jhapaonline add

ताप्लेजुङ, १२ मंसिर । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारतका भक्तजन आउने गरेका पाथीभरामा पछिल्लो समयमा अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्डलगायत मुलुकहरूबाट पनि पर्यटक आउन थालेका क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार मात्रै एक दर्जन बढी विदेशी नागरिक पाथीभरा आएका छन् । नेदरल्याण्डसहित अन्य ठाउँबाट आएका पर्यटकहरूले पाथीभरामा पूजाआजासँगै यहाँबाट देखिने हिमालको अवलोकन गरेर रमाएका उहाँको भनाइ छ । मङ्गलबार…

Read More

गोरखा, १२ मंसिर । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा वर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलित बिच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्, उहाँले भन्नुभयो, ‘‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित वीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’’ पालिका भित्रका सबै वडामा दलित र गैह्रदलित बिच विवाह भएका…

Read More

झापा, १२ मंसिर । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रबारदेखि युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो । १५ सदस्यीय नेपाली टोलीको बुधवार त्यसतर्फ प्रस्थान गरेको हो । केही दिनअघि भारतको कनार्टक यु १९ सँगको ५ खेलको सिरिजको प्रदर्शनको आधारमा अन्तिम टोली तयार गरिएको थियो । क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । नेपाली युवा टोलीको कप्तानमा सिनियर टोलीका लागि खेलिसकेका तीव्र गतिका बलर हेमन्त छन् । एसिया कप प्रतियोगिता मङ्सिर १४ देखि २३ गतेसम्म हुनेछ । एसिया कपमा नेपालको…

Read More

मोरङ, १२ मंसिर । मोरङमा डुबेर एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनपालथान गाउँपालिका–६ नुनिया टोल बस्ने भारत मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको पोखरीमा डुबेर मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Read More

झापा, १ मंसिर । झापाको बिर्तामोडस्थित रामचोकमा आज साँझ दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । आज साँझ करिब ६ बजे बिर्तामोड–२ रामचौकस्थित पूर्वपश्चिम राजमार्गमा चारपानेबाट मुक्ति चौकतर्फ आउँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक शिवसताक्षी नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी उनलाई बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उनलाई थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा राति ८ः१५ बजे डाक्टरले मृत घोषणा गरेको थियो ।

Read More

शिवसताक्षी, १ मंसिर । झापाको शिवसताक्षीमा फेस नेपाल होप एण्ड ट्रान्सफर्मेसन शिवसताक्षीद्वारा आयोजित शिवसताक्षी म्योराथनमा खुला तर्फ बझाङका करण रावल प्रथम भएका छन् । जसको दोस्रो स्थिनमा ताप्लेजुङका रमेश लिम्बु, तेस्रो स्थानमा स्याङजाका धनमान मानन्धर रहेका छन् । त्यस्तै खुला महिला तर्फ प्रथम इन्द्रकला नेम्वाङ, दोस्रो स्थानमा पुष्पा सर्मा लिम्बु, तेस्रो स्थानमा कुनकला राई रहेको आयोजक समितिका सल्लाहकार समिति सदस्य दुर्गा नेम्वाङले जानकारी दिए । प्रतियोगिताको भेट्रान तर्फ पुरुषको अभिनारायण अधिकारले प्रथम स्थान, विजयकुमार राईले द्वितीय स्थान र लक्ष्मण अधिकारी तृतीय स्थान प्राप्त गरेका छन् । त्यस्तै भेट्रान महिला तर्फ जमुना लिम्बु प्रथम, कुशुम लिम्बुले द्वितीय स्थान प्राप्त गरेको आयोजक…

Read More

झापा, १ मंसिर । मोरङको पथरीशनिश्चरे–२ स्थित सुनझोडा पुलमा गिट्टी बोकेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिम राजमार्गअन्तर्गत बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्वतर्फ गइरहेको २० प ६०७ नम्बरको मोटरसाइकललाई दिउँसो २स्३० बजेतिर ठक्कर दिएको थियो। दुर्घटनामा पथरी शनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पथरी शनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतम गम्भीर घाइते भएका थिए। घाइतेहरुलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिए पनि दिउँसो ३ः२० बजेतिर उपचारका क्रममा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

झापा, १ मंसिर । भन्सार छलेर अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सात बोरा कपडा प्रहरीले बरामद गरेको छ । आज दिउँसो बिर्तामोड–५ महानन्द चोकमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश शनिश्चरेबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोइरालाको कमाण्डमा चेकप्वाइन्ट टोलिले काँकडभिट्टाबाट बिर्तामोडतर्फ जादै गरेका विभिन्न सवारी साधन चेक जाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको २ लाख ५० हजार रुपैयाँ बराबरको ७ बोरा विभिन्न किसिमका कपडा बरामद गरिएको हो । बरामद कपडा भन्सार बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदन कुमार रसाइलीले जानकारी…

Read More

बैंकक (एजेन्सी) । थाइल्यान्डमा एक वृद्ध महिलाले आफ्नै घरभित्र जेलको कोठा बनाएकी छिन् । लागू पदार्थको दुर्व्यसनी र जुवाडे छोराबाट आफूलाई बचाउन महिलाले यस्तो उपाय अपनाएकी हुन् । २० वर्षसम्म दुर्व्यसनीमा फँसेको छोराले के गर्ला भन्ने भयमा बाँचेकी थाइल्यान्डको बुरिराम प्रान्तकी ६४ वर्षकी महिलाले आफू र आफ्नो छिमेकीलाई जोगाउन कसैले नसोचेको उपाय अपनाएकी छिन् । हालै मात्र महिलाले ठेकेदारलाई ४२ वर्षीय छोरा आक्रामक बनेपछि थुन्नका लागि भनेर घरभित्र जेलको कोठा बनाउन लगाइन् । वर्षौदेखि आफूले छोरालाई बचाउनका लागि सकेको सबै गरेको पनि महिलाले प्रहरीलाई भनेकी छिन् ।

Read More

भारत, १ मंसिर । भारतको उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा गए राति भीषण आगलागी हुँदा १० बालबालिकाको मृत्यु भएको छ । झाँसी जिल्ला मजिस्ट्रेटले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ । समाचारअनुसार मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियु) मा आगलागी भएको हो। केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनामा थप ३७ जना नवजात शिशु घाइते भएका छन् । १८ शय्या रहेको एनआइसियुमा ४९ जना नवजात शिशुलाई राखिएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।

Read More