झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सन्तोष शर्माझापा, २५ फागुन । झापामा प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तरगत बिहीबार भएको मतदानमा महिला मतदाताले बढी मतदान गरेका छन् । जिल्लामा पुरुषको तुलनामा २५ हजार दुई सय ६८ जना बढी महिला मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिनुभयो । जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा चार लाख ५७ हजार चार सय ३५ मत खसेको छ । जसमध्ये पुरुषको संख्या दुई लाख १६ हजार ८२ रहेको छ भने महिलाको संख्या दुई लाख ४१ हजार तीन सय ५० महिला मतदाता रहेका छन् । तीन जना अन्य समेत रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामा…

Read More

झापा, २५ फागुन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी र हिमाली क्षेत्रको आकाशमामा सोमबार बिहान साधारणतया बादल लागेको छ । देशका बाँकी स्थानको आकाशमा आंशिक बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी र बागमती प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ । यसैबिच आज काठमाडौँ उपत्यकामा…

Read More

झापा, २४ फागुन । कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व सफलता हासिल गरेको छ । २८ निर्वाचन क्षेत्रमध्ये १६ सिटमा विजय दर्ता गर्दै रास्वपाले झापा, मोरङ, उदयपुर र ओखलढुंगामा क्लिन स्वीप गरेको छ । झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली, झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, मोरङ–६ मा कांग्रेस नेता डा. शेखर कोइराला लगायतका शीर्ष नेताहरू आफ्नै गृह जिल्लामा पराजित भए । काँग्रेसले तेह्रथुम, सोलुखुम्बु र पाँचथरमा जित हात पार्दा श्रम संस्कृति पार्टीले खोटाङ, भोजपुर र सुनसरी–१ मा विजय हासिल गरेको छ। एमालेले ताप्लेजुङ, इलाम–२ र धनकुटामा जित निकालेको छ। बाँकी इलाम–१, संखुवासभा र सुनसरी–४ मा मतगणना जारी…

Read More

झापा, २४ फागुन । झापा जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब साढे चार लाख बराबरको क्षति भएको छ। भद्रपुरमा आगलागीमिति २०८२ फागुन २४ गते दिउँसो करिब १:१५ बजे भद्रपुर नगरपालिका–९ बुद्धटोलमा मंकरध्वज आङदेम्बेको जस्ताको छाना र बाँसको चित्राले बनेको एक तले भान्साघरमा चुलोबाट आगो सल्किँदा ठूलो क्षति भएको हो। आगलागीमा ग्यास सिलिण्डर, अन्नपात, लत्ताकपडा, भाँडाकुडा, साईकल, फर्निचर लगायतका सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन्। यस घटनाबाट करिब रु. ३,००,००० बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगो स्थानीयवासी, प्रहरी चौकी घोडामारा र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा करिब १:४५ बजे नियन्त्रणमा लिइएको थियो। गौरादहमा ग्वालीमा आगलागीत्यसै दिन राति करिब १२:३०…

Read More

झापा, २४ फागुन । गौरीगंज गाउँपालिका–६, भारु चोकस्थित एक घुम्ती किराना पसलमा आगलागी हुँदा ठूलो क्षति भएको छ। मिति २०८२ फागुन २४ गते दिउँसो करिब १ः३० बजे तुलसी साहको स्वामित्वमा रहेको जसता पाताले बनेको र टिनको छाना भएको एक कोठे किराना पसलमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो। इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोली, निर्वाचन प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो करिब २ः०५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिन सकिएको थियो। आगलागीबाट किराना पसल तथा भित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। यस घटनाबाट करिब रु २,०४,००० बराबरको क्षति भएको प्रहरीले जनाएको छ। मानविय वा चौपाय क्षति भने नभएको…

