jhapaonline add

बिर्तामोड, ३ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा शिवाकोटीले पार्टीको केन्द्रीय समितिले १८ देखि ३५ वर्ष उमेर समूहका युवा तथा महिलालाई प्राथमिकतामा राखेर अवसर दिने ऐतिहासिक निर्णय गरेको बताउनुभएको छ।नेपाल महिला संघ झापाको आयोजनामा आज बिर्तामोडमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले जनप्रतिनिधि तथा पार्टीका विभिन्न जिम्मेवारीमा पुग्न महिलाले आत्मविश्वासका साथ अघि बढ्नुपर्ने र आफ्नो क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो।उहाँले पार्टीमा निरन्तर संघर्ष, सक्रियता र जनतासँगको सम्बन्धका आधारमा मात्रै अवसर प्राप्त हुने उल्लेख गर्दै नेतृत्वको चाकडीभन्दा क्रियाशील सदस्य र जनताको मन जित्ने कार्यमा केन्द्रित हुन आग्रह गर्नुभयो। पार्टीको नीति नै जनताको विश्वास जित्नेलाई नेतृत्वमा पुर्‍याउने भएकाले जनमुखी…

Read More

भद्रपुर, ३ साउन । जिल्ला प्रशासन कार्यालय झापाले लगातार भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार कोशी प्रदेशका विभिन्न स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ। झापा पनि उच्च जोखिममा रहेकाले बाढी, डुबान र पहिरोजस्ता मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो। प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न तथा भारी वर्षाका बेला सवारीसाधन सञ्चालन वा यात्रा गर्नुपरे सुरक्षा निकायसँग समन्वय गरेर मात्रै आवागमन…

Read More

झापा, ३ साउन । झापाको शिवसताक्षी उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। अध्यक्षमा अग्निप्रसाद दुलाल सर्वसम्मत निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोजराज ढकाल, उद्योग उपाध्यक्षमा सुबोधकुमार शाह, वाणिज्य उपाध्यक्षमा तेजनाथ घिमिरे, महासचिवमा विनोद सापकोटा, उद्योग सचिवमा कमल विक, वाणिज्य सचिवमा जितेन्द्रकुमार शाह तथा कोषाध्यक्षमा खनिमाया श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै, खुला सदस्यमा मनबहादुर श्रेष्ठ, युवराज थापा, अशोक बस्नेत, लीलाबहादुर जोशी, प्रेमध्वज जबेगु र धनकुमार ढकाल तथा महिला सदस्यमा सीता बास्कोटा र सरस्वता श्रेष्ठ निर्विरोध चयन भएका छन्। निर्वाचन समितिका संयोजक सुमन काफ्लेले विधान र स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार सम्पूर्ण प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत रूपमा…

Read More

विराटनगर, ३ साउन । मोरङको कानेपोखरी गाउँपालिकास्थित सावायेहाङ किरात महिम मन्दिरबाट चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–७ का ३१ वर्षीय दिवश दर्जी, २६ वर्षीय विवेक विश्वकर्मा र १८ वर्षीय अर्जुन दर्जी रहेका छन्। प्रहरीका अनुसार साउन १ गते राति करिब ११ बजे कानेपोखरी चोकमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले चेकजाँचका क्रममा को ३४ प ५७७९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई शंकाको आधारमा रोकेको थियो। सोधपुछ र खानतलासीका क्रममा चोरीका सामग्री फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले उक्त सामग्री सावायेहाङ किरात महिम मन्दिरबाट चोरी गरेको…

Read More

भद्रपुर, ३ साउन । झापामा गत आर्थिक वर्ष २०८२र०८३ मा भएका विभिन्न प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने रु २२ करोड ७४ लाख ६० हजार ९ सय ५९ बराबरको धनमालको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लाभर ३५९ वटा विपद्का घटना अभिलेख भएका छन्। ती घटनामा ३७ जना घाइते भएका छन्। प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी १५६ वटा आगलागी, ९४ वटा जङ्गली हात्ती तथा अन्य वन्यजन्तुको आक्रमण, ५२ वटा हुरी, ३५ वटा बाढी तथा डुबान र २२ वटा चट्याङका घटना भएका छन्। विपद्का कारण आगलागीमा दुई जना, जङ्गली जनावरको आक्रमणबाट…

Read More

झापा, ३ साउन । फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकप–२०२६ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । इंग्ल्यान्डविरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गरेसँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्‍याएका हुन् । यद्यपि उक्त खेलमा फ्रान्स ६–४ गोलअन्तरले पराजित हुँदै चौथो स्थानमा सीमित भयो भने इंग्ल्यान्डले तेस्रो स्थान हासिल गर्‍यो । इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल थपेपछि एमबाप्पेले विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या २२ पुर्‍याएका छन्। यससँगै उनले अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई पछि पार्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको सूचीमा अग्रता बनाएका छन्। मेसीको नाममा हाल २१ गोल रहेको छ। यद्यपि उनले स्पेनविरुद्धको फाइनल खेल खेल्न बाँकी…

Read More

झापा, ३ साउन । फिफा विश्वकप–२०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै प्रतियोगिता तेस्रो स्थानमा टुंग्याएको छ। मियामी स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफमै ४–० को सशक्त अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा फ्रान्सको पुनरागमन प्रयासलाई निष्फल पार्दै प्रभावशाली जित निकालेको हो। इंग्ल्यान्डका लागि बुकायो शाका नायक बने। उनले ह्याट्रिक पूरा गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। खेलको तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि १८औँ मिनेटमा कोन्शाले हेडमार्फत दोस्रो गोल गरे भने ३७औँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा शाकाले लगातार दुई गोल गर्दै पहिलो हाफमै इंग्ल्यान्डलाई ४–० को अवस्थामा पुर्‍याए।…

Read More

झापा, ३ साउन । सरकारले बाढी, पहिरो र डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रभावित जिल्लामा जोखिमको अवस्था मूल्याङ्कन गरेपछि मात्रै सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले देशका २१ जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार सम्भावित बाढी र पहिरोको उच्च जोखिम रहेका सडकखण्डमा नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै सवारी सञ्चालनमा रोक लगाइएको हो। “पहिरोको उच्च जोखिम भएका क्षेत्रमा सवारी सञ्चालन नगर्न आग्रह गरेका थियौँ,” उनले भने, “आज पनि मौसम र सडकको वास्तविक अवस्थाको मूल्याङ्कन…

Read More

झापा, ३ साउन । देशभर मनसुनको प्रभाव थप सक्रिय बनेसँगै जल तथा मौसम विज्ञान विभागले आज विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा औसत स्थानभन्दा केही माथि तर पूर्वी क्षेत्रमा औसत स्थानकै आसपास रहेकाले देशभर मनसुनी गतिविधि सक्रिय बनेको हो। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात…

Read More

इलाम, २ साउन । अविरल वर्षाको पूर्वानुमानपछि इलाम जिल्लामा दुई रात सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय इलामले शुक्रबार सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानका आधारमा साउन २ र ३ गते बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभित्रका सबै सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको जनाएको हो । प्रशासनका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। इलाम जिल्ला पनि उच्च जोखिम क्षेत्रमा परेकाले जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । यो…

Read More