
बनियानी, झापा, ८ असार ः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुक पन्ध्र वर्षभित्र समृद्ध बन्न सक्ने बताउनुभएको छ ।
झापाको अर्जुनधारा नगरपालिकको दोस्रो नगरसभामा बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले मुलुक २५ वर्षमा समृद्ध हुन्छ भनिए पनि त्यति समय नलाग्ने बतानुभयो । ‘सबै एकजुट भएर लागे चाँडै समृद्धि हासिल गर्न सक्छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि १५ वर्षको समय काफी हुन्छ ।’

विकासको कार्यमा ढिला गरिनु नहुने बताउँदै उहाँले उहाँले भन्नुभयो, ‘विकासका गतिविधिमा सुस्ता भयौँ भने संघीयता स्थायित्व हुन सक्दैन ।’ राष्ट्र, राष्ट्रियता र समृद्ध राष्ट्र वर्तमान सरकारकै पालामा सम्भव हुनेमा उहाँले जोड दिनुभयो ।
‘तीनै तहको सरकारले पूर्णता पाएको छ’, उहाँले भन्नुभयो, ‘विकास हामीले गर्ने हो, बाहिरको कुनै पनि मानिस आएर हाम्रा लागि काम गरिदिँदैनन् ।’ जनप्रतिनिधिहरुले प्रशस्त अधिकार पाएकाले त्यसको सदुपयोग गरेर जनताको सेवा लाग्न उहाँले आग्रह गर्नुभयो ।
नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद बृख प्रधान, जिल्ला समन्वय समितिका सभापति सोम पोर्तेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