Read More

सुनसरी, २४ फागुन । सुनसरी जिल्ला निर्वाचन क्षेत्र न(१ मा हर्कराज रार्ई साम्पाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रम संस्कृति पार्टीको अध्यक्षसमेत रहनु भएका राईले ३५ हजार ७ सय ४१ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँ निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ ९सरिन०ले २७ हजार २ सय ४९ मत प्राप्त गर्नुभयो । यसैगरी नेकपा एमालेका टीकाराम लिम्बुले ६ हजार ४ सय ६३ मत, नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ र नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९ सय ७० मत प्राप्त गर्नुभयो ।

Read More

द्रोण अधिकारीझापा, २४ फागुन । दमकमा निर्माण सम्पन्न भएको भ्यूटावर नै केपी शर्मा ओलीको निर्वाचन २०८२ को हारको कारण हुन सक्छ भन्ने मत गएको साउनयता झापामा चर्चाको विषय बन्दै थियो । कसरी हारको कारण हुन सक्छ ? भ्यूटावर भन्ने प्रश्नमा तर्क गर्नेहरू देशका विकट ठाउँमा अस्पताल र विद्यालय बन्न जानु पर्ने वजेट खोसेर राजनीतिक दाउपेचका लागि झापाको दमकमा छरेपछि सयमले सजाय दिने अवस्था आउँछ भन्नेहरूको आवाज अहिले सार्थक जस्तै लाग्न थालेको छ । खासगरी भदौ २३ को विद्रोह र २४ को बिध्वम्सपछि ओलीमाथि प्रहार गर्ने आधारहरू मध्ये यस टावरलाई राजयकोष दुरूपयोगको आधारका रूपमा स्थापित गर्न रास्वपा सफल हुँदा झण्डै ५०…

Read More

झापा, २४ फागुन । ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रभावकारी नेतृत्व तथा व्यक्तित्व विकास विषयक तालिम बिर्तामोडमा सम्पन्न भएको छ । महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा सामाजिक सहभागिता बढाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो । वीरता जेसीजका अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगर प्रमुख पबित्रा महतारा प्रसाईं प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा नारी सञ्चार गृह झापा अध्यक्ष जेसी स्वस्तिका आचार्यले सहजीकरण गर्नुभएको थियो । तालिमका क्रममा आचार्यले प्रभावकारी नेतृत्व, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, सकारात्मक सोच तथा प्रभावकारी सञ्चार सीप सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो…

Read More

झापा, २४ फागुन । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाद्वारा ठुलो परिमाणमा अवैध भारतीय मदिरा सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ। फागुन २३ गते बुद्धशान्ति गाउँपालिका–७ वर्ने डाँडा इलाकामा सुरक्षा बेस टिमाईबाट खटिएको टोलीले बा.१५ च.१२९८ नम्बरको महेन्द्रा स्कार्पिओ गाडी चेकजाँच गर्ने क्रममा ३६ कार्टुन विभिन्न ब्राण्डका भारतीय मदिरा बरामद गरेको हो । बरामद मदिराको मूल्य रु १,७८,९५५ बराबर रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये सवारी चालक भोजपुर टेम्केमैयुङ गाउँपालिका–२ का ५२ वर्षीय गणेश कुमार राई र सामान धनी पाँचथर हिलिहाङ गाउँपालिका–२ का ४० वर्षीय शंकर प्रसाद प्रसाई रहेका छन् । बरामद मदिरा तथा सवारी साधन…

Read More

धनगढी, २४ फागुन । धनगढीमा गएराति श्रीमतीको हत्या गरी एक जना फरार भएका छन् । धनगढी उपमहानगरपालिका–७ को देवहरियाका ३६ वर्षका डम्मराज जोशीले श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेका हुन् । उनले सरस्वतीको टाउको धारिलो हतियार प्रयोग गरी हत्या गरेको र घटना लगत्तै फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमील्सिनाले जानकारी दिनुभयो । श्रीमतीको हत्या गर्ने जोशी पूर्व शिक्षक समेत हुन् । हाल मृतकको शव पोस्टमाटमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । हत्यापछि फरार जोशीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More