उपचुनावमा भने एमालेबाट माओवादीले यो वडा खोसेको हो। बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीका रूपेश मगरातीले १० मत मात्र पाएका छन्।
सन्तोष शर्माबनियानी, १७ मंसिर । झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ । आज भएको उपनिर्वाचनमा चापालक चुनाव चिह्न लिएर उठ्नुभएका ५५ वर्षीय स्वतन्त्र उम्मेदवार ओली चार सय ९३ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिनुभयो । उहाँका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ५७ वर्षीय तुलराम बस्नेतले तीन सय ५६ मत प्राप्त गर्नुभएको छ । हालै सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसका ४५ वर्षीय राम गोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र)का ४९ वर्षीय गणेशबहादुर थापाले दुई सय ७७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५९ वर्षीय नारायणप्रसाद निरौलाले २६…
बिर्तामोड, १६ मंसिर । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित कटहरबारी हुँदै हल्दीबारी जोड्ने सडकमा कालो पत्रे सुरु गरीएको छ ।एक हजार २३७ मिटर सडकमा आजदेखि कालोपत्रे गर्ने काम सुरु गरीएको हो । बिर्तामोडमा महिला मेयर भएकै कारण शहरी विकास मन्त्रालयले दिएको सघन सहरी विकास कार्यक्रम अन्तर्गत १३ करोड रुपैयाँबाट उक्त सडक कालोपत्रे गरीएको हो । यस रकमबाट ६ वटा सडकको स्तरोन्नती र एउटा भवन निर्माण हुँदै छ । ७ वटै योजनाको एकमुष्ठरुपमा शान्ति उद्धेश्य निर्माण सेवाले भ्याटबाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर काम गरीरहेको छ । यो सडकमा भोलि काम सम्पन्न हुने र मंगलबार देखि वडा नम्बर…