jhapaonline add

मोरङ, ७ चैत । मोरङको बेलबारी नगरपालिका–१ स्थितमा श्रीमतीको हत्या गरी श्रीमान आफैले घाटी रेटी हत्या गरेका छन् । हिजो दिउँसो साढे १ बजे स्थानीय ६० बर्षीय बमबहादुर लिम्बुले आफ्नै श्रीमती ४५ बर्षीय गीता लिम्बुलाई धारिलो हतियार दाउले शरीरको विभिन्न भागमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी लिम्बुले समेत सोही दाउले आफ्नै घाँटी रेटी घाइते भई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्‍याउन साथ मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

ताप्लेजुङ, ७ चैत । ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुई वटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुवै घरका नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सात वटा घर जलेका उक्त कार्यालयले जनाएको छ ।

Read More

देवेन्द्र किशोर ढुङगाना फुर्सत छैन कसैलाईकसैका लागि आजकलबेशर्म छ दुनियाँ बढ़ीघातक छ आजकलमतलबि छ दुनियाँकहाँ छ यहाँ उसूल जो,कागति चूसेर फ़्याके झैमिल्काई दिन्छन आजकलशान निकाल्नको फुर्सतकसैलाई छ अधिक ,मिलन पछि बिछोड़को पीड़ालेगर्यो किनारा आजकलकसैलाई पाउनु भाग्य ठान्नेचलन छ संसारमा ,त्यही भावले नै फुर्सतनिकाले आजकलअहंमको नशामा हरेकभई रहे छ बेसुर ,मान्यजनलाई आदर गर्नेफुर्सत छैन आजकलखायो जुन थालीमाउसैमा गरे छेद बेशर्म,फुर्सत छैन मानिसलाईइज्जतको डर आजकलअसली मुहार आफ्नैपहिचान गर्न छैन फर्सत,भूलेर बसेका छन कोहीअस्तित्व आफ्नो आजकल”सोच हरेक मनिसले कहिलेमार खान्छन पल्टेर ,फुर्सत छैन कसैको पनिअरुको लागि आजकल lभद्रपुर, झापा

Read More

सन्तोष शर्माकनकाई, ७ चैत । झापाको कनकाई नगरपालिकाको न्यायिक समितिमा आउने उजुरीको संख्या अहिले न्यून छ । यसको अर्थ यहाँ उजुरी नै नआउने भन्ने होइन । कारण हो– नगरले यहाँका वडामा रहेका मेलमिलाप केन्द्रलाई सबल र सक्षम बनाउनु । वडास्तरीय मेलमिलाप केन्द्रलाई सबल बनाउन विभिन्न तालिमका साथै बेला–बेलामा अनुगमन गर्ने गरिएको कनकाई नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक आशा शर्मा शिवाकोटी बताउनुहुन्छ । हालै फाइल व्यवस्थापन कसरी भन्ने तालिमसमेत दिइएको उहाँले बताउनुभयो । स्थानीयस्तरमै समाधान हुन सक्ने स–साना विषयका उजुरीले नगरको न्याय समितिमा आउँदा चाङ लाग्ने भएकाले वडामा रहेका मेलमिलाप केन्द्रलाई सबलीकरणमा विशेष ध्यान दिइएको उहाँले बताउनुभयो । “घरायसी झगडा,…

Read More

सन्तोष शर्माझापा, ६ चैत । निर्यातजन्य वस्तुको मुख्य हिस्सा बन्दै गएको भेनियर उद्योग संकटमा परेको भन्दै भेनियर उत्पादक संघले सरकार समक्ष तीन बुँदे माग राखेको छ । जिल्ला प्रशासन कार्यालय झापामार्फत् आज प्रधानमन्त्रीलाई संघले तीन बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाएसँगै संघले आज मेचीनगरमा पत्रकार सम्मेलनको आयोजना गरी भेनियर उद्योग संकटमा परेकाले उचित मागसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको जनाएको छ । संघका अध्यक्ष दिपक पाण्डेले दिन प्रतिदिन व्यवसायी पलाउनको अवस्था सिर्जना भइरहेको अवस्थामा निकासी कर बढाएर २० रुपैयाँ बनाउन प्लाइउड उद्योगीले लभिङ गर्नु दुःखद् भएको बताउनुभयो । उहाँले यो विषयलाई भेनियर व्यवसायीमाथि आक्रमणको रुपमा हेरिएको उल्लेख गर्नुभयो…

Read More

सोलुखुम्बु, ६ फागुन । सोलुखुम्बुको सोताङ गाउँपालिका–३ नागेन चौर घोपुस्थित हुङ्गाखोलामा ढुङ्गाले किचेर एक जनाको मृत्यु भएको छ । आज बिहान साढे १० बजे घोपुबाट कुङ्लितर्फ जाने झोलुङ्गे पुल निर्माण गर्न जिप खन्ने क्रममा माथीबाट खसेको ढुङ्गाले किच्दा स्थानीय ४५ वर्षीय तुलाबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय सोताङबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

संखुवासभा, ६ चैत । संखुवासभाको चैनपुर नगरपालिका–६ जिरो पोइन्टस्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा बसले किचेर सहचालक धनकुटा नगरपालिका–६ पात्लेखोला का ३० वर्षीय मनोज खड्काको मृत्यु भएको छ । आज बिहान साढे ७ बजे नुनढाकीबाट इटहरीतर्फ जाँदै गर्दा को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडिको टायरले किचेर सहचालक खड्का गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । बस र चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, ६ चैत । झापाको बिर्तामोड नगरपालिका–४ मुनाल टोलस्थितबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे स्थानीय २५ वर्षीय सन्जोग इङनामले प्रयोग गर्दै आइरहरको पल्सर १५० सीसीको कालो–निलो रंगको मे ८ प १७७० नम्बरको मोटरसाइकल घर अगाडि पार्किङ गरी राखेको ठाउँबाट बिर्तामोड नगरपालिका–५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको थियो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More

कनकाई, ६ चैत । झापाको कनकाई नगरपालिकाका कृषकले करिब एक करोड ५० लाख बराबरको तरकारी उत्पादन गरेका छन् । नगरले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग–सहजीकरण गर्न थालेसँगै यहाँका कृषिक तरकारी खेतीमा आकर्षित भएका छन् । जसको फलस्वरुप रू एक करोड ५० लाख बराबरको विभिन्न प्रकारका तरकारी उत्पादन भएको कनकाई नगरपालिका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिनुभयो । “विभिन्न कृषक समूह बनाएर आइपीएम तालिम दिएका छौं”, उहाँले भन्नुभयो, “तालिम लिएसँगै कृषकहरुले तरकारी खेती गरिरहेका छन् ।” विषादीको प्रयोगले उपभोक्तामा गम्भीर असर पर्ने थाहा पाएसँगै यहाँ कृषक विषादीरहित तरकारी उत्पादन लागेको उहाँको भनाइ छ । नगरपालिकाले दिएको तालिमले कृषकले गुणस्तरीय तरकारी…

Read More

झापा, ६ चैत । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको गएराति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए । स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी रहेका छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए । उनका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।

Read More