jhapaonline add

भद्रपुर, १२ बैशाख । कोशी प्रदेशस्तरीय बहुभाषिक सांस्कृतिक महोत्सव झापाको सदरमुकाम भद्रपुरमा सम्पन्न भएको छ । कोशी प्रदेशका ११ जिल्लाका सर्जक भेला भएको सम्मेलनमा बहुभाषाका स्रष्टाद्वारा कविता वाचन, तृत्य तथा गीत संगीत प्रस्तुत गर्दै महोत्सव सम्पन्न भएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान शास्त्रीय र परम्परागत संगीत विभाग एवम् बहुभाषिक साहित्य संगीत कला केन्द्रको संयुक्त आयोजनामा सम्पन्न महोत्सवको उद्घाटन भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका थिए । बहुभाषिक साहित्य संगीत कला केन्द्रको अध्यक्ष एवम् संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेलको अध्यक्षचामा सम्पन्न कार्यक्रममा गायन, संगीत र गीत रचनामा विशिष्ठ योगदान गर्ने ८१ वर्षीय अग्रज स्रष्टा…

Read More

मेचीनगर, १२ बैशाख । साहित्य सर्जक नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित तेस्रो कृति सन्देश आज धुलाबारीमा लोकार्पण गरिएको छ । त्रिफला राष्ट्रिय पुस्तकालयको ३१औं स्थापना दिवसको सन्दर्भ पारेर यहाँ आयोजित विशेष कार्यक्रमका बीचमा उक्त निवन्ध संग्रहको लोकार्पण गरिएको हो । त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष एवम् स्थापना दिवस कार्यक्रमका अध्यक्ष प्रेमप्रकाश फलाहारी, प्रमुख अतिथि शिक्षासेवी जयनारायण ढुंगाना, शिक्षासेवी हरिचरण बानियाँ, अञ्जना ढुंगाना तथा पुस्तकका लेखक नरेन्द्रप्रकाश सिटौलाले संयुक्तरुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो । लोकार्पित पुस्तकमाथि साहित्यकार गोसा झापालीले संक्षिप्तमा टिप्पणी गर्नुभएको थियो । पुस्तकमाथि चर्चा गर्दै झापालीले एउटा शीर्षक र अर्को शीर्षकमा कुनै कुरा नदोहोरिने गरी लेखकले फरक फरक ४२ वटा सन्देश दिनुभएको…

Read More

भद्रपुर, १२ बैशाख । झापाको भद्रपुरमा यही बैशाख १८ गते हुन लागेको ‘टुर दि भद्रपुर–२०८३’ साइकल यात्राको तयारी पूरा भएको छ । पर्यटन प्रबद्र्धनसँगै भद्रपुर नगरको पहिचान देश–विदेशमा पु¥याउने उद्देश्यले आयोजना हुन लागेको करिब ६७ किलोमिटर टुर दि भद्रपुर–२०८३ साइकल यात्राको तयारी पूरा भएको हो । बैशाख १२ गते भद्रपुर नगरपालिकाको सभाहलमा आयोजित ‘तयारी पूरा बैठक तथा पत्रकार भेटघाट कार्यक्रममा’ भद्रपुर साइकल समाज झापाका अध्यक्ष जीवनकुमार श्रेष्ठले टुर दि भद्रपुर–२०८३ साइकल यात्राको तयारी पूरा भएको जानकारी दिनुभयो । साइकल यात्रामार्फत् झापाका तीन वटा पालिका भद्रपुर, कचनकवल र हल्दिबारीका विभिन्न ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा पुरातात्विक क्षेत्रहरु प्रबर्धन र पहिचान देश–विदेशमा पु¥याउने…

Read More

इलाम, १२ बैशाख । इलामको सन्दकपुर गाउँपालिका–३ कोइराला गाउँबाट एसएलआरको राउण्डसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सो स्थानमा शंकास्पद तरिकाले बसिरहेको सूचनाका आधारमा प्रहरी चौकी बन्दुके इलामबाट खटिएको टोलीले इलाम नगरपालिका–५ बिब्ल्याटेका १८ वर्षीय विश्वास राईलाई चेकजाँच गर्दा उनको साथबाट विभिन्न सामग्री बरामद गरेको हो । प्रहरीले उनको साथबाट प्रहरीको निलो रुकस्याक झोला एक थान, एसएलआर राइफलको राउण्ड २५ थान, चार्चर ब्रिज ५ थान, बिन्दुलि १ थान, नगद १६ हजार ७२५,अलैँची टिप्न प्रयोग हुने घरेलु हतियार सिकल ४ थान, हँसिया १ थान, रेड्मि मोबाइल १ थान, भारतीय सिमकार्ड एक थान र ब्याट्री नभएको कालो मोबाइल १ थान बरामद…

Read More

झापा, १२ बैशाख । झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरिएको छ । वैशाख ११ गते झापाको भद्रपुर नगरपालिका–५ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर–१० का राजुकुमार राजबंशी, अर्जुनधारा–८ का सलुन रसाइली र बिर्तामोड–३का पारस प्रसाईंलाई ९ ग्राम २३० मिलिग्राम, बिर्तामोड–४का रोहित शर्मा र दिपक श्रेष्ठलाई ६ ग्राम १७० मिलिग्राम, मेचीनगर–१० का गुलाम रसुल मियाँलाई ५०० मिलिग्राम, भद्रपुर–५ का कञ्चन राजवंशीलाई ५३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । त्यस्तै, प्रहरी चौकी जलथलले हल्दिबारी गाउँपालिका–३का प्रतीक तामाङ र प्रीतम तामाङलाई २५० मिलिग्राम ब्राउनसुगरसहित र प्रहरी चौकी धरमपुरले शिवसताक्षी–१ का सुदिप बिशुङ्खेलाई २१४…

Read More

झापा, १२ बैशाख । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराई भेगमा भने मौसम मुख्यतया सफा रहेको छ । ती प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने तथा तराई भेगमा आंशिक बदली रहनेछ । कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली…

Read More

कतार, ११ बैशाख । झापाली समाज कतारद्वारा प्रकाशित २०८३ सालको भित्तेपात्रो सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईंको प्रमुख आतिथ्यमा समाजले आज बैशाख ११ गते भित्तेपात्रो सार्वजनिक गरेको हो । कार्यक्रममा झापाली समाज कतारका पदाधिकारी तथा अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारी हरूबीच भेटघाटसँगै विचार आदानप्रदान गरियो । भित्तेपात्रोमा नेपाली चाडपर्व, महत्वपूर्ण तिथिमिति तथा झापाली समुदायसँग सम्बन्धित विविध जानकारी समेटिएको छ । भित्तेपात्रोको अनावरण गर्दै वक्ताहरूले यसले नेपाली कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । विदेशमा रहेर पनि नेपाली पहिचान जोगाइ राख्न यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको उनीहरूको भनाइ थियो ।…

Read More

झापा, ११ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पाण्डेलाई पक्राउ गरेको हो । ब्युरोको प्रमुख मनोज केसीले अनुसन्धानका लागि पाण्डेलाई कार्यालयमा ल्याइएको बताएका छन् । पूर्वमन्त्री समेत रहेका उनी निर्माण व्यवसायी हुन् । उनी २०७९ सालको निर्वाचनमा चितवन–३ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भएका थिए । सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको प्रकरणमा अनुसन्धानका लागि पाण्डेलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । पूर्व वनमन्त्री समेत रहेका पाण्डेविरूद्ध २०७५ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको…

Read More

झापा, ११ बैशाख । झापामा सार्वजनिक सवारी चालक तथा सहचालकहरूको लागुपदार्थ सेवन, मादक पदार्थ सेवन परीक्षण, स्वास्थ्य परीक्षण तथा सवारी यान्त्रिक चेकजाँच कार्यक्रम गरिएको छ । दमक नगरपालिका–४ ताराबारीमा दमक नगरपालिका र दमक अस्पतालको सहकार्यमा इलाका प्रहरी कार्यालय दमक, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड एवम् ट्राफिक कार्यालय दमकको संयुक्त आयोजनामा उक्त कार्य गरिएको हो । कार्यक्रममा ५४ जना चालक तथा सहचालकको परीक्षण गरिएको थियो । जसमध्ये ३ जना चालक तथा २ जना सहचालकले लागुपदार्थ सेवन गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । परीक्षणका क्रममा २ जनाले मादक पदार्थ सेवन गरेको समेत फेला…

Read More

झापा, ११ बैशाख । झापाको भद्रपुर नगरपालिका वडा नं. ४ बाट लागुऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ परेका छन् । आज बेलुका ४ बजेको भद्रपुर–४ डाँगीबारीबाट लागुऔषधसहित बिर्तामोड नगरपालिका–४ सुन्दरपुरका २१ वर्षीय रोहित शर्मा र सुकुम्बासी टोलका ४३ वर्षीय दिपक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदैँ गरेको पैदलयात्री उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउनसुगरजस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकसहित ६ ग्राम ४१० मिलिग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ६ ग्राम १७० मिलिग्राम) सहित नियन्त्रणमा लिइएको…

Read More