
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, १५ जेठ । झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा टोलबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार साँझ उक्त स्थानमा लागुऔषध कारोबार भइरहेको ण्भन्ने विशेष सूचनाको आधारमा लागूऔषध ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो । बिर्तामोड–४ स्थित शर्मिला गुरुङको घरमा डेरा गरी बस्दै आएका व्यक्तिहरुको कोठाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको हो । डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक बाहेक उक्त पदार्थ ३ ग्राम ७०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा झापा गाउँपालिका–५ बस्ने अन्दाजी ३५ वर्षीय मिलन कुमार राजवंशी र उनकी श्रीमती कनकाई नगरपालिका–७…
शिवसताक्षी, १५ जेठ । झापा शिवसताक्षीको दुधेमा जारी चौथो कर्णबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल आयोजक दुधे भेट्रान क्बल र झिलझिले भेट्रान क्लब बीच हुने भएको छ । बिहीबार भएको दोस्रो सेमी फाइलन खेलमा दमक लखनपुर भेट्रान क्लबलाई २–१ गोल अन्तरले हराएसँगै फाइनल खेल झिलझिले भेट्रान क्लबसँग खेल्ने पक्का भएको हो । सुरुदेखि नै रोमाञ्चक बनेको खेलमा दुधेले पहिलो हाफमा बनाएको अग्रता नै जितको आधार बन्यो। पहिलो हाफमा दुधे निकै आक्रामक देखिएको थियो। घरेलु समर्थकको उत्साहबीच दुधेले दमकमाथि लगातार दबाब बनायो। खेलको २१ औं मिनेटमा मोहन तामाङले उत्कृष्ट गोल गर्दै दुधेलाई अग्रता दिलाए। त्यसको तीन मिनेट नबित्दै २४ औं…
झापा, १५ जेठ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने तराई भू–भागमा आंशिक बदली भएको छ । कोशी,बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी र बागमती…
झापा, १४ जेठ । झापाको बाह्रदशी गाउँपालिकामा ट्रयाक्टरबाट लडेर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । गत जेठ १० गते दिउँसो बाह्रदशी गाउँपालिका–३ स्थित गणेश गिरीको घर आँगनमा मे १ त ६२६८ नम्बरको ट्रयाक्टरमा बालुवा अनलोड गर्ने क्रममा सोही ट्रयाक्टरमा कार्यरत वर्ष ३३ का शिवलाल हेमरम अचानक ट्रयाक्टरबाट लडेर घाइते भएका थिए । लड्दा उनको पेटमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते हेमरमलाई तत्काल स्थानीय राजगढ मेडिकलमा उपचार गराइएको थियो । प्रारम्भिक उपचारपछि चोट सामान्य देखिएकाले डिस्चार्ज गरिएको थियो । तर, जेठ १२ गतेदेखि पेट दुखाइ बढेपछि उनलाई थप उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको…
बिर्तामोड, १४ जेठ । झापाको बिर्तामोडमा घरायसी विवादका क्रममा खुकुरी प्रहार हुँदा आमा–छोरी घाइते भएका छन् । बिर्तामोड नगरपालिका–१ वरपिपलका ३६ का बुद्धिलाल मुर्मुले आज बिहीबार बिहान अन्दाजी १०ः३० बजे घरायसी विवादका क्रममा आफ्नी श्रीमती वर्ष अन्दाजी ३५ की मला मर्डी र छोरी वर्ष अन्दाजी १५ की बिनिता मर्डीमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका हुन् । घटनापछि आरोपित बुद्धिलाल मुर्मु फरार रहेका छन् । घटना भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट खुकुरी बरामद गरेको जनाएको छ । घाइते दुवै जनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ…
कनकाई, १४ जेठ । झापाको कनकाई नगरपालिका–६ स्थित जनपथ मार्ग कालोपत्रे हुन थालेको छ । कनकाई नगरपालिकाको ७० प्रतिशत र संघीय सरकारको ३० प्रतिशत लागतमा जनपथ मार्ग कालोपत्रे हुन थालेको हो । बहुवर्षीय योजना अन्तर्गत सडक निर्माण कार्य शुरु भएको नगरपालिकाका इन्जिनियर विशाल थेवेले जानकारी दिनुभयो । जनपथ मार्ग अन्तर्गत एक हजार आठ सय ३२ मिटर लामो र सात मिटर चौडा सडकको ठेक्का पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालि कनकाई–३ ले पाएको उहाँले बताउनुभयो । सडक निर्माणका लागि रू तीन करोड २६ लाख ८७ हजार आठ सय ९९.६५ मा ठेक्का आह्वान गरिए पनि भ्याट र पीएससहित रू तीन करोड सात लाख १४…
झापा, १४ जेठ । हावाहुरीका कारण झापाका दुई वटा पालिकाको केरा खेतीमा क्षति पुग्दा करिब रु चार करोड २० बराबरको क्षति पुगेको छ । झापाको बाह्रदशी गाउँपालिका–७ मा ६० बिघा क्षेत्रमा कृषकले लगाएको केरा खेतीमा क्षति पुग्दा करिब रु तीन करोड ६० लाख र झापा गाउँपालिका–३ मा १२ बिघामा लगाएको खेरा खेतीमा क्षति पुग्दा करिब ६० लाख बराबरको क्षति भएको हो । गत बैशाख ११ गते राति आएको हावाहुरीका कारण बाह्रदशी गाउँपालिका–७ स्थित बत्तिस बिघे क्षेत्रमा स्थानीयबासीले लगाएको करिब ६० बिघा केरा खेतीमा क्षति पुग्दा रु तीन करोड ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब…
झापा, १४ जेठ । बाढी पहिरोको जोखिम बढेपछि बीपी राजमार्गसहित देशका पाँच स्थानमा सडक अवरुद्ध भएको छ । बीपी रागमार्गसँगै कोसी, मध्यपहाडी, बेनी जोमसोम र हिल्सा सिमकोट सडक बाढीपहिरोको कारण अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सम्भावित बाढीको जोखिम बढेपछि खुर्कोट( नेपालथोक(कटुन्जेबेँसी भएर चल्ने गाडीलाई रोक लगाएको प्रहरीले जनाएको छ । त्यसैगरी सम्भावित पहिरोको कारण हिल्सा(सिमकोट सडक पनि बन्द भएको छ । उता बाढीपहिरोको कारण पाँचथरमा मध्यपहाडी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । त्यसैगरी, म्याग्दीमा बेनी–जोमसोम सडकखण्डमा अहिले एकतर्फी मात्रै गाडी चलेका छन् । भोजपुर र संखुवासभामा पनि मध्यपहाडी र कोसी राजमार्गमा बाढी पहिरोको कारण एकतर्फी मात्रै गाडी चलेका…
झापा, १४ जेठ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा देशको पूर्वी भूभागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ भने यतिबेला (बिहीबार बिहान) बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको छ । मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो र राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ । महाशाखाका अनुसार यस्तो छ मौसमको प्रक्षेपणदिउँसोः कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने तराईमा मौसम आंशिक बदली हुनेछ। कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान,…
झापा, १३ जेठ । झापाको गौरादह नगरपालिका–७ फगेटीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बुधबार साँझ करिब ५ बजे सजग एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत गौरादह–७ निवासी खड्ग चिमरियाका ४ वर्षीय छोरा आरोग्य चिमरियालाई घरमा झार्ने क्रममा किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसबाट ओराल्ने क्रममा बालक बसको चपेटामा परेका थिए । दुर्घटनापछि बस र चालक गौरादह–७ निवासी ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ । शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी साँझ ७ बजे पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको…