
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ६ असोज । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्री दीपक खड्काको घरमा भेटिएको भनिएको जलेका नोटको विषयमा औपचारिक अनुसन्धान सुरु गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा देउवा र खड्काको निवासमा आगजनी हुँदा ठूलो मात्रामा भण्डारण गरिएको रकम जलेको दाबी गर्दै विभिन्न भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । ती भिडियोमा नेपाली तथा विदेशी मुद्रा जलेको अवस्थामा देखिएको बताइएको छ । आइतबार विभागको टोलीले घटनास्थलमा पुगेर जलेका नोटका टुक्रा तथा खरानी संकलन गरेको छ। संकलित सामग्रीको फरेन्सिक परीक्षण गरी घटनाको सत्यतथ्य पत्ता लगाउने प्रयास भइरहेको विभागले जनाएको छ । अधिकारीहरूका…
झापा, ६ असोज । हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने यो पर्व पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइने परम्परा छ । पर्वको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको उत्तम साइत बिहान ९स्१३ बजे रहेको छ। वैदिक विधिअनुसार पूजा कोठा वा दसैँ घरमा गाईको गोबरले लिपपोत गरिएको स्थानमा बालुवा वा माटो राखी त्यसमा यव ९जौ० रोपेर जमरा राख्ने परम्परा छ। दुर्गा देवीको प्रिय वस्तु मानिने यवलाई विजयादशमीका दिन टीका प्रसादसँग ग्रहण गरिन्छ । धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार जमरामा जौ बाहेक अन्य…
झापा, ६ असोज । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, आज राति कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहने छ। । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी…
झापा, ५ असोज । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सिलवालको नियुक्ति गर्ने निर्णय गरेको हो। सिलवाल प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक हुन्। उनको कार्यकाल चार वर्षको रहनेछ। यससँगै हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रूपमा पठाइएको छ। शाक्यलाई यसअघि पनि सोही आयोगमा नियुक्त गरिएको थियो। स्मरणीय छ, तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत ११ गते शाक्यलाई नियुक्त गरेको थियो। घिसिङले विद्युत महसुल तिर्न बाँकी रहेका कम्पनीहरूबाट बक्यौता असुल गर्नुपर्ने माग राखेका थिए, तर तत्कालीन सरकारले त्यसमा आनाकानी गरिरहेको थियो। विवाद चर्किँदै…
झापा, ५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । नयाँ मन्त्रीहरूको नाम सार्वजनिक भएसँगै सरकारको मन्त्रिपरिषद् विस्तारको प्रक्रिया तीव्र भएको छ । सिफारिसअनुसारउद्योग मन्त्रालयको जिम्मेवारी सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दिइनेछ।स्वास्थ्य मन्त्रालयमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र सिफारिस भएकी छन्।कृषि मन्त्रालयको नेतृत्व मदन परियारले सम्हाल्नेछन्।सञ्चार मन्त्रालयमा पत्रकार जगदीश खरेललाई नियुक्त गर्ने प्रस्ताव गरिएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महावीर पुनले सम्हाल्ने भएका छन्। यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ, र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्। नयाँ मन्त्रीहरूको चयनमा विविध पृष्ठभूमिका व्यक्तित्वहरूलाई समेटिएको देखिन्छ, जसले सरकारको…
झापा, ५ भदौ । नेकपा माओवादी केन्द्रले हाल कायम रहेको केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेको छ। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्। एक नेताका अनुसार अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि बैठकमा राखेका छन्। विशेष महाधिवेशनको तयारीस्वरूप एक साताभित्र केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव समेत गरिएको छ। पार्टी पुनर्संरचना र संगठन सुदृढीकरणका लागि यो कदम चालिएको बताइएको छ।
झापा, ५ असोज । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतमा आगलागी भए पनि न्यायको दीप ननिभेको बताएका छन्। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अदालतले पालमै भए पनि न्यायको उज्यालो कायम राख्ने अठोटका साथ अघि बढिरहेको बताए। पौडेलले भने, “क्षतिका कुरा कति गरौँ ? राष्ट्र नै जलेको थियो । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका—तीनवटै सर्वोच्च निकायहरू जलेका अवस्थामा थिए। त्यो चुनौतीलाई अवसरमा बदल्दै अघि बढ्नुपर्छ। न्यायको दीप निभेको छैन ।” उनका अनुसार अदालतले भदौ २९ गतेदेखि नियमित सेवा सुरु गरिसकेको छ। देशभरका अदालतहरूबाट न्यूनतम सेवा प्रवाह भइरहेको जानकारी उनले दिए। पौडेलले अदालतमा रहेका करिब २५ हजार मिसिलमध्ये…
झापा, ५ असोज । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्त गर्न थप ३ जनाको नाम राष्ट्रपति कार्यालय पुगेको छ । स्रोतका अनुसार मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालय पुगेको हो । मानवअधिकारकर्मी रहेकी अन्सारीले लिने मन्त्रालयको नाम खुलेको छैन । पत्रकार खरेलले सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने छन् । उनीहरूको नियुक्ति र शपथ आजै गर्ने शीतल निवासको तयारी छ । कार्की नेतृत्वको सरकारमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश आर्याल यसअघि नै मन्त्री बनिसकेका छन् । खनालले अर्थ, घिसिङले ऊर्जा, भौतिक पूूर्वाधार र सहरी विकास तथा अर्यालले…
झापा, ५ असोज । झापाको कनकाई नगरपालिकाले असोज ७ गतेदेखि सेवा सुचारु गर्ने भएको छ । जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड र आगजनी भएपछि नगरपालिकाको सेवा ठप्प भएको थियो । जतिसक्दो चाँडो सेवा प्रवाह गर्नुपर्ने भएकाले धेरै कुरा मर्मत र थोरै कुरा खरीद गरेर नगरपालिकाको सेवा सुचारु हुने नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । आवश्यक सरसफाई लगायत काम सकिएको उहाँले बताउनुभयो । नगरपालिकाले तय गरेका धेरै योजनाहरु टेण्डर प्रक्रियामा गइसकेको बताउनुहुँदै नगरप्रमुख पोखरेलले भन्नुभयो, “केन्द्रको बजेटका कारण पर्ख र हेरको अवस्था छौं ।” हरेक नागरिकको श्रम र पसिनाबाट बनेको नगरपालिका र वडा कार्यालयहरुमा हालको अवस्थामा आउँदा…
बिर्तामोड, ५ असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं साधारण सभाअन्तर्गत पहिलो र दोस्रो इकाइगत साधारण सभा सम्पन्न गरेको छ । पहिलो सभा असोज ३ गते इलामस्थित गौतम बुद्ध सभागृहमा सम्पन्न भयो । जहाँ इलाम, फिक्कल, नेपालटार, रांके, नयाँबजार, बिब्ल्यांटे मंगलबारे, श्रीअन्तु, पशुपतिनगर, हर्कटे र फिदिम सेवा केन्द्रका प्रतिनिधिहरू सहभागी थिए । दोस्रो सभा असोज ४ गते मोरङको मंगलबारेमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष सुभाष भट्टराई र कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले दीप प्रज्वलन गरी संयुक्त रूपमा गरेका थिए । अध्यक्ष भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पूँजी ३५ करोड ९१ लाख पुगेको जानकारी दिए…