
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २७ असार । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट लागूऔषध कारोबारमा संलग्न सात जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूको साथबाट ७ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर र स्पास्पेनका २५० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। झापाको भद्रपुर नगरपालिका–४ स्थित नर्सिङ बगान क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–८ का लखन वास्के तथा बिर्तामोड नगरपालिका–७ का राम किस्कु, सुफल मुर्मु र रमेश उप्रेतीलाई ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। उदयपुरमा प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले त्रियुगा नगरपालिका–६ मा लहानबाट गाईघाटतर्फ आउँदै गरेको को २० प ८२०२ नम्बरको मोटरसाइकल रोकी…
इलाम, २७ असार । केही वर्षअघिसम्म चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि मकै घरायसी उपभोगका लागि मात्र उत्पादन हुने बाली थियो। अहिले भने गाउँपालिकाको अनुदान, उन्नत बीउ र प्राविधिक सहयोग पाएपछि उहाँले आठ कट्ठा जमिनमा व्यावसायिक मकैखेती गर्दै आम्दानी गर्न थाल्नुभएको छ। “पहिला घरखर्चका लागि मात्रै मकै लगाउँथ्यौँ,” उहाँ भन्नुहुन्छ, “गाउँपालिकाले उन्नत जातको बीउ र प्राविधिक सहयोग गरेपछि व्यावसायिक खेती सुरु गरियो। अहिले उत्पादन पनि बढेको छ र आम्दानी पनि भइरहेको छ।” अशोक राईजस्तै चुलाचुली गाउँपालिकाका सयौँ किसान अहिले मकैखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। स्थानीय सरकारले सञ्चालन गरेको कृषि जोन कार्यक्रमले किसानलाई अनुदान, प्राविधिक सेवा र बजारसँग जोडिदिएपछि गाउँपालिकामा…
खोटाङ, २७ असार । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्य भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन् । तीलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने, श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए । अधिकारीको मृत्युपछि तीलकबहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए । उनकी श्रीमती र छोरीविरुद्ध मृतकका आफन्तले…
झापा, २७ असार । कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ७१ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागू औषध स्पास्मो ८ ट्याब्लेट, डाइसाइक्लोमाइन–५ बोतल, ३ थान मोटरसाइकल, २ थान कार र ३२८ किलोग्राम गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका–७ स्थित सप्तकोशी नदी किनारमा ८ वटा प्लास्टिकको पोकामा पानीमा तैरिरहेको अवस्थामा ३०८ किलोग्राम गाँजा बरामद गरेको छ । चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–१० का गणेश यादव र…
झापा, २७ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना…
भद्रपुर, २६ असार । झापाको भद्रपुर नगरपालिका–२ स्थित बीगाउँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खेतबारीमा काम गर्ने क्रममा बिहीबार हात्ती छेक्न जडान गरिएको विद्युतीय तारबाट करेन्ट लागेर स्थानीय ३६ वर्षीय सुरेश लिम्बू गम्भीर घाइते भएका थिए । घाइते लिम्बूको उपचारका लागि ओमसाई अस्पताल भद्रपुर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तोमनाथ उप्रेतीफुटबल मानव इच्छाको इतिहास हो। यो विजय र पराजयको दर्शन हो। यहाँ एउटा गोल समयमाथि कोरिएको एउटा अमिट हस्ताक्षर पनि हुन्छ। एउटा स्ट्राइकर बललाई जालीभित्र पुर्यािउने मानिमात्र स होइन। ऊ क्षणलाई अमरतामा रूपान्तरण गर्ने कलाकार हो। उसका केही सेकेन्डका निर्णयले दशकौँसम्म स्मरणीय रहने इतिहास निर्माण गर्छन्। यही कारण फुटबलका महान् स्ट्राइकरहरू खेलाडीका रूपमा मात्र बाँच्दैनन्। उनीहरू एउटा युगको प्रतीक बन्छन्। ट्रफीले उनीहरूको मूल्य निर्धारण गर्दैन। उनीहरूको प्रभावले गर्छ। आँकडाले उनीहरूको परिचय दिँदैन। उनीहरूले मानिसहरूको चेतनामा छोडेको छापले उनीहरूलाई अमर बनाउँछ। नर्वेका एरलिङ हालान्ड त्यही परम्पराका उत्तराधिकारी देखिन्छन्। उनी आधुनिक फुटबलका उत्कृष्ट गोलकर्तामध्ये एक मात्र होइनन्, अनुशासन, आत्मनियन्त्रण र मौन…
झापा, २६ असार । कप्तान किलियन एमबाप्पे र उस्मान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टनस्थित स्टेडियममा शुक्रबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स अन्तिम चारमा पुगेको हो। पहिलो हाफमा पेनाल्टीको अवसर सदुपयोग गर्न नसकेका एमबाप्पेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेलको ६०औँ मिनेटमा फ्रान्सलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि एमबाप्पेकै पासमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता २–० बनाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा फ्रान्स विजयी बन्यो। यससँगै फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। फ्रान्सले सन् २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने २०२२ मा उपविजेतामा…
झापा, २६ असार । आर्थिक वर्ष २०८२/८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले झन्डै ३३ अर्ब १७ करोड रुपैयाँ भुक्तानी गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारी भुक्तानीका लागि प्रयोग हुने ‘सूत्र’ प्रणाली बन्द हुनुअघि असार २५ गते कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरिएको हो। कार्यालयका अनुसार उक्त रकममध्ये चालु खर्चतर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ।
झापा, २६ असार । झापाको बाह्रदशी गाउँपालिका–४ स्थित जनविकास माध्यमिक विद्यालयले स्थापना भएको ७२ वर्षपछि पहिलोपटक जग्गादाता तथा संस्थापक सम्मान कार्यक्रम आयोजना गरेको छ। २०११ सालमा स्थापित विद्यालयले बिहीबार विशेष समारोहबीच जग्गादाता, संस्थापक तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको हो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष समिर मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाह्रदशी गाउँपालिका–४ का वडाध्यक्ष महताव आलम प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव पोख्रेलले विद्यालयको शैक्षिक सुधारबारे जानकारी दिँदै २०८० सालको एसईई परीक्षामा कुनै पनि विद्यार्थी उत्तीर्ण हुन नसकेको विद्यालयले २०८१ सालमा ५.२६ प्रतिशत र २०८२ सालमा २८.५७ प्रतिशत नतिजा हासिल गरेको बताउनुभयो। आगामी वर्ष एसईईमा ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने…